×

NMB BANK
NIC ASIA

जनकपुरधाम – २ नम्बर प्रदेशमा प्रदेश सरकारले बुधवार मुस्लिम समुदायको पर्व बकर ईदको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ ।

Muktinath Bank

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकबाट बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारले यसअघि नै २०७५ सालमा प्रकाशित गरेको राजपत्रमा ईदको बिदा दिने निर्णय गरिएको थिएन । २ नम्बर प्रदेशमा दिइने थप बिदा र उत्सवबारे राजपत्रमा प्रकाशित हुन छुटेकाले मन्त्रीपरिषद्को बैठकमा ल्याएर सार्वजनिक बिदाको प्रस्ताव पारित भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुस्लिमको अति नै महत्त्वपूर्ण पर्व भएकाले बुधवार बिदा दिने निर्णय गरिएको उनले बताए । २०७४ चैत २८ गते प्रदेश राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदामा त्रुटिवश छुट्न गएकाले अहिले आएर बिदा दिइएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेपनि कतिपय सरकारी कार्यालयमा बिदा दिने गरिएको छैन । संघीय सरकार मातहतका कार्यालय र इकाइको रूपमा रहेको बैंक तथा वित्तीय संस्था, न्यायालय क्षेत्रका जिल्ला अदालत र उच्च अदालत, जिल्ला प्रशासन कार्यालय, संघीय प्रहरी इकाइ कार्यालयमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालनमा रहने गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘संघीय सरकारले ती कार्यालयलाई सार्वजनिक बिदा दिन परिपत्र जारी नगर्ने, कतिपय कर्मचारीका कारण समेत बिदा कार्यान्वयन हुन सकेको छैन,’ आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले लोकान्तरसँग भने, ‘अहिले पनि संघीय सरकार र कर्मचारीतन्त्रमा संघीयता विफल बनाउने मानसिकता देखिन्छ, जो एकदमै खतरनाक संकेत पनि हो ।’

विगतमा प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक बिदामा केही कार्यालयले बिदा नदिएकाले मन्त्रीपरिषद् बैठकमा गम्भीर चासो दिइएको छ । प्रदेश राजपत्रमा प्रकाशित भएको स्वीकृत बिदालाई कार्यान्वयन गर्न ती कार्यालयमा पत्राचार नै गरिएको मन्त्री यादबले बताए ।

विगतमा अदालत र जिल्ला प्रशासन कार्यालय प्रदेश सरकारले स्वीकृत गरेको सार्वजनिक बिदालाई नमानेपनि यस पटक ती दुवै क्षेत्रमा बिदा हुने प्रबल सम्भावना रहेको उनले बताए ।  तर, बैंक तथा वित्तीय संस्थामा बिदा कार्यान्वयन हुनेमा अझै पनि शंका रहेको उनले बताए ।

संघीय सरकारका गृह मन्त्रालयलाई पनि प्रदेश सरकारको सार्वजनिक बिदा कार्यान्वयनका लागि परिपत्र गरिदिन पटक–पटक पत्राचार गरेपनि संघीय सरकारले खासै चासो नदेखाएको उनको आरोप छ । संघीयता कार्यान्वयन नै नहुने हो भने प्रदेश सरकार र संघीय सरकारबीच टसल रही नै रहने उनले बताए । आगामी असोज १ गतेसम्म सबै समस्या अन्त्य हुने संघीय सरकारले प्रतिबद्धता समेत जनाएको उनले बताए ।

प्रदेश राजपत्रमा २०७५ सालमा १० दिन सार्वजनिक बिदा दिइएको छ । बैशाख ११ गते जगतजननी जानकी माताको जन्म जयन्ती विशेष पर्वको रूपमा मनाइने भएकाले सार्वजनिक बिदा दिइएको थियो ।

भदौ १० गते हिन्दूको विशेष पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका दिन १ दिन, छठ पर्वको अवसरमा कात्तिक २७ र २८ गते गरी २ दिन, रामजानकी विवाह पञ्चमीका लागि मंसिर २६ गते १ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

२०६३ माघ ५ गते तराई मधेशका जनसरोकारका विषयलाई लिएर मधेशमा आन्दोलन हुँदा माघ ५ गते रमेश महतो प्रथम शहीदका रूपमा शहादत पाएको दिनलाई मधेश आन्दोलन स्मृति दिवसको रूपमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

प्रकाशित राजपत्रमा तराईमा धूमधामका साथ खुशीयाली पर्वका रूपमा मनाइने फागू पूर्णिमाका अवसरमा चैत ७ र ८ गते २ दिन सार्वजनिक बिदा दिइएको छ । हिन्दूको विशेष पर्व रामनवमीका अवसरमा चैत ३० गते १ दिन र मुस्लिम धर्मावलम्बीको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा १ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

विभिन्न धर्मावलम्बी धर्मगुरु, नागरिक समाज, बुद्धिजीवि, पत्रकार लगायत सरोकार राख्ने पक्षसँग अन्तक्र्रिया गरेर नै प्रदेश सरकारमा बिदाबारे निर्णय गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले बताए । 

प्रदेशमा काम धेरै नै गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर कतिपय महत्त्वपूर्ण बिदा समेत कटौती गरिएको उनले बताए । तर, आवश्यकता अनुसार कतिपय बिदा थपघट गरी संशोधन समेत हुन सक्ने उनले लोकान्तरसँग बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x