×

NMB BANK
NIC ASIA

सहकारी विधेयकबारे जनताको राय बुझ्न गाउँगाउँ जाँदै विकास समिति

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समिति जनताका रायसुझाव संकलन गर्न गाउँ जाने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसीले संसदमा टेबुल गरेको सहकारी विधेयक २०७५ को विषयमा जनताका राय सुझाव संकलन गर्न समिति कर्णालीका २ जिल्लामा जान लागेको हो । रुकुमको चौरजहारीमा भदौ ११ गते तथा जुम्लामा भदौ १४ गते सुझाव संकलन कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष राजु नेपालीले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिमाली जिल्लाको हकमा जुम्ला र पहाडी जिल्लाको हकमा रुकुमको चौरजहारीमा हामीले सुझाव संकलन गर्ने कार्यक्रम राखेका छौं,’ उनले भनिन्, ‘त्यहाँ रहेका जनता, स्थानीय तह, सहकारीबाट सुझाव लिई विधेयकलाई थप राम्रो बनाउने योजना रहेको छ ।’


Advertisment
Nabil box
Kumari

संसदले सहकारी ऐन बनाउँदा जनताले स्वीकार गर्ने वातावरण बनाउनकै लागि भएपनि र ऐनको सहज कार्यान्वयनका लागि पनि गाउँ जान समितिले आवश्यक ठानेको अध्यक्ष नेपालीले बताइन् । ‘हामी ऐनलाई सर्वस्वीकार्य बनाउन चाहन्छौं,’ उनले भनिन्, ‘त्यसका साथै जनताको सुझाव समेटेर जनतालाई अपनत्व कायम हुने गरी र ऐन बनिसकेपछि सहज कार्यान्वयनका लागि हामी २ स्थानमा सुझाव संकलन गर्न जान लागेका हौं ।’

Vianet communication
Laxmi Bank

अहिलेसम्म १२ ऐन बनिसक्दा कुनै पनि समितिले जनताका सुझाव लिने प्रचलन शुरू गरेको थिएन । तर, सामाजिक विकास समितिले सहकारी विधेयकलाई विकासको मेरुदण्डको रुपमा लिएको अध्यक्ष नेपालीले बताइन् ।

‘यसअघि हामी गाउँमा रायसुझाव संकलन गर्न गएका थिएनौं । संसद र समितिमै छलफल गरेर पारित गर्ने गरेका थियौं,’ अध्यक्ष नेपालीले भनिन्, ‘कर्णाली प्रदेश हरेक हिसाबमा पछि परेको हुँदा यसको विकासका लागि सरकारले अपनाएको ३ खम्बे नीति अनुरुप कर्णालीको समृद्धिमा सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने ठानेर विधेयकलाई थप बलियो र जिम्मेवार बनाउन हामी गाउँ जान लागेका हौं ।’

समितिका अध्यक्ष नेपालीले ती दुवै स्थानबाट पर्याप्त सुझाव आउने अपेक्षा गरिन् । ‘हामी ठूलो अपेक्षासहित ती २ स्थानमा जान लागेका हौं,’ उनले भनिन्, ‘सबैको राय सुझावलाई हामी विधेयकमा समेटेर लैजाने छौं र ती सुझावले सहकारी विधेयक पूर्ण बन्ने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x