×

NMB BANK
NIC ASIA

‘द काठमाडौं डायलग’ शुरू, चीन–भारत लगायत ७ देशका कानून अध्याताको सहभागिता

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – काठमाडौं स्कूल अफ लको आयोजनमा मंगलवारदेखि ‘द काठमाडौं डायलग’ शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंको राष्ट्रिय सभागृहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्मेलनको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मन्त्री पोखरेलले एसियाली मुलुकका कानूनविद् र विद्यार्थीबीच नेपालमा छलफल हुनु खुशीको कुरा भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले राजनीतिक स्थायित्व पाएको र विकासको बाटोमा अग्रसर भइरहेको भन्दै मन्त्री पोखरेलले नेपाल संघीय, स्थानीय कानूनको अभ्यासमा रहेको बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराका साथ देश अगाडि बढेको भन्दै उनले नेपालको अभियानलाई सफल बनाउन चीन, भारत लगायतका मित्रराष्ट्रको भूमिका महत्त्वपूर्ण हुने बताए । मन्त्री पोखरेलले सम्मेलनमा अन्तर्राष्ट्रिय सुरक्षा नीतिका विषयमा बहस र छलफल गरिनुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल र चीनबीच राम्रो सम्बन्ध रहिआएको र चीनले नेपालको विकासका क्षेत्रमा सहयोग गर्दै आएको बताइन् । उनले दक्षिण एसियामा भारत ठूलो देश भएको बताउँदै सबै मिलेर दक्षिण एसियाको विकासमा अघि बढ्नुपर्ने बताइन् ।

Vianet communication
Laxmi Bank

सम्मेलनमा चीन, भारत, पाकिस्तान, अफगानिस्तान, युगान्डा र बंगलादेशका कानूनका विद्यार्थी तथा कानूनविद्को सहभागिता रहेको छ । सम्मेलनमा एसियाली मुलुकको कानून, मानवअधिकार र विकासक्रमको विषयमा छलफल हुने काठमाडौं स्कूल अफ लका कार्यकारी निर्देशक एवं प्राचार्य डा. युवराज संग्रौलाले बताए ।

नेपालमा पहिलो पटक भएको यस प्रकारको सम्मेलनले अन्य छिमेकी देशका प्राज्ञिक स्तरको सम्बन्ध जोड्ने र मित्रता कायम गराउने संग्रौलाले विश्वास व्यक्त गरे ।

१० दिनसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्ध, कानून र दर्शन, लोकतन्त्र र मानवअधिकार, दीगो विकास र जलवायू परिवर्तन तथा चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनसिएटिभ’ (बीआरआई) लगायत विषयमा छलफल हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x