×

NMB BANK
NIC ASIA

काबुलमा राष्ट्रपतीय कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काबुल- अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो । 

Muktinath Bank

उक्त रकेट प्रहारसँगै क्षेप्यास्त्र जडित हेलिकप्टरबाट सम्भावित स्थानमा प्रत्याक्रमण गरिएको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिबानले प्रहार गरेको पहिलो रकेट राष्ट्रपति कार्यालय नजिकै झरेको थियो भने दोस्रो रकेट नेटो र अमेरिकी दूतावास नजिकै झरेको थियो तर दुबै आक्रमणबाट कोही पनि हताहत भएका छैनन्, प्रहरी अधिकारी जान आघाले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति अशरफ घानीको सम्बोधन चलिरहेको समयमा टेलिभिजन च्यानलमा रकेट बिस्फोटको ठूलो आवाज सुनिएको थियो । बिस्फोटको आवाज सुन्नुभएका राष्ट्रपति घानीले सम्बोधनकै क्रममा भन्नुभयो, “रकेट आक्रमणबाट अफगानीलाई कमजोर तुल्याउने उनीहरुको सोचाई हो भने उनीहरु गलत छन् ।” 

Vianet communication
Laxmi Bank

रकेट आक्रमण गरिएको राजधानी काबुलको यो क्षेत्र सबैभन्दा सुरक्षित मानिन्छ । यही क्षेत्रमा राजदूतावासहरु र उच्च सरकारी कार्यालयहरु रहेका छन् र त्यसलाई अग्ला, बलिया पर्खाल एवं काँडेतारले घेरिएको छ । अमेरिकी राजदूतावासका साथै संवेदनशील सरकारी र सैनिक इलाका नजिकका धेरैवटा सडक बन्द गरिएका छन् । 

काबुल प्रहरीका प्रवक्ता हस्मत स्टानिक्जाईले मङ्गलबार बिहान पनि एउटा शंकास्पद सवारी साधन देखिएको बताउनुभयो । उक्त सवारी साधन इद गाह मस्जिद नजिकको माटोले निर्माण गरिएको घरतर्फ गएको थियो । त्यही घरको एक छेउबाट रकेट आक्रमण भएको पाइएको छ, उहाँले बताउनुभयो । 

बन्दुकजडित हेलिकप्टरले त्यही क्षेत्रमा प्रत्याक्रमण गरेको, तथा घर र सवारी साधन ध्वस्त पारिएको छ, प्रहरीले जनाएको छ । 

प्रत्यक्षदर्शीहरुले बिस्फोट लगत्तै त्यही क्षेत्रमा गोली चलेको आवाज सुनिएको बताए । 

गृह मन्त्रालयका प्रवक्ता नजिब डानिसले आक्रमणकारीहरु मारिएको बताउनुभयो । अफगान सैनिकफौजका दुई जना घाइते भएका छन् । तालिबानले भने यस आक्रमणका बारेमा केही बताएको छैन । 

अफगान राष्ट्रपति घानीले मुस्लिमहरुको महान चाडका अवसरमा तीन महिने एकतर्फी युद्धविरामको घोषणा गर्नुभएको छ । तर अफगानिस्तानमा सक्रिय लडाकू समूहहरु तालिबान र आइएसका तर्फबाट आक्रमण र अपहरणका सिलसिला रोकिएका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x