×

NMB BANK
NIC ASIA

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान : एसियाकपमा पुग्ने लक्ष्य

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भदौं ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली सोमवार श्रीलंका प्रस्थान गरेको छ । 

Muktinath Bank

नेपाली टोलीले श्रीलंकामा रहँदा त्यहाँको ३ स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधवार श्रीलंकाको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्ने छ । दोस्रो अभ्यास खेल शुक्रवार ब्लुमफिल्ड क्लबसँग उसैको मैदानमा खेल्ने छ । अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्ससँग आगामी आइतवार खेल्ने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामना सहित सोमवार बिदाइ गरे । उनले प्रतियोगितामा विजयी बन्दै एसियाकप खेल्नेमा आफू विश्वस्त रहेको बताए । सभामुख महराले केही समयअघि १ दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले आफू अत्यन्त खुशी भएको बताउँदै नेदरल्याण्डसँगको खेल जस्तै मलेसियामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पछिल्लो समय वर्षाका कारण प्रशिक्षणमा केही समस्या भएपनि श्रीलंकामा हुने अभ्यास खेलले नेपालको प्रदर्शनमा सुधार हुने बताए ।    प्रतियोगितामा सहभागी हुने सबै टोली उत्कृष्ट रहेको बताउँदै उनले नेपालको लक्ष्य एसिया कपका लागि छनोट हुने रहेको प्रतिक्रिया दिए ।

Vianet communication
Laxmi Bank

कप्तान पारस खड्काले प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने बताए । ‘एक दिवसीय मान्यता पाइसकेको नेपालका लागि प्रतियोगिता जित्नुपर्ने दबाब छ, हाम्रो लक्ष्य पनि प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग खेल्ने नै हो,’ कप्तान खड्काले भने ।

छोटो समय भएपनि नयाँ ब्याटिङ प्रशिक्षकबाट नयाँ प्राविधिक कुरा सिक्ने मौका पाएको बताउँदै कप्तान खड्काले बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्न सके प्रतियोगिता जितिने बताए ।

एसिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युनाईटेड अरब इमिरेटस (युएइ), हङकङ, सिंगापुर र ओमानसँग प्रतिष्पर्धा गर्नेछ । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्ने छ ।

प्रतियोगिताको शीर्ष २ टोलीले फाइनलमा खेल्ने छन् भने प्रतियोगिता विजेताले भदौ २८ गतेदेखि युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेस्ट राष्ट्रको सहभागिता रहने छ । छनोटको विजेताले एसिया कपको समूह ‘ए’मा रहेको भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्ने छ । 

नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् ।    वेस्टइण्डिजमा त्यहाँको घरेलु लिग खेलिरहेका सन्दीप लामिछाने भने अभ्यास खेलमा सहभागी हुने छैनन् । उनी वेस्ट इण्डिजबाट प्रतियोगिता खेल्न सिधैं मलेसिया आउने छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x