×

NMB BANK
NIC ASIA

'शङ्कराचार्य पदवीका नाममा नेपालको सार्वभौमसत्तामाथि नै हस्तक्षेप'

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– शङ्कराचार्य पदवीका नाममा नेपालको सार्वभौमसत्तामाथि नै हस्तक्षेप गर्न खोजिएको भन्दै हिन्दु धर्मशास्त्रका ज्ञाताले आपत्ति जनाउनुभएको छ । 

सनातन विद्वत् परिषद् नेपालको संयोजकत्वमा आज आयोजित विद्वत्सभामा उहाँहरुले अखिल भारतीय विद्वत् परिषद्लगायत केही संस्थाले हेमानन्द गिरीलाई पशुपति पीठाधीश शङ्कराचार्य घोषित गरिएको भन्ने समाचारप्रति सभाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । 

परिषद्का अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले नेपालमा शङ्कराचार्यका रुपमा पशुपतिनाथ नै रहनुभएकाले आद्य शङ्कराचार्यले बसालेका चार मठबाहेक अरूलाई नेपालीले नमान्ने बताउनुभयो । 

प्राडा दीर्घराज घिमिरेले शङ्कराचार्य पठाएर स्वतन्त्र अस्तित्व भएको राष्ट्रमा धर्मका नाममा राजनीति शुरु भएकाले विद्वान् चुप लागेर बस्नु नहुने सुनाउनुभयो । भविष्य र स्कन्द पुराणमा शङ्कराचार्यको चरित्रका बारेमा वर्णन गरिएको उहाँले जानकारी दिनुभयो । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले शङ्कराचार्य हुन ब्राह्मणबाट सन्यास लिएको हुनुपर्ने नारी हुन नसक्ने विषय आद्य शङ्कराचार्यले रचना गर्नुभएको ‘मठम्नायशासनम्’ नामक ग्रन्थमा उल्लेख गरिएको बताउनुभयो । 

प्रा शिवगोपाल रिसालले आदि शङ्कराचार्यले बसालेका चार मठले नै कन्याकुमारीबाट हिमालय क्षेत्रसम्मको प्रतिनिधित्व गर्ने भएकाले हावाका भरमा अरू शङ्कराचार्य हुन नसक्ने तर्क गर्नुभयो । 

प्राडा ऋषिराम पोखरेलले पशुपतिजस्तो निराकार रुप भएको मुलुकमा अर्को मठको आवश्यकता नै नरहेको सुनाउनुभयो । शङ्कराचार्य मठ पशुपतिका स्वामी १००८ रमणानन्द गिरीले हेमानन्द गिरी दण्डी साधु नभएकाले ज्योतिष्पीठका लागि प्रारम्भिक चरणको निवेदनमै अस्वीकृत हुनुभएको बताउनुभयो । 

कार्यक्रममा प्रा पद्मप्रसाद भट्टराई, प्रा भवानीप्रसाद खतिवडा, सुश्री अम्बिका पाण्डे, रामकृष्ण उपाध्याय, गोकुलानन्द गिरी लगायतले हावाका भरमा शङ्कराचार्य भएको हल्ला गरेर नेपालकै बदनाम गर्न खोजिएकाले सावधान हुन आह्वान गर्नुभयो । 

सभाले आजै छबुँदे घोषणापत्रसमेत जारी गरेको छ । घोषणापत्रमा शास्त्रोपदिष्ट समयमा उपनयनादि संस्कार भई विधिपूर्वक आफ्नो शाखाको वेद अध्ययन गरेकोे, वेद–वेदाङ्ग–धर्मशास्त्र र वेदान्तादि दर्शनमा पारङ्गत भई शास्त्रको समुचित व्याख्या विश्लेषण गर्न सक्ने, दण्डी सन्यासी परम्पराबाट दीक्षित, प्रतिभा सम्पन्न उत्तराधिकारी व्यक्ति विधिसम्मत तरिकाले शङ्कराचार्य पदमा नियुक्त हुने परम्परालाई लत्याउँदै अखिल भारतीय विद्वत् परिषद्ले मनोमानी तरिकाले गरेको शङ्कराचार्य नियुक्तिको निर्णयप्रति आपत्ति जनाएको छ । 

शङ्कराचार्यको पदवी पाएको दाबी गर्नुभएकी हेमानन्द गिरीलाई आजको सभाले शास्त्रार्थ गर्न खुला चुनौतीसमेत दिएको छ । भदौ ८ गते डोलेश्वरमा गर्न लागेको कार्यक्रम हुन नसक्ने सभाले निर्णय गरेको छ । सभासँग शास्त्रार्थ गरी विजयी भएर शङ्कराचार्य बन्न पनि सभाले हेमानन्दलाई अनुरोध गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x