×

NMB BANK
NIC ASIA

बीमा नै नगरिएको नेपाली कूटनीतिक सवारीसाधन गुड्यो मड्रिडमा

मन्त्रालयले माग्यो प्रगति विवरण, राजदूत रायमाझीलाई भ्याइनभ्याइ

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दीपेन्द्र गजुरेल, युरोप संवाददाता 

मड्रिड (स्पेन) — स्पेनको मड्रिडस्थित नेपाली दूतावासले आफ्नो कूटनीतिक सवारीसाधन बीमा नगराइकनै गुडाउने गरेको पाइएको छ । त्यसमाथि स्पेनका लागि प्रथम नेपाली राजदूत भरतबहादुर रायमाझीले आफ्नो भान्सेलाई मनोमानी ढंगबाट सवारी चलाउन दिने गरेका छन् । 

श्रावण २६ गते राजदूत रायमाझी स्थानीय एक व्यवसायीको घरको पार्टीमा सहभागिता जनाउन परिवारसहित स्थानीय सरकारको नियम कानूनलाई समेत धज्जी उडाउँदै पहिलो पक्ष र तेस्रो पक्ष बीमा नै नभएको सीडी १०३००२ नम्बरको किया कम्पनीको गाडीमा सवार भएर गएका थिए । 

बीमा नै नगरिकन गाडी चलाएर कूटनीतिक मर्यादाभन्दा बाहिर बसी नेपालको बेइज्जती गर्नुभयो नि भनेर लोकान्तरले सोध्दा राजदूत रायमाझीले ‘चलाउन ल्याइएको सवारी चलाइयो, यसमा के आपत्ति भो र’ भनेर उल्टै प्रश्न गरेका थिए । 

भान्सेका रूपमा ल्याइएका व्यक्तिलाई राजदूतावासको सिफारिशमा स्पेनको सवारीचालक परिचयपत्र समेत उपलब्ध गराएको भएतापनि अति व्यस्त शहरमा सिकारु भान्सेले उक्त गाडीमा राजदूतलाई बोकेर हिँड्ने गरेको उक्त भोजमा सहभागिता जनाएका राजदूतनिकट व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरलाई बताए । 

Muktinath Bank

यसरी बीमाविनाको सवारीसाधन अनुभवहीन चालकले लिएर जाने गर्दा अन्य कूटनीतिक कर्मचारीले गाडीमा चढ्न अस्वीकार गरेको लोकान्तरले पत्ता लगाएको छ । उनीहरू जाँदा आउदा पैदल तथा सार्वजनिक बस चढ्ने गरेको पाइएपछि यसको रहस्य खुलेको हो । 

स्पेनमा भएका नेपाली सामाजिक संस्थाले राजदूतलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गर्दा अनुपस्थित हुने राजदूत व्यक्तिगत भोजभतेरमा भने सपरिवार उपस्थित हुने गरेको भन्दै नेपालीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबाहेक राजदूत रायमाझीको चान्सरी भवन र निवास एउटै घरमा भएको अनि त्यहाँ आगन्तुक कक्षसमेत नभएकोमा स्थानीयहरू आश्चर्यचकित भएका छन्  । 

राजदूत रायमाझीले फौजी शैलीमा कार्यसम्पादन गरेको र मनोमानी ढंगबाट आवश्यकता नै नभएको तीनवटा कूटनीतिक सवारी पारदर्शिता नअपनाई एकलौटी किनेको जानकारी नेपालस्थित परराष्ट्र मन्त्रालयमा आएको परराष्ट्र स्रोतले बतायो । 

नेपाल राष्ट्रकै प्रतिनिधित्व गर्ने राजदूत रायमाझी नेपाली सेनाका पूर्वजर्नेल समेत रहेका छन् । राप्रपा नेपालको सिफारिशमा तत्कालीन देउवा सरकारले मनोनित गरेको लामो समयपछि उनी २०७४ माघ १० गते नेपालबाट स्पेन आएका थिए । 

वैशाखको तेस्रो साताबाट अर्थात् चार महिनापछि निजी निवासको एउटा कोठाबाट कार्यालय सञ्चालनमा ल्याइएको थियो । 

मन्त्रालयबाट २०७५ साउन २७ गते तीन दिनभित्र जानकारी गराउने पत्र पाएलगत्तै ‘स्थानीय कर्मचारीको आवश्यकता’ भनेर राजदूतले सूचना निकालेका थिए ।  


Advertisment
Nabil box
Kumari

नेपालबाट स्पेनका लागि उड्दा राजदूतले दश हजार डलर साथमा लिएर आएको भएतापनि हालसम्म उक्त खर्चमा पारदर्शिता नभएकाले पनि मन्त्रालयलाई विवरण पठाउन ढिलो भएको हुन सक्ने परराष्ट्र स्रोत बताउँछ । 

स्पेन आएको सात महिना भइसक्दापनि राजदूत रायमाझीले कार्यालय व्यवस्थित गर्न सकेका छैनन् । राजदूतको शैली चित्तबुझ्दो नभएपछि तत्कालीन एमालेको जनवर्गीय संगठन प्रवासी नेपाली मञ्चले समेत ध्यानकर्षण गराएको
भएतापनि सो ध्यानकर्षणको वास्ता नै नगरी सीमित व्यक्तिको सल्लाहमा उनी हिँड्ने गरेको मञ्चका सदस्यहरू बताउँछन् ।

कार्यालयमा पासपोर्ट बनाउन आउनेहरूले समेत प्रभावकारी सेवा नपाएको गुनासो दिनप्रतिदिन बढ्दै गएको समाचार अन्लाइन सञ्चारमाध्यमहरूमा आएपछि दूतावासले विज्ञप्ति नै जारी गर्नुपरेको थियो । 

Vianet communication
Laxmi Bank

‘राजदूतले सरकारले फिर्ता गर्ने संकेत पाएपछि रायमाझीले रमाइलोमा खर्च गर्ने गरेका छन् । हरेक कुरा दूतावासको नामबाट निजी बनाइएको क्रेडिट कार्ड स्थानीय व्यवसायीहरूको सल्लाहमा भ्याटमा दर्ता नै नभएको पसलबाट
बिल बनाएर ल्याउने गरेका छन्,’ उनीनजिकका व्यक्तिले नाम नछाप्ने शर्तमा बताए ।  

प्रत्येक आर्थिक वर्षको अन्त्यपछि अनिवार्य रूपमा श्रावण पहिलो साताभित्र वार्षिक आर्थिक विवरण मन्त्रालय पठाउनुपर्नेमा निर्देशन अटेर गरी हालसम्म पनि उपलब्ध नगराएको परराष्ट्र मन्त्रालयको लेखा शाखाले बतायो । 
 

‘नयाँ दूतावास भएकाले बिल भरपाइहरू विस्तृत रूपमा छानबिन हुनेछ र आवश्यक परे स्थलगत अडिट समेत हुनेछ,’ लेखा शाखाका उपसचिव गायत्री खनालले जानकारी दिए । 

मन्त्रालयले २०७५ साउन २७ गते तीन दिनभित्र १३ बुँदे परिपत्र गरेपछि दूतावासले हतारहतार स्थानीय कर्मचारी माग गर्न सूचना निकालेको थियो ।  

मन्त्रालयले २०७५ जेठ ११ को पत्रमा कार्यसम्पादनलाई प्रभावकारी बनाउन विदेशस्थित सबै नेपाली नियोगलाई पत्राचार गरेको भएतापनि स्पेनी दूतावासले हालसम्म कुनै पनि काम गर्न नसकेका कारण पत्राचार गर्न सकेको थिएन । 

पत्रमा भनिएको छ, ‘सम्पूर्ण नियोगमा अविलम्ब सूचना अधिकारी र प्रवक्ता तोकी सोको विवरण नियोगको वेबसाइटमा राख्ने तथा आवश्यक सूचना प्रवाह गर्नु भनिएको भएतापनि हालसम्म स्पेनले तोक्न सकेको छैन ।’ 

स्पेनका लागि खटिएका प्रथम राजदूत रायमाझीबाट निकै अपेक्षा गरेको भएपनि उनले उपलब्धिमूलक काम गर्न नसकेको भन्दै स्थानीय नेपालीहरू निराश बन्दै गएका छन् ।

राजदूत रायमाझीले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता भएको छ । २०७५ साउन २३ गते दर्ता भएको उक्त उजुरीमा दर्ता नम्बर १९७७ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x