×

NMB BANK
NIC ASIA

रोनाल्डो हिँडेपछि रियाल मड्रिडमा देखियो समस्या

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रियाल मड्रिडले ला लिगाको ताजा सीजन जीतका साथ शुरूआत गरेको भएपनि रोनाल्डोको अनुपस्थिति प्रस्ट देखिएको फूटबल पण्डितहरूले बताएका छन् । 

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्देले यो सीजनमा पनि बार्साकै आधिपत्य हुने बताएका थिए र उनको कुरा सत्य साबित हुने लक्षण अहिल्यै देखापरेको छ । 

अघिल्लो सीजनमा बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा १४ अंक बढी अनि रियाल मड्रिडभन्दा १७ अंक बढी अन्तरले शीर्ष स्थानमा रहेको थियो । 

एट्लेटिकोका प्रशिक्षक डीएगो सिमियोनले पनि यो सीजनका लागि राम्रा खेलाडी भित्र्याएर आफूहरू लिगा युद्धका लागि तयार रहेको बताइसकेका छन् । अझ यूईएफए सुपर कपमा रियाल मड्रिडलाई हराएर एट्लेटिकोले आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ । 

रियालको कुरा गर्दा चाहिँ उससँग अझै पनि राम्रा खेलाडीहरू छन् तर रोनाल्डो जस्तो गोल मशिन छैन । 

रोनाल्डो युभेन्टस गएपछि उनको ठाउँमा खेल्ने खेलाडी रियालले भेटेको छैन । यो सीजनमा क्लबले गतिलो स्ट्राइकर पाउने छेकछन्द पनि छैन । 

नयाँ प्रशिक्षक युलेन लोपेतेगुईलाई रियाल मड्रिडको बोर्डले पनि सहयोग गरेको छैन । स्पेन राष्ट्रिय टोलीको प्रशिक्षक रहेका लोपेतेगुई विश्वकप शुरू हुने बेलामा रियालको प्रशिक्षक बन्न तयार भएपछि बर्खास्तीमा परेका थिए ।
रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोले छोडेपछिको शून्यतालाई पुर्न खासै काम गरेका छैनन् । 

लोपेतेगुईले पूर्वप्रशिक्षक जिनेदिन जिदानको उत्तराधिकारीको गहन जिम्मेवारी उठाउने सहमति जनाउँदा अन्य चार प्रशिक्षकले यो पद अस्वीकार गरेका थिए । त्यसैले उनलाई चाहेको जस्तो खेलाडी दिलाएर क्लबले सहयोग गर्नुपर्ने
थियो । 

रियालले छिमेकी क्लब गेटाफेलाई आइतवार सम्पन्न खेलमा २–० ले हराएर सीजनको सुखद शुरूआत गरेको भएपनि उनीहरूको गृहमैदानमा दर्शक संख्या एकदमै कम रह्यो । 

यो दशककै सबभन्दा कम उपस्थितिका रूपमा सान्टियागो बेर्नाबेउमा जम्मा ४८ हजार ४६६ दर्शक आएका थिए । सन् २००९ मा रोनाल्डो युग शुरू हुनुअघिको संख्याबराबर हो यो । 

‘रोनाल्डोविना खेलै खल्लो भयो,’ मड्रिडका एक समर्थकले कुख्यात टीभी शो एल चिरिनगुइटलाई बताए । ‘हामीहरूले गोल गर्न सक्ने कुनै खेलाडी ल्याउनुपर्छ,’ अन्यले भने । 

आइतवारको खेलमा ग्यारेथ बेलले राम्रो प्रदर्शन गरेको भनी केहीले प्रशंसा गरे । बेलले डानी कार्भाहाललाई गोल गर्न सहायता गरेका थिए भने दोस्रो गोल आफैंले गरेका थिए ।

मड्रिडको खेलमा बेलको प्रदर्शन सम्झनलायक रहेपनि नजिकैबाट हेर्दा क्लबका सम्बन्धमा केही शंका अझै छन् । 

बेलको क्रसलाई गेटाफेका गोलकीपर डेभिड सोरियाले हुत्याएपनि कार्भाहालको गोडामा पारे र गोल खाए । अनि दोस्रो गोलमा पनि बेलले प्रहार गरेको बललाई उनले रोक्न नसक्ने हैन तर बल उनको हातमा लागेर नेट चुम्न पुगेको
थियो । 

अन्य विपक्षीले यस्ता अवसरलाई गोलमा परिणत हुन दिने सम्भावना नहुन सक्छ । 

हिजोको खेलमा त बेलले ताली पाए तर रियालको खेल बिग्रेमा उनले गाली पाउने अवश्यम्भावी छ । रोनाल्डो आफैंले पनि कहिलेकाहीँ आलोचना बेहोर्नुपरेको थियो । 

क्लबका अर्का राम्रा खेलाडी लुका मोड्रिच पनि रियाल मड्रिड छोडेर इन्टर मिलान जान चाहन्छन् । यी दुई क्लब क्रोएसियाली मोड्रिचका लागि झगडा गरिरहेका छन् । 

Muktinath Bank

रोनाल्डो गुमाइसकेको क्लबले विश्वकपका सर्वोत्कृष्ट खेलाडी मोड्रिच पनि गुमाएमा निकै समस्या पर्न सक्छ । 

बेल घाइते भएमा र बेन्जेमाले अघिल्लो सीजनमा जस्तै सामान्य प्रदर्शन गरेमा के हुन्छ ?

लोपेतेगुईलाई क्लबमा आफ्नो विचारधारा लागू गर्न समय लाग्छ तर मड्रिडले अट्याकलाई बलियो बनाएन भने उनी आलोचनाको तारो बन्नेछन् । 

मिररमा प्रकाशित रिक शर्माको विश्लेषण
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x