×

NMB BANK
NIC ASIA

किन टिकेनन् मह र गगनका फार्म ?

भदौ ५, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौँ -  किसानलाई सस्तोमा तरकारी उपलब्ध गराउने भन्दै सञ्चालनमा आएका ठूला कृषि फार्म एकपछि अर्को गर्दै बन्द हुन थालेका छन् । ती फार्म लामो समय टिक्न नसक्नुमा बजारको समस्यालाई उनीहरूले प्रमुख कारण बताएका छन् ।

Muktinath Bank

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना छोराहरूले सञ्चालन गर्ने गरी २०६८ सालतिर ‘मह एग्रिकल्चर’ सुरु गरे । चर्चित कलाकारको नाम जोडिएकाले यो फार्म सबैका आँखामा पर्यो । नेपालबाहेक भुटान, सिक्किम, अमेरिका, बेलायत, जापान, कोरिया, अस्ट्रेलियाबाट समेत ‘मह एग्रिकल्चर’ को काम हेर्न आए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ जना मिलेर ५५ लाख लगानीमा सुरु गरिएको फार्मका लागि मदनकृष्णले १८ रोपनी जग्गा उपलब्ध गराएका थिए । इजरायलबाट फर्किएका युवाको सीप र संलग्नतामा टनेल बनाएर गरिएको गोलभेंडा खेतीले निकै चर्चा पायो । टनेलमा गोलभेंडा खेती गर्ने लहरै चल्यो । मह एग्रिकल्चरकै वरपर पनि टनेलहरू बने । सरकारले कृषकलाई सहुलियत दरमा बैंक ऋण, अनुदानजस्ता विभिन्न कार्यक्रम ल्याएर खेतीमा आकर्षित पनि गरायो ।


Advertisment
Nabil box
Kumari

‘हामीले ७ वर्ष चलायौं तर भारतबाट नेपालमा धेरै गोलभेडा आउने रहेछ । यसले गर्दा हाम्रो गोलभेडा बेच्न समस्या भयो,’ सञ्चालकमध्येका एक यमन श्रेष्ठले सुनाए । बाह्य आयातलाई रोक्न नसकिए किसानले दुस्ख गरेर उत्पादन गरेको फसलले बजार पाउन समस्या हुने उनको ठहर छ । 

Vianet communication
Laxmi Bank

यो फार्म बन्द हुनुमा लगानीकर्ताबीचको मनमुटाव पनि कारण थियो । व्यवसाय सुरु गर्दा गरेको लगानीको हिसाबकिताब अझै मिलिसकेको छैन । सरकारबाट कुनै अनुदान नलिई व्यक्तिगत रूपमा लगानी गरिएको उनले बताए । अहिले उक्त फार्ममा यमन र उनका साथी मन्दिर श्रेष्ठ मिलेर स्ट्रबेरी र फूल लगाएका छन् ।

प्रायः विदेशबाट फर्किनेको रोजाइमा तरकारी खेती पर्ने गरेको छ । मदनकृष्णका छोरा यमनले पनि अमेरिकाबाट फर्केर यसमा हात हालेका थिए । तरकारी खेतीमा लगानी धेरै भए पनि बिचौलियाका कारण लागतअनुसार मूल्य नपाउँदा किसान निराश बन्ने गरेका छन् । पहिला उत्साहित भएर खेतीमा लागेका किसान अहिले बिस्तारै विकल्प खोज्न थालेका छन् ।

त्यसैगरी कांग्रेस सांसद गगन थापासहित ४ जना मिलेर काठमाडौंको चाल्नाखेलमा कुरिलो खेती गरेका थिए । त्यो बेला बजारमा कुरिलोको माग धेरै थियो । ८ सय रुपैयाँ किलोसम्ममा बिक्री हुन्थ्यो । 
यही देखेर १४ रोपनी जग्गा भाडामा लिएर कुरिलो खेती सुरु गरे । पानीपोखरीबाट बीउ लगेर नर्सरी राखे । पछि सबै क्षेत्रफलमा बिरुवा लगाए । सुनखानी एकीकृत कृषि फार्म दर्ता गरेर काम शुरु भयो । 
‘सबै काम थालियो तर यसको बजार के छ र कति जग्गामा लगाउने भन्नेबारे अध्ययन गरिएन,’ सांसद थापाले आफ्नो व्यवसाय असफल हुनुको कारण बताए ।

‘योभन्दा अरू काम गर्दिनँ भनेर लाग्न सक्ने हो भने मात्र यो ठीक छ,’ उनले भने, ‘हामी त सबै राजनीतिक कार्यकर्ता भयौं, आआफ्नो पेसा अर्कै र्पयो ।’ खेती हेर्न उनीहरू महिना दिनमा पुग्ने गर्थे । ‘नाफा हुन्छ भनेर यसमा हात हाल्यौं तर बजार कस्तो छ, कहाँकहाँबाट कुरिलो आइरहेको छ भन्नेजस्ता कुराको गहिराइमा नपुग्दा डुब्यौं,’ थापाले भने । 

डुबेपछि मात्र यसको बजारबारे थाहा पाएको उनले बताए । ‘त्यही भएर यसमा जसले रिसर्च गरेको छ, त्यसले पूरा समय दिन तयार भए काम गर्दा हुन्छ,’ उनले भने ।

‘शुरुमा किलोको ७ सय रुपैयाँसम्ममा कुरिलो बिक्री भयो,’ लगानीकर्तामध्येका एक विनोद तामाङले भने, ‘पछि किलोको १ सय रुपैयाँमा बेच्नुपर्यो ।’ यो फार्म बन्द भएको ५ वर्ष भयो । उनका अनुसार शुरुमा फार्मका कर्मचारी आफैं खटिएर कालीमाटीमा कुरिलोको टुसा बेचे । 

तर भनेजस्तो मूल्य पाउन सकेनन् । ‘सबैतिर कुरिलो लगाउने बढे, बजारमा जताततैबाट कुरिलो आउन थाल्यो,’ तामाङले भने, ‘जसले गर्दा हाम्रो लगानी नै उठ्न नसक्ने अवस्था भयो ।’, कान्तिपुरमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x