×

NMB BANK
NIC ASIA

बससेवा र थाइल्यान्डको टुवेल्भ गो ग्रुपबीच अन्लाइन बस टिकट सम्झौता

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — नेपालमा अन्लाइनबाट बस टिकट बिक्री गर्दै आएको बससेवा डट्कम र थाइल्यान्डको चर्चित ट्राभल कम्पनी टुवेल्भ गो गु्रपबीच अन्लाइन बस टिकट बिक्री गर्ने विषयमा मंगलवार सम्झौता भएको छ । 

सम्झौतासँगै टुवेल्भ गो गु्रपको उपस्थिति रहेका  विभिन्न मुलुकबाट नेपालका अधिकांश गन्तव्यको बस टिकट अन्लाइनबाट काट्न सकिन्छ । 

सम्झौतापत्रमा बससेवा डट्कमका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र टुवेल्भ गो गु्रपका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्सी एबोलमासोभले हस्ताक्षर गरे ।

सम्झौतासँगै अबदेखि टुवेल्भ गो गु्रपको सेवा रहेका थाइल्यान्ड, भारत, मलेसिया, सिंगापुर, भियतनाम, फिलिपिन्स, कम्बोडिया, लाओस, म्यानमार लगायतका विभिन्न मुलुकबाट नेपालका विभिन्न गन्तव्यको टिकट काट्न सकिनेछ । 

यससँगै यी मुलुकमा रहेका नेपाली र नेपाल घुम्न आउने पर्यटकले विदेशबाटै टिकट काट्न सक्नेछन् । 

सम्झौतापछि बससेवा डटकमका सीईओ खनालले भने, ‘टुवेल्भ गो गु्रपसँगको सहकार्यले विभिन्न मुलुकबाट नेपाल आउने पर्यटक र ती मुलुकमा रहेका नेपालीले विदेशबाटै अथवा नेपालमै आइसकेपछि पनि अन्लाइनबाट विना झन्झट
टिकट काट्न सक्नेछन् । यसले नेपालको पर्यटन विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

बससेवा डट्कम नेपालको एकमात्र अन्लाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स, हायस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अन्लाइनबाटै गर्दै आएको छ ।

ईसेवा एकाउन्ट भएका ग्राहकले ईसेवामार्फत र एकाउन्ट नभएको अवस्थामा नजिकको ईसेवा जोन, पोइन्ट, अन्लाइन पेमेन्ट तथा अन्य साइबर कम्युनिकेसनबाट टिकट काट्न सक्नेछन् । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x