कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पदमुक्त गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । अब पार्टीका पदाधिकारी नयाँ ढंगबाट पुनर्गठन गरिने छन् ।
पार्टीले सार्वजनिक गरेको निर्णयमा लेखिएको छ, ‘राप्रपाको संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरू नयाँ ढंगबाट पुर्नगठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरूलाई आजकै मितिबाट पदमुक्त गरिएको छ ।’
गत जेठमा वीरगञ्जमा सम्पन्न केन्द्रीय परिषद् बैठकको निर्देश बमोजिम विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले बैठकमा प्रतिवेदन प्रस्तुत गरेको छ । उपसमितिले प्रस्ताव गरेको प्रतिवेदन संशोधन सहित पारित गरिएको जनाइएको छ ।
प्रतिवेदनले पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरेको छ । केन्द्रीय कार्य समिति २ सय ७७ सदस्यीय हुने, प्रत्येक जिल्लाबाट कम्तिमा १÷१ जनाको केन्द्रीय कार्यसमितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने तथा विधानमा उल्लेख भएका पदाधिकारीमध्ये ५० प्रतिशत महाधिवेशनबाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्षबाट मनोनित हुने व्यवस्था गरिएको छ ।
राप्रपाले देशका सबै प्रदेश र स्थानीय तहमा पार्टीको संगठनलाई सुदृढ ढंगले पुर्याउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘यस क्रममा संगठन विभाग र हिन्दूराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान सम्बन्धी २ छुट्टाछुट्टै कार्ययोजनालाई बैठकले अनुमोदन गरेको छ,’ प्रमुख श्रेष्ठद्वारा सार्वजनिक निर्णयमा लेखिएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...