×

NMB BANK
NIC ASIA

निर्मला पन्त हत्या प्रकरण

प्रहरीको गोलीले मुर्छित बनेको कञ्चनपुर (फोटोफिचर)

भदौ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

महेन्द्रनगर– १३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई सार्वजनिक गरी कारबाहीको माग गर्दै स्थानीयले शुरु गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ । 

Muktinath Bank

वास्तविक बलात्कारीलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको भन्दै मंगलवारदेखि शुरु भएको आन्दोलनले बिहीवार उग्र रुप लिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १० जनाभन्दा बढी घाइते भएका थिए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

गृह मन्त्रालयले घटनाको छानबिन गर्न भन्दै सह–सचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समिति कञ्चनपुर पुगेर छानबिन शुरु गरिसकेको भनिएको अवस्थामा शुक्रवार पनि आन्दोलन जारी रह्यो । 

प्रहरीले शुक्रवार पनि आन्दोलनकारीमाथि गोली चलाउँदा एक बालकको ज्यान गएको छ । प्रहरीको गोलीले बालकको ज्यान गएपछि कञ्चनपुर झन तनावग्रस्त भएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षा कायम राख्न भन्दै शुक्रवार साँझ ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । 

एम्बुलेन्समा तोडफोड, १० भन्दा बढी घाइते   

शुक्रवार साँझ आन्दोलनमा घाइते भएकाहरुलाई बोकेर उपचारका लागि अस्पताल लैजाँदै गरेको अवस्थामा एक एम्बुलेन्समाथि तोडफोड भएको छ । प्रहरीको घेर तोडेर अगाडि बढेपछि सुरक्षाकर्मीले एम्बुलेन्समाथि लाठी बर्साएको स्थानीयले आरोप लगाएका छन् । यद्यपि प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ । 

शुक्रवार प्रहरीको गोली लागेर १० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर ३ जनालाई महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा रेफर गरिएको छ । 

मुख्यमन्त्रीको निवास अगाडि नाराबाजी

कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गरेकामाथि प्रहरीले गोली चलाएको विरोधमा ७ नम्बर प्रदेशका मुख्यमन्त्रीको समेत विरोध भएको छ । 

७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीस्थित मुख्यमन्त्रीको निवास अगाडि स्थानीयहरुले नाराबाजी शुरु गरेका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x