×

NMB BANK
NIC ASIA

लामो समयसम्म बसेर काम गर्दा गुम्छ स्मरणशक्ति

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – धेरैजसो कार्यालयमा बसेरै गरिने काम हुन्छ । तर कार्यालयमा बसेर काम गर्नुहरूले सावधान हुनुपर्ने भएको छ । 

लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्दा मस्तिष्कमा रक्तसञ्चारको कमी हुन्छ । यसको परिणाम घातक हुन्छ । 

अफिसमा काम गर्ने केही व्यक्तिमाथि गरिएको अध्ययनले लामो समयसम्म बस्दा दिमागको स्वास्थ्यमा हानि पुग्ने देखाएको छ । हरेक आधा घन्टामा उठेर अलिकति हिँड्नुभयो भने चाहिँ दिमागमा रक्तसञ्चार सही मात्रामा हुन्छ । 

मस्तिष्कमा रक्तसञ्चार भएर नै उसले काम गर्ने हो । दिमागका कोषिकालाई पनि अक्सिजन र पोषक तत्त्व आवश्यक हुन्छन् र त्यो कुरा रक्तसञ्चारबाट मात्र प्राप्त हुन्छ । 

अनि दिमागमा ठूला रक्तवाहिनी हुन्छन् जसले खप्परका सबै भागमा रगत पु–याउँछन् । तर लामो समयसम्म एउटै ठाउँमा बस्दा यो पूरा प्रक्रिया नै प्रभावित हुन्छ । 

मनुष्य र जनावरमाथि गरिएको अध्ययनले दिमागमा रक्तसञ्चार अलिकति मात्र रोकियो भने पनि सोच्ने बुझ्ने क्षमता र स्मरणशक्तिमा प्रभाव पार्ने देखाएको छ । लामो समयसम्म रक्तसञ्चार रोकिँदा मस्तिष्कसम्बन्धी ठूला रोग लाग्न सक्छन् । तिनमा डिमेन्सिया र मेमोरी लस पनि पर्छन् । 

दिमागमा मात्र नभई शरीरका सबै भागमा नकारात्मक प्रभाव पार्छ एकै ठाउँमा बस्ने गर्दा । सबभन्दा धेरै असर त गोडालाई पर्छ । लामो समयसम्म एउटै स्थितिमा बस्दा गोडा अपांग हुन सक्छ । 

बेलायतस्थित लिभरपूल जोन मूर्स विश्वविद्यालयले यो अध्ययन गरेको हो । जर्नल अप अप्लाइड फिजियोलोजीमा प्रकाशित गरिएको छ । 

यस अध्ययनमा अनुसन्धानकर्ताहरूले अफिसमा घन्टौंसम्म एउटै स्थानमा बसेर काम गर्ने १५ मानिसमा यसको परिणाम विश्लेषण गरे । ती सबैले चार घन्टासम्म एउटै स्थानमा बसेर लगातार काम गरे । उनीहरू बाथरूम जानका
लागि मात्र सीटबाट उठ्थे । 

अनुसन्धानकर्ताहरूले कर्मचारीको हरेक ब्रेकअघि र पछिको रक्तसञ्चार ट्य्राक गरे । अनि चार घन्टा पूरा हुनेबित्तिकै पनि रक्तसञ्चार अध्ययन गरियो ।

यसबाट अपेक्षाकृत परिणाम प्राप्त भए । चार घन्टा लगातार बस्दा दिमागमा रक्तसञ्चार कम भएको थियो । अनि बीचमा दुई मिनेट हिँड्दा मात्र पनि रक्तसञ्चार बढ्यो । 

अध्ययनको नेतृत्व गर्ने सोफी कार्टरले अफिसमा काम गर्ने मानिसलाई केही समयको अन्तरालमा टहल्ने सल्लाह दिएकी छन् । काम गर्ने हलको एक चक्कर मात्र लगाए पनि हुन्छ, उनले भनिन् । भ–याङ चढ्ने र ओर्लने गरे पनि
हुन्छ । यसो गर्दा तपाईंको दिमागले तपाईंलाई धन्यवाद दिन्छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x