×

NMB BANK
NIC ASIA

बुटवल – बुटवल–भैरहवा हुँदै बेलहियासम्म जाने यात्रुले माइक्रो बसमा घुँडा खुम्चाएर यात्रा गर्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।

Muktinath Bank

सिद्धार्थ यातायात व्यवसायी प्रालिले भदौको तेस्रो हप्तादेखि यो रूटमा वातानुकुलित (एसी बस) सञ्चालन गर्ने भएको छ । जिल्लामै पहिलो पटक प्रालि अन्तर्गत दर्ता भएर सञ्चालनमा आएको सिद्धार्थले बुटवल–बेलहिया रूटमा ६ वटा ठूला एसी गाडी सञ्चालन गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म देशका कुनै पनि शहरका स्थानीय रूटमा एसी बस सञ्चालन भएका छैनन् । प्रालि सञ्चालक समिति अध्यक्ष सुर्यकुमार सारूले यात्रुको आवश्यकतालाई मध्यनजर गरी ३५ सिट क्षमताका एसी गाडी भित्र्याउन थालिएको बताए । अहिले २२ सिट क्षमताका मझौला माइक्रो बस सञ्चालनमा छन् । 


Advertisment
Nabil box
Kumari

‘बुटवल–तिलोत्तमा–भैरहवा–लुम्बिनी अब एउटै शहरको रूपमा विकास भएको छ,’ अध्यक्ष सारूले भने, ‘यति ठूलो शहरमा अब २०/२२ जना यात्रु सिटका गाडी चलाएर हुँदैन । अब पोखरा, काठमाडौंमा चलेकाजस्तै ठूलो सिटी बसको आवश्यकता देखियो । सोही आवश्यकतालाई मध्यनजर गरेर हामीले पहिलो चरणमा ३ करोड ३३ लाख रूपैयाँ लगानीमा ६ वटा नयाँ ठूला गाडी भित्र्याउन लागेका हौं ।’ 

Vianet communication
Laxmi Bank

सारूले थपे, ‘ती गाडी गोलपार्क–बेलहिया बेलहिया–तौलिहवा र लुम्बिनी सौराहा चल्ने छन् ।’ बुटवल–बेलहिया सडक ६ लेनमा निर्माणाधीन छ । हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । प्रालिले १० वटा माग गरेको थियो । कम्पनीमा तयार भएका गाडी नभएपछि तत्कालले ६ वटा चलाउने छ । छिट्टै गाडीहरू थप गरी ३० वटा पुर्याउने प्रालिले जनाएको छ । ३० वटा गाडी सञ्चालनमा आएपछि हरेक गाडी १०/१० मिनेटको अन्तरमा छुट्ने छन् ।

ती गाडी सबै अपाङ्गमैत्री हुने छन् । अपाङ्गता भएका व्यक्ति ह्वील चेयरबाट गाडीमा चढ्न सक्ने सञ्चालक शंकर पराजुलीले जानकारी दिए । गाडीको भाडादर पनि नेपाल सरकारले तोकेबमोजिम हुनेछ । डिलक्स गाडीले सरकारले तोकेकोभन्दा २० प्रतिशत बढी लिन पाउने छन् । एसी गाडीले त्यसमा पनि २० प्रतिशत बढी लिन पाउने सरकारी नीति छ ।

‘बुटवल–बेलहिया अहिले ६० रूपैयाँ भाडा छ । हाम्रा एसी सञ्चालनमा आएपछि बुटवल बेलहियाबसमा समग्रमा ८० रूपैयाँ पर्छ,’ सारूले भने । प्रालिले चलाउने गाडीमा परिचालक महिला हुने छन् । महिला परिचालक भएपछि महिलालाई सम्मान गर्ने छन् । बसमा इन्टरनेसनको सुविधा पनि हुनेछ ।

सार्वजनिक यातायात भरपर्दो र स्तरीय नहुँदा निजी सवारीसाधन प्रतिवर्ष १० प्रतिशतका दरले थपिँदै गएको यातायात व्यवस्था कार्यालयको बताउँछ । जसले गर्दा काठमाडौं उपत्यका बाहिरका शहरी क्षेत्रमा समेत ट्राफिक जामको समस्या देखिन थालेको छ । अब छोटो रूटमा ठूला गाडी सञ्चालन गरी साना गाडी बिस्तारै विस्थापित गर्नुको विकल्प नभएको सञ्चालक पराजुलीको भनाइ छ । 

‘ठूला सवारीसाधन चलाउँदा पेट्रोलियम पदार्थको खपत पनि कम हुन्छ ।  साना सवारीसाधनले कम यात्रु बोक्छन्, जाम बढी गराउँछन् । यस आधारमा ठूला सवारीसाधनले मुलुकलाई आर्थिक रूपमा फाइदा पु¥याउँछ ।’ यस क्षेत्रमा बाक्लो बस्ती बढ्दै गएको र सर्वसाधारणलाई सहज र सरल तरिकाले आवतजावत गराउन ठूला गाडी चलाउन सबै क्षेत्रबाट दबाब समेत आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x