पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गूगल सर्चभन्दा गूगल ब्वाइको भर परेर होला, अन्तर्वार्ताहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले हचुवाका भरमा हावादारी कुरा गर्नुहुन्छ । हलगवाडा चोकमा रहेको चिया पसलमा हल्लाखल्ला गर्दै चिया पिउने धनजिते हवल्दारले जस्तो कुरा गरेर देश बन्दैन । यहाँ जनता पनि निकै गम्भीर चेतना साँचेर बाँचिरहेकाछन् । भनाइको अर्थ– अरु जेसुकै भएपनि कम्तिमा बलात्कारको मामिलामा प्रधानमन्त्री जागरुक भैदिए हुन्थ्यो भन्ने हो ।
प्रधानमन्त्री ओलीज्यूलाई बा.. बा.. भन्ने आसेपासेभन्दा बलात्कारको पीडामा आमा.. आमा.. भन्दै चिच्चाइरहेका कलिला मुनाहरूको माया लाग्छ कि लाग्दैन होला! थाहा छैन । ती मान्छेहरू जसले बालुवाटारलाई कमाइ खाने भाँडो बनाएका छन्, उनीहरूप्रति गुनासो होइन । गुनासो यो देशको 'हेड अफ स्टेट'प्रति हो । गुनासो यो देशको 'चेन अफ कमान्ड'प्रति हो । अनि गुनासो तिनीहरूप्रति हो, जो रक्षक बन्नुपर्नेमा भक्षक बनेका छन् ।
गृहमन्त्री रामबहादुर थापा 'बादल'ज्यूले गृह मन्त्रालय आफैं चलाएका छन् कि अरुले चलाएका छन् ? अब त्यो महसुस गर्ने बेला आएको छ । शुरूमा बादलज्यूको जुन लय थियो, त्यो लयले गति पकड्न सकेन । लयमा अल्पबिराम लाग्यो । गृहमन्त्री बादलज्यूका चटकेहरू जो आफूलाई स्वयं गृहमन्त्रीसरह ठान्छन्, तिनीहरूले पनि बादलको लयलाई 'डिस्टर्ब' गरेका छन् । प्रहरीले जे भन्यो त्यो बादलले मान्ने होइन, बादलले जे भन्यो त्यो प्रहरीले मान्ने हो ।
ओली सरकारको किन आलोचना बढ्यो ? आखिर यो ओली सरकार हो कि गोली सरकार हो, भेद छुट्याउन गाह्रो छ । सत्य कुरा यो हो कि, बालुवाटार केही थान बुख्याचाँहरूको घेराबन्दीमा छ । ओलीज्यूका आँखाहरूलाई बन्देज लगाउने र चियापत्तिमा समेत कमिसन हसुर्ने जत्था छ त्यहाँ । बालुवाटारभित्र ओलीज्यू मात्र प्रधानमन्त्री छैनन्, त्यहाँ सयौं प्रधानमन्त्री छन् । यो देश सयौं प्रधानमन्त्रीले चलाइरहेका छन् ।
न्याय माग्दा गोली !
कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयका कुचिकार हुन्, वीरबहादुर खुना । खुना बिहीवार बिरामी भएपछि काममा जान सकेनन् । आफ्नो बुवालाई काम सघाउन विद्यालयको पढाई नै छाडेर १३ वर्षीय छोरा शनी खुना नगरपालिका आए । कार्यलय सरसफाइ गरे । तर अब उप्रान्त बुवालाई सहयोग गर्न नगरपालिकाको कार्यलयमा जाने छैनन्, शनी खुना ।
शुक्रबार प्रहरीको गोली लागेर उनको अकालमै मृत्यु भएको छ । प्रहरीले भीड तितरबितर गर्न भन्दै चलाएको गोली शनी खुनालाई लागेको थियो । दिवंगत शनीको दोष यत्ति थियो– बलात्कारीलाई कारवाही होस् । सत्यतथ्य छानबिन होस् । न्यायको माग थियो । यस्तो माग त को बालक, को महिला, को बुढापाका सबैले गरी नै हाल्छन् । यसबारे स्थानिय प्रहरी बेखबर थियो ?
शान्तिपूर्ण नाराबाजीमा संयम हुने भनेको सरकार नै हो । स्थानीय प्रशासन संयम हुने हो । जनताको कर खाएर जनतासँग पैंठेजोरी खेल्ने काम तिनको होइन । बरु आफू मर्ने तर जनता जोगाउने काम हो तिनीहरूको । तर आत्मरक्षाको नाममा गोली चल्यो । आत्मरक्षा बालबालिकाको पनि हुन्छ कि सुरक्षाफौजको मात्र ? प्रहरीलाई निर्दोष बालकको छातीमा गोली बर्साउने अधिकार कसले दियो ? न्याय माग्दा गोली दिने हो ?
एउटा किस्सा छ, मिति र स्थान त ठ्याक्कै याद भएन । प्रहरीको गोलीले चिनियाँकाजीको हत्या हुँदा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले पदबाट राजीनमा दिएका थिए । हामी विदेशका थुप्रै देशहरूमा हेर्छौं, सानो घटना घट्यो भने नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिने प्रचलन छ । वास्तवमा भन्ने हो भने यतिखेरसम्म गृहमन्त्री रामबहादुर थापा बादलज्यूले राजीनामा दिनुपर्ने हो । नैतिकताका आधारहरू धेरै नै थिए ।
राजीनामा दिनुपर्ने केही नैतिकताका आधारमध्ये बलात्कारका घटनाका मात्रै विषय जोडौं । यो देशमा बलात्कार महामारी रोगजस्तो फैलिएको छ । तर नियन्त्रणका लागि भनेर कुनै प्रभावकारी कदम चालिएको छैन । गृह प्रशासन नै बेखबरजस्तो छ ।
बलात्कारका पछिल्ला आँकडा हेरौं– भदौ ८ गते रूपन्देहीमा ७ वर्षकी बालिका बलात्कार शिकार भइन् । साउन १७ गते टीकापुरमा १३ वर्षकी, असार ३० गते अछाममा ८ वर्षकी, असार ५ गते बझाङमा १३ वर्षकी, असार ११ गते महोत्तरीमा १३ वर्षकी र कपिलवस्तुमा ६ वर्षकी, असार २२ गते काठमाडौंमा १२ वर्षकी, साउन २३ गते नवलपरासीमा साढे ७ वर्षकी, भदौ ६ गते काठमाडौंमा १३ वर्षकी, असार गते १८ सुर्खेतमा ११ वर्षकी बालिका बलात्कृत भए ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको त बलात्कारपछि हत्या नै भयो । सोहीकारण कञ्चनपुर आन्दोलित छ ।
धैर्यता गुमाउँदै प्रहरी कमान्डर
आत्मरक्षा भनेको के हो ? के सडकमा रहेका आन्दोलनकारीसँग अत्याधुनिक हतियार थियो ? कसको रक्षाका निम्ति कसम खाएका थिए सिपाहीहरूले ? नेपालमा प्रहरीले भीड नियन्त्रणका लागि आवश्यकताभन्दा धैरै बल प्रयोग गर्छ । सामान्य अवस्थामा पनि आत्मरक्षाका निम्ति अग्रसर हुन्छन् । जनतालाई क्षति पुगोस्, तर आफूलाई केही नहोस् भन्ने ठान्दछन् । यदि त्यसो हो भने आत्मरक्षाको अवस्थामा पुगेको कञ्चनपुरमा प्रहरीतर्फ कतिजना मरे ?
प्रहरीले रचनात्मक तरिकाले भीड नियन्त्रण गर्ने आक्रोशित समूहलाई कन्भिन्स गर्ने क्षमता गुमाउँदै गएको छ । कमान्डरले धैर्यता र आत्मविश्वास गुमाउँदै गएको समेत प्रतित हुन्छ । आन्दोलनलाई मत्थर पार्ने कयौं विधि-उपायहरू छन् । गृहमन्त्री, प्रधानमन्त्री आफैं आन्दोलन भइराखेको स्थानमा पुगेर जनतालाई कन्भिस गर्न सक्थे । यति काम गर्दा कोही सानो हुँदैन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले यस्तै काम गर्दा उनी कहिल्यै सानो भएनन् ।
प्रहरीले लाठीचार्ज, पानीको फोहरा, प्लास्टिकको गोली, हवाइफायर, घुँडामुनि गोली, त्यसपछि मात्र गोली चलाउनुपर्ने हो । गोली भनेको अन्तिम अवस्थामा चलाउने हो । माथिका यी सबै उपाय अपनाउँदा पनि आन्दोलन हिंसात्मक हुँदै गयो भने प्रहरीले गोली चलाउन सक्छ । यसका लागि राज्यको के कति क्षति भयो ? त्यो मूल्याङ्कन हुन्छ । के प्रहरी चौकी जलाइए ? के प्रहरीका सवारी साधन जलाइए ? तर कञ्चनपुरको स्थिति यो हदसम्मको होइन ।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले कञ्चनपुरमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा केही सेल अश्रुग्यास प्रहार गरेको थियो । तर आक्रोशित भीड प्रहरीमाथि जाइलागेपछि हवाइ फायर गर्नुपरेको उनको भनाइ छ । प्रवक्ता थापाका अनुसार 'प्रहरीले आत्मरक्षाका लागि हवाइफायर गर्दा एक किशोरको ज्यान गएको हो ।' तर प्रहरीको के कति क्षति भयो र आत्मरक्षा गर्नैपर्ने स्थिति आयो भन्ने कुरा खुलाएका छैनन् ।
के आन्दोलनकारी हतियार बोकेर आएका थिए ? ढुङ्गाको बदला गोली किन ? हत्याको बदला कदापी हत्या हुन सक्दैन । त्यो सडकको माग बलात्कारी हत्यारालाई कारवाही हुनुपर्यो भन्ने थियो । त्यो कुनै कमिसन खानका लागि गरिएको ठेक्कापट्टाको आन्दोलन थिएन । गोली त आन्दोलनको प्रकृति हेरेर पनि चल्ने होला । यो गणतन्त्रिक मुलुकमा चेलीबेटीहरूको बाँच्न पाउने अधिकारको माग राख्दा नाबालकको छातीमा गोली बर्साउने अधिकार कसले दियो ?
बुलेटकोको होइन ब्यालेटको गणतन्त्र हो यो । शान्तिपूर्ण आवाजहरू सडकमा राख्न मज्जाले पाइन्छ । मज्जाले धर्ना, जुलुस गर्न पाइन्छ । यसैका निम्ति राज्यव्यवस्था परिवर्तन गर्ने भनेको हो । होइन भने त पञ्चायती व्यवस्था नै काफी थियो । राजाको शासन नै काफी थियो । ती व्यवस्थाले जनताको अधिकार कुण्ठित गरेका कारण न गणतन्त्रका निम्ति आन्दोलन भएका थिए । लडाइँ भएको थियो । सडकमा नाराबाजी गरेकै कारण, न्यायका लागि आवाज उठाएकै
कारण जनता मार्न पाइँदैन । मौलिक हक अधिकारका साथमा मानवअधिकारको पूर्ण प्रत्याभूति हुने समाजवाद ल्याउने भन्या होइन र ?
शंकाको घेरा
विभिन्न मिडियामा आएको खबर अनुसार निर्मला पन्त किताब लिनका लागि जाने गरेको घर दुईतले छ । बुवाआमा दार्चुला बस्ने गरेकाले त्यो घरमा तिनका छोरीहरू रोशनी, आँचल र बबिता बम मात्रै बस्थे । रोशनी निर्मलाकी साथी थिइन् । उनी १८ वर्षकी भइन् । बबिता भने सानै छिन् । स्थानीय बासिन्दाका अनुसार त्यो घरमा सधैं दुईजना केटा आउने, जाने गरिरहन्थे ।
ती केटाहरू कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा रहेछन् । उनीहरू त्यो घरमा किन आउँथे भन्ने कुरा रहस्यमै छ ।
तर फितलो अनुसान्धन गरिरहेको प्रहरीले २५ दिनसम्म पनि निर्मला किताब लिन भनेर गएको सो घरका घरपति र त्यहाँ आवतजावत गरिरहने एसपीका छोरा र मेयरका भतिजामाथि अनुसन्धान गरेको छैन । मानसिक रूपमा बिचलित व्यक्तिलाई बलात्कारीको पगरी किन गुथायो त प्रहरीले ? निर्मलाको बलात्कार उखुबारीमा नभएको पनि हुनसक्छ । भेद खुल्ने डरले निर्मलालाई मारेर अन्तै मारेर शवलाई उखुबारीमा लगेर छाडिएको हुन सक्छ ।
छोरी हराएपछि उजुरी गर्न जाँदा प्रहरी अधिकारीहरूले 'पोइला गइ होली, भोलि खोजिदिउँला । केही दिन रमाइलो गरेर आइहाल्छन् नि भनेका रहेछन् । शायद त्यो समयमा उनीहरू माथिको आदेशअनुसार शव व्यवस्थापनको तानाबाना बुन्दै पो थिए कि ! तर माथिको आदेशसँग जनता डगमगाउने छैनन् । जनताले शंका गरेका व्यक्तिउपर छानबिन हुनैपर्छ । ओली सरकारले पनि जनतालाई न्याय दिने अवसर गुमाउनु हुँदैन ।
बलात्कारको मुद्दा ओझेल पारेर वास्तविक दोषीलाई उम्काउन खोजेको कञ्चनपुरका स्थानीयवासीको बुझाइ छ । प्रहरीको काम दोषी उम्काउने होइन । प्रहरीको काम नक्कली अभियुक्त खडा गर्ने पनि होइन । प्रहरीको काम जघन्य अपराधलाई मिलापात्र गराएर टुंगाउने पनि होइन । प्रहरीले त दोषी पत्ता लगाउने हो । घटनास्थलको सत्यतथ्य प्रमाण अदालतसामु पेश गर्ने हो । चोकचोकमा चोकचोकमा बन्दै हिँड्ने होइन । प्रहरीको काम उजुरी लिन आनाकानी गर्ने पनि होइन ।
स्थानीयवासीको माग छ– निर्मला पन्तको बलात्कारमा ती केटाहरू संलग्न भएपनि नभएपनि शंकास्पद भएकाले छानबिन हुनुपर्यो । उनीहरू माथि अनुसान्धन हुनुपर्यो । यति मात्र होइन, निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान हुनुपर्यो । जरैदेखि अनुसान्धन प्रक्रिया प्रारम्भ गर्नका लागि सबैभन्दा पहिले यो काम हुनु जरुरी देखिन्छ ।
अन्तिममा, शान्तिपूर्ण प्रदर्शन जनताको मौलिक अधिकार हो कि होइन ? चित्त नबुझेको कुरा जनताले सडकमार्फत् अभिव्यक्त गर्न पाउँछन् कि पाउँदैनन् ? यो मुख्य प्रश्न बनेको छ । वामपन्थी सरकार छ, त्यो पनि जनताको न्याय तथा अधिकारका लागि लडेका मानिसहरूको सरकार । तर दिनदहाडै आत्मरक्षाको नाममा जनताका निर्दोष छोराको छातीमा किन गोली हिर्काइन्छ ? यसबारे ओली सरकारको स्पष्ट धारणा सार्वजानिक होस् ।
अहिले निर्मला र उनको परिवारलाई चाहिएको न्याय हो । न्याय खोज्न सडकमा गएका हुन्, जनताहरू । त्यो पनि चेलीबेटीहरू सुरक्षित तरिकाले बाँच्न सकुन् भनेर । गोली खोज्नका लागि गएका होइनन् ती । भीम रावलजस्ता नेताहरू संवेदनहीनताको हद नै नाघेर बलात्कार र हत्यालाई छुद्र राजनीतिक चस्माले नहेर । पीडित परिवारको आँसु हेर । पीडितलाई झन् आक्रोशित नबनाऊ ।
अनि कांग्रेसका मनुष्यहरू निर्मला पन्तको रगतको आहालमा चारतारे झण्ड गाड्न नखोज ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...