कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडौं –पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारको कार्यशैली रुसी कम्युनिस्ट नेता स्टालिनको जस्तो नियन्त्रणमुखी भएको टिप्पणी गरेका छन् ।
सरकारलाई दुईतिहाइ बहुमत भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले पाँच वर्षको समय खेर जाने उनको टिप्पणी थियो । सत्तारुढ नेकपाको कार्यशैली राज्यनियन्त्रित व्यवस्थाको पक्षमा उन्मुख देखिएको उनको विश्लेषण छ ।
‘स्टालिनकालीन यान्त्रिक र नोकरशाही ढाँचामा पार्टी र राज्यलाई लैजाने र बुझ्ने प्रवृत्ति छ, यसले नेपालको भर्खरै प्राप्त समावेशी र लोकतन्त्रको उन्नत प्रणालीलाई अभ्यास गर्न सक्नुहुन्न । समस्यामा पार्दै जाने खतरा छ,’ सोमवार बिहान आफ्नै निवासमा सीमित सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा डा. भट्टराईले भने, ‘गोपनियताको हकसम्बन्धी कानून ल्याएर प्रकारान्तरले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र नियन्त्रण गर्ने नीति देखिन्छ । उहाँहरूको चिन्तनमा राज्यले नै नियन्त्रण गर्नुपर्छ भन्ने हिजोको स्टालिनवादी सिद्धान्तको गन्ध आउँछ ।’
जोसेफ स्टालिनलाई पूर्वसोभियत संघको कठोर कम्युनिस्ट शासक मानिन्छ । भट्टराईले समावेशिताको मुद्दामा अनुदारवादी सोचका कारण ओली नेतृत्वको सरकार राजनीतिक रूपमा समस्यामा पर्ने दाबी गरे ।
पूर्वप्रधानमन्त्री भट्टराईले अर्थतन्त्रमा छिमेकीसँगको पदचाप नमिलाइकन पपुलिस्ट तरिकाले रेल र पानी जहाजको कुरा गरेपनि ओली सरकारले जनताका आधारभूत समस्याको हल गर्न नसकेको आरोप लगाए ।
‘आर्थिक क्षेत्रमा छलाङ मार्ने कुरा सही हो, तर योजना सेटमा छैन् । रेल र पानी जहाजको पपुलिस्ट कुरा गरेर केही समय अल्झाउन खोजे जस्तो देखिन्छ,’ भट्टराईले थपे, ‘पूँजी परिचालन कसरी गर्ने भन्नेमा उहाँहरूको योजना आइरहेको छैन । बेरोजगारीको विकराल समस्या कसरी समाधान गर्ने भन्ने योजना देखिँदैन ।’
दुईतिहाइ बहुमत भएपनि नेकपा नेतृत्वको सरकार राजनीतिक र आर्थिक दुवै फ्रन्टमा असफल हुने खतरा रहेको टिप्पणी उनको टिप्पणी छ ।
आशा गरिएकासँग त्रसित !
पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडासँग धेरै अपेक्षा गरिएको भएपनि उनीसँग निजी क्षेत्र त्रसित रहेको दाबी गरे । शेयर बजारमा भइरहेको निरन्तरको गिरावट पनि त्यसैको कारण भएको उनको टिप्पणी छ ।
‘निजी क्षेत्र त्रासमा रहेकोले राष्ट्रिय पूँजी परिचालन भएको छैन । बाह्य लगानी पनि आउन सकेको छैन । व्यापार घाटा झन डरलाग्दो ढंगले बढ्दैछ । यस्तो अवस्थामा सरकार असफल हुँदा रोजगारी सिर्जना नहुने, बेरोजगारी समस्या बल्झिने र असन्तुष्टिले राजनीतिक अस्थिरताको खतरा हुन्छ,’ उनले भने ।
हिन्दूवादीसँग प्रतिक्रान्तिको सामर्थ्य छैन
नेपालमा कट्टर हिन्दूवादी शक्तिले चलखेल बढाएपनि उनीहरूले परिवर्तन उल्टाएर प्रतिक्रान्ति गर्ने हैसियत नराख्ने भट्टराईको विश्लेषण छ ।
‘हिन्दूलगायतका मुद्दा कामकाजी हुँदैन, नेपालको हिन्दुत्व कट्टरपन्थी हिन्दूवाद होइन । नेपाल जातीयरूपमा पनि खस आर्य, जनजाति र मधेसी थारुको हिस्सा एकतिहाइ मात्र हो । खसहरू पनि सबै कट्टर छैनन् । हिन्दूवादी शक्तिले खेल्ने र अस्तव्यस्त पार्ने षड्यन्त्र हुनसक्छ । तर प्रतिक्रिन्ति गर्न सक्दैनन् ।’
वैकल्पिक राजनीति अपरिहार्य
नेपालमा वैकल्पिक राजनीतिक धारको वकालत गरिरहेका डा. भट्टराईले ढिलोचाँडो वैकल्पिक राजनीतिक शक्तिको उदय भएरैछाड्ने दाबी गरे ।
‘अहिलेको थकित राजनीतिक नेतृत्वको कार्यशैलीले देश परिवर्तन हुने सम्भावना त छँदै छैन । २८० शब्दमा नबढ्ने पुस्ता (ट्वीटे)बाट पनि पार लाग्ने अवस्था छैन,’ उनी भन्छन्– ‘पुरानो शक्ति भत्किँदै जाँदा समाजका समस्या समाधान गर्ने प्रगतिशील शक्ति तयार भएन भने निकट भविष्यमै राजनीतिक भ्याकूमको खतरा छ ।’
उनले आफूले नयाँ शक्तिको अवधारणा ल्याए पनि सत्तामा पुग्ने अभिलासाले आएका पुरानो शोच भएका नेताहरूको भीड लागेको बताए । ‘कांग्रेस र नेकपाले लिएको शीतकालीन सिद्धान्तले अहिलेका समस्या समाधान गर्दैनन् भन्नेमा म अहिले पनि प्रष्ट छु,’ उनले भने, ‘तर जनतालाई बुझाउन नसक्दा मरेपछि उसले लिएको नीति ठीक रहेछ भनेर के काम लाग्यो र ?’
नेता भट्टराईले लोकतन्त्रको विकसित स्वरूपको खोजीका लागि आफूले युरोप भ्रमण गरेको र निकट भविष्यमा अमेरिका तथा पूर्वी एसियाका देशको भ्रमण गर्न लागेको जानकारी दिए । उनले नयाँ शक्तिको अहिलेको कार्यशैलीले पनि वैकल्किप राजनीतिक धार उँभो लाग्न नसक्ने स्वीकारे ।
‘अहिले पनि मलाई एकथरीले माक्र्सवाद छाड्यो भनेर आरोप लगाउने गरेका छन् । अर्काथरीले १७ हजारको हत्या गरेर आएको भनेर आरोप लगाउँछन् । हामीले जनतालाई बुझाउन सकेनौं,’ उनले भने ।
भट्टराईले वैकल्पिक राजनीतिक धारलाई बलियो बनाउनका लागि माओवादीको मूलधारबाट अलग्गिएका शक्तिसँग कार्यगत एकता गर्न सकिने बताए ।
‘अग्रगामी हुनुपर्यो, पश्चगामी होइन । लोकतान्त्रिक हुनुपर्यो, अलोकतान्त्रिक होइन, त्यस्ता राजनीतिक शक्तिसँग कार्यगत एकता हुनसक्छ,’ उनले भने ।
पढ्नुहोस्, यो पनि :
चीनलाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने कुरा गरेको हुनसक्छ : डा. भट्टराई [भिडियो अन्तर्वार्ता]
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...