पहिलोपटक अन्डरपासको यात्रा, धूलोले निस्सासिए चालक !

भदौ ४, २०७५

काठमाडौं– कलंकी–कोटेश्वर आठ लेनको सडक अन्तर्गत कलंकीमा निर्माण भएको अण्डरपासमा सवारी सञ्चालन हुन थालेका छन् । गएको शुक्रवारदेखि कलंकी अण्डरपास सञ्चालनमा आएको हो । 

कलंकीबाट बल्खु, सातदोबाटो हुँदै कोटेश्वरसम्मको सडकको लम्बाइ १० दशमलव ३७ किलोमिटर छ । अन्डरपास सञ्चालनमा आएसंगै कलङकीमा हुने गरेको सवारी जाम हटेको छ । 


ADVERTISEMENT

आंशिक रुपमा सञ्चालनमा आएको अन्डरपास भित्र धूलोका कारण भने चालकलाई सवारी चलाउन समस्या परेको छ । दुई पाङ्ग्रे सवारीक चाचालकले धूलोका कारण अन्डरपासमा गाडी चलाउन समस्या भएको बताए ।  

अन्डरपासको काम निर्धारित समयभन्दा ढिलोगरी पूरा भएको छ । कलंकी कोटेश्वर सडकको विस्तार चीन सरकारको सहयोगमा संघाइ कन्स्ट्रक्सनले सन २०१२ डिसेम्बरमा शुरु गरेको थियो ।

मुख्य सडक (बीचको सडक)मा प्रतिघण्टा ५० किलोमिटरको गतिमा सवारी चलाउनु पर्नेछ । यस्तै रिलिफ रोड (साहयक सडक)मा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

मुख्य चोकहरूमा ट्राफिक सिग्नलहरू राखिने भनिए पनि अहिलेसम्म राखिएको छैन । सडकको बीचबाट २५–२५ मिटर चौडाइ दायाँ र बायाँ मेन रोडलाई लिइएको छ । क्यारिज रोड १५ दशमलव ५ मिटर चौडाइ रहेको र पैदल यात्रीका लागि २ दशमलव ५ मिटरको फूटपाथ बनाइएको छ ।
 

 

 

भदौ ४, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस