×

NMB BANK
NIC ASIA

कार्यसम्पादनमा नीतिगत समस्या, सोचेअनुसार काम हुन सकेन

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी-  कैलालीका स्थानीय तह र विषयगत कार्यालयका प्रतिनिधिले कार्यसम्पादनमा नीतिगत लगायतका समस्या देखिँदा सोचेअनुसार काम हुन नसकेको बताएका छन् । 

स्थानीय तह र विषयगत कार्यालयको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षा गोष्ठीका सहभागीले बदलिँदो परिवेशमा केही कार्यालय खारेजमा परेका र अन्य केही कार्यालय एकापसमा गाभिन पुगेका, साधान स्रोत जनशक्तिको अभावजस्ता कारणले अपेक्षित प्रतिफल पाउन नसकिएको बताएका छन् । 

गोष्ठीमा प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्थानीय तहले पाएको अधिकारको उचित व्यवस्थापन गर्दै आफ्ना काम कारबाहीलाई प्रभावकारी बनाउन सल्लाह दिनुभयो । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि र सहकारीमन्त्री बिनीता चौधरीले सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिए पनि जनताले त्यस्तो अधिकारको अनुभूति पाउन नसकेको उल्लेख गर्दै यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारबीच निरन्तर समन्वय जरुरी रहेको बताउनुभयो । 

जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा, समन्वय समिति कार्यालयका निमित्त प्रमुख सन्तोष भट्ट, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, योगेन्द्र ओझालगायतले बदलिँदो परिवेशमा स्थानीय तहले पाएको अधिकार बमोजिम आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

Muktinath Bank

साविकका स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण भएपछि समीक्षा गोष्ठी पहिलो पटक गरिएको हो । दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा जिल्लाका १३ स्थानीय तहका कार्यालय र १९ विषयगत कार्यालयको आव २०७४/७५ को प्रगति र समस्याका बारेमा छलफल भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x