×

NMB BANK
NIC ASIA

भैंसी सम्मेलनपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयले पोल्ट्री सम्मेलन गर्ने

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले यसवर्ष तीन दिवसीय अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन आयोजना गर्न लागेको छ । 

गत वर्ष सो क्याम्पसले भैँसी सम्मेलन गरेको थियो । आउँदो कात्तिक ११ देखि १३ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको उक्त क्याम्पसका डिन प्रा डा शारदा थपलियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ नाराका साथ सो सम्मेलन हुन गइरहेको छ । सम्मेलनमा पोल्ट्री उद्योगसँग सम्बन्धित नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बङ्गलादेश, इजिप्टलगायत १० देशका ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ । 

कार्यक्रममा विभिन्न विषयका विज्ञले कुखुरा उत्पादन सम्बन्धी नीतिगत र सामाजिक, आर्थिक अवस्था, कुखुराको पोषण स्वास्थ्य व्यवस्थापन, अनुवाँशिकी, प्रजनन व्यवस्थापन तथा जैविक प्रविधि र एकीकृत तथा ग्रामीण कुखुरापालन लगायतका विषयमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने छन् । भारतीय पोल्ट्री साइन्स एशोसिएसनका उपाध्यक्ष प्रा डा देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एशोसिएसनका उपाध्यक्ष डा जनओकी गोतो, पोल्ट्री अनुसन्धान फाउण्डेसन अष्ट्रेलियाका निर्देशक पिटर ग्रुभ्स, भारतीय कृषि अनुसन्धान परिषद केन्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एससी गिरीलगायतको सहभागिता रहनेछ । 

“नेपालमा पहिलो पटक उक्त सम्मेलन हुन गइरहेको छ,” डा थपलियाले भन्नुभयो । उक्त सम्मेलनबाट भविष्यमा यस क्षेत्रमा विभिन्न प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कार्यरत वैज्ञानिक अनुसन्धान निकाय, विश्वविद्यालय, सरकारी एवं गैरसरकारी संस्थाको बीचमा वृहत छलफल सञ्चालन र सहकार्यको विस्तार हुन गई पक्षीजन्य उत्पादन एवं गुणस्तर वृद्धिको लागि महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।

Muktinath Bank

कुखुरापालनबाट नेपालले वार्षिक रु ३३ अर्ब ७२ करोड अर्थोपार्जन गरिरहेको छ । करीब एक लाख ५० हजार व्यक्तिले रोजगार पाएका छन् भने कूल गार्हस्थ्य उत्पादनको करीब चार प्रतिशत र कूल कृषि गार्हस्थ्य उत्पादन करीब आठ प्रतिशत पोल्ट्री क्षेत्रको रहेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x