मंसिर २, २०७५
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
भदौ ४, २०७५
काठमाडौं – इटलीको लाजियो शहरका कुख्यात उग्रवादीहरूले महिलालाई उनीहरूको ‘पवित्र स्थान’ मा नआउनू भनी स्टाडियो ओलिम्पिकोमा पर्चा बाँडेपछि आक्रोश फैलिएको छ । यस सीजनमा नेपोलीविरुद्ध आफ्नो टीमको
पहिलो खेल शुरू हुनुअघि उनीहरूले यस्तो हर्कत गरेका थिए ।
‘कर्भा नोर्ड हाम्रा लागि पवित्र स्थान हो र यसलाई सम्मान गर्नुपर्छ भनी अलिखित नियम बनेको छ,’ पर्चामा लेखिएको छ । ‘शुरूका केही लहरहरूमा जहिले पनि ट्रेन्च जस्तो अनुभव हुन्छ । ट्रेन्चमा हामीहरू महिला, पत्नी र प्रेमिकालाई
बस्न दिँदैनौं त्यसैले उनीहरूलाई पछाडिको दशौं लहरमा बस्न भन्छौं ।’
‘रंगशालालाई भिल्ला बोर्गिज बगैंचाको विकल्पका रूपमा रोमान्टिक बनाउन खोज्नेहरू अन्य भागमा जान सक्छन् ।’
लाजियो फूटबल क्लबका प्रवक्ता आर्तुरो डियाकोनालले इटालेली समाचार संस्था अन्सालाई ‘यो हाम्रो क्लबको भनाइ हैन, हामी सबै किसिमका विभेदविरुद्ध छौं’ भने । आइतवारको खेलमा लाजियो नेपोलीविरुद्ध १–२ गोलले पराजित भएको थियो ।
उनले थपे, ‘लाजियोका धेरै प्रशंसकहरू छन् र यो हर्कत केही मात्र प्रशंसकले गरेका हुन् । यस्ता अभद्र प्रदर्शनलाई रोक्नका लागि हामी सधैं हस्तक्षेप गर्न सक्दैनौं ।’
लाजियोका केही प्रशंसकले अघिल्लो सीजनमा रोमस्थित स्टाडियो ओलिम्पिकोमा एन्नी फ्रान्कले रोमा क्लबको जर्सी लगाएको तस्वीर छरेका थिए । फ्रान्क यहुदी नरसंहारमा मारिएकी किशोरी थिइन् ।
त्यतिखेर इटालेली फूटबल महासंघले लाजियोलाई प्रशंसकहरूबाट यहुदीविरोधी गतिविधि देखिएको भनी ५० हजार युरो जरिवाना तिराएको थियो ।
लाजियोमा यहुदीविरोधी घटनाहरू भइरहँदा विगतमा सजायका रूपमा उसको रंगशालालाई घरेलु तथा अन्तर्राष्ट्रिय दुवै खेलका लागि आंशिक वा पूर्ण बन्द गराइएको छ ।
द गार्डियनबाट
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...