×

NMB BANK
NIC ASIA

राष्ट्रय परिचयपत्र परीक्षणको क्रममा, छिट्टै नागरिकको हातमा पुग्ने !

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । 

Muktinath Bank

केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयारी रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘‘अहिले परिचय पत्र परीक्षण गर्ने काम भइरहेको छ, कम्पनीले परीक्षण सकेर हामीलाई कात्तिकको दोस्रो हप्ताभित्र हस्तान्तरण गरेपछि हामी छपाइको काम गर्दछौ ।’’उनले परीक्षण सकेर कम्पनीले हस्तान्तरण गरेपछि वितरण गरिने बताए । ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले राष्ट्रिय परिचय पत्र प्रणाली विकास गरी परीक्षण गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

कम्पनीले भदौ १५ गतेभित्र परीक्षणको काम सकाएर हस्तान्तरण गर्ने भने तापनि प्राविधिक कारणले एक महिना ढिलो हस्तान्तरण गर्ने भएको छ । केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले परिचय पत्रको परीक्षणक्रममा देखिएका प्राविधिक समस्यालाई अहिले समाधान गरिरहेको बताए ।

Vianet communication
Laxmi Bank

‘‘परिचय पत्रमा पछि समस्या नआओस् भन्नका लागि परीक्षण गरेका थियौ, तर केही समस्या आएको हुनाले त्यसलाई अहिले हटाउने काम भइरहेको छ, ’’ उनले भने ।

२०७४ असार ८ गतेको मन्त्रिपरिषद् बैठकले परिचय पत्रको ढाँचा र २०७४ पुस ८ गते सुरक्षित चिन्ह स्वीकृत गरेको थियो । 

सरकारले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने छ । 

परिचय पत्रको काम अन्तिमचरणमा भएकोले वितरण गर्ने जिल्ला पाँचथर र सिंहदरबारमा अहिले नागरिकको विवरण संकलन केन्द्रले गरिरहेको छ । निर्देशक जोशीले असार ५ गतेबाट पाँचथरमा विभिन्न समूह बनाइ विवरण संकलनको काम भइरहेको छ, भने ।

उनका अनुसार अहिलेसम्म पाँचथरमा २२ हजार र सिंहदरबारमा तीन हजार नामावली सङ्कलन गरिएको छ । पाँचथरमा पाँच स्थानीय तहका नामावली सङ्कलन काम बाँकी छ । 

पाँचथरमा तीन समूह गाउँपालिका र नगरपालिकामा तथा जिल्ला प्रशासन कार्यालयमा एक समूहले विवरण सङ्कलन गरिरहेको छ ।

कम्प्युटर इञ्जिनीयर बोहराका अनुसार १० डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति/पप्नीको नाम, आंैठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानासमेत उल्लेख गरिने छ । सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सूचना अधिकारी जोशीले परिचयपत्र विवरण गर्न अहिले एक लाख १७ हजार परिचयपत्र आइसकेको बताए ।

केन्द्रले नागरिकको लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्रमा छापिएर बाँडिने छ । केन्द्रमा नै ती परिचयपत्र छापेर जिल्ला लगेर वितरण गरिने छ । सरकारले विसं २०६७ मा केन्द्र स्थापना गरेपनि २०७३ सालदेखि परिचय पत्रको काम शुरु भएको हो । 

यसवर्ष थप १५ जिल्लामा पनि वितरण गरिने 

यसैगरी सरकारले थप १५ जिल्लामा राष्ट्रिय परिचय पत्र लागू गर्ने भएको छ । गृहमन्त्रालयमा मन्त्रिस्तरीय निर्णय गर्दै थप १५ जिल्लामा यसवर्ष राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय गरिएको केन्द्रका निर्देशक जोशीले जानकारी दिनुभयो । 

उनका अनुसार प्रदेश नं १ झापा र सङ्खुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नंं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नंं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा प्रदेश नं ७ को अछाम र कञ्चनपुरमा लागू हुनेछ । छनोटमा परेका ती जिल्लामा जाने योजना र बजेट व्यवस्थापन भईरहेको बताइएको छ । रासस / शरद शर्मा 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x