×

NMB BANK
NIC ASIA

‘स्कर्ट’ लगाउँदैमा बलात्कारका घटना बढ्ने हो र ?

भदौ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दिया चापागाईं

Muktinath Bank

ओहो ! अहिले नेपालमा मान्छे मार्ने भनेको त गुलेलीले चरा मार्नु जत्तिकै भएछ । प्रत्येक दिन अपराधका समाचार सुन्दा र पढ्दा साह्रै खिन्न लागिसक्यो । बालिका बलात्कार हुने क्रम बढेको बढ्यै छ । सामूहिक बलात्कार र हत्याका घटना दोहोरिरहेका छन् । यी र यस्तै हत्या, दुर्घटनाका समाचार सुन्नुपर्दा म जस्ता हजारौं नेपाली बिचलित भइरहेका छौं । स्तब्ध छौं । मर्माहित छौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझ, म जस्ता आफ्नो छोराछोरीको लालनपालन तथा उज्ज्वल भविष्यका लागि विदेशमा कष्टपूर्ण रोजगारी गरिरहेका हजारौं नेपाली आमाहरूको पीडा कसले बुझ्ने ?


Advertisment
Nabil box
Kumari

म रोजगारीका लागि धेरै वर्षदेखि विदेशमा छु । मेरो मुलुकमा दिनहु भइरहेका बालिका बलात्कार, हत्याका घटनाबाट लाखौं आमाबुबालाई कस्तो अनुभव भइरहेको होला ? मैले अनुमान मात्रै गर्न सक्छु । छोराछोरीको मनमा आशंका भइरहँदो होला– गाईगोरु चराउन अथवा दाउरापात गर्न वन गएकी हाम्री आमा साँझ सकुशल घर फर्किन्छिन् कि फर्किदैनन् ? आमाबुबा दिनभरी त्रसित हुँदा होलान्– विद्यालय, कलेज पढ्न गएकी हाम्री छोरीलाई कोही आततायी, पापीले केही नोक्सान त गर्ने होइन ? झन्, रातिको समयमा रोजगारी गर्ने वा पढ्न जाने छोरी घर नफर्किन्जेल आमाबुबाको सातो गइरहेको हुन्छ होला । 

Vianet communication
Laxmi Bank

सात समुद्रपारी दिनरात काममा जोतिएर राति सुत्न ओछ्यानमा पल्टिँदा मेरो आँखामा हत्तपत्त निद्रा आउँदैन । मैले ती तमाम आमाको मनोभावना अनुभव गर्ने प्रयास गर्छु– जीवनमा सबैथोक गुमाएर सन्तानको नाममा एउटी छोरीको सहारामा बाँचिरहेकी आमाले त्यही एउटी छोरी पनि कुनै दानवको सिकार भएको खबर पाउँदा के गर्दि होलिन् ? घरपरिवारबाट निकै टाढा विदेशमा एक्लि म सुत्ने बेलामा अथवा कामबाट फुर्सद पाएको वेला यी र यस्तै कुरा मनमा खेलाउँदै आकुलव्याकुल हुन्छ । 

हे, ईश्वर ! मेरो प्यारो नेपाललाई कस्को श्राप लाग्यो होला ?

सामाजिक सञ्जालमा केही उपबुज्रुकका स्टाटस पढेर रिस मात्रै उठ्दैन, त्यस्ता ‘विद्वान’ को बुद्धिप्रति दया जागेर आउँछ । केहीले सामाजिक सञ्जालमा लेखेछन्– चेलीहरूले मिनिस्कट लगाउँछन्, आधा शरीर देखिने लुगा लगाउँछन् । त्यसै भएर बलात्कारका घटना बढेका छन् । म त्यस्ता उपबुज्रुकहरूलाई सोध्छु– कलाकारहरूले एक वित्ताको ड्रेस लगाएर मञ्चमा उफ्रिरहँदा तिमीहरू आँखा नभए झै ताली पिटेर किन उत्साही हुन्छौं । डान्सबार, अथवा डिस्कोमा लगभग नग्न नर्तकीको तालमा तिमी मदहोश बनिरहेका हुन्छौं, किन ?

म अहिले मध्यपूर्वको एउटा देशमा छु । दुईचार अरु विकशित र आधुनिक मुलुक पनि घुमेकी छु । केही जान्ने मौका पनि पाएकी छु । विकशित मुलुकमा महिला वा युवतिले छोटा कपडा लगाउछन् । तर सोही आधारमा बलात्कारका घटना हुँदैनन् ? सडक, अथवा कार्यालय अथवा कुनै पनि स्थानमा कोही पनि पुरुषले महिलालाई नराम्रो दृष्टिले समेत हेर्दैनन् ।

कहिँले कतै झुक्किएर कोही महिलाको शरीर छोयो भने हतारहतारमा माफी माग्छन् । अनि, नेपालमा सडकमा अपेक्षाकृत छोटो लुगा लगाएर हिड्दैमा बलात्कार नै हुन्छ ? विद्वानहरुको बुद्धिमा बिर्को लागोस् !

म काम गरिरहेको मुलुकमा आधा रातमा होस् वा अरु वेला हामीलाई मान्छेसंग कत्ति पनि डर लाग्दैन । यहाँका नागरिकले बरु हामी विदेशी कामदारको सम्मान गर्छन् । भन्छन्– कहाँ जानुहुन्छ ? यदि कुनै समस्या छ भने तपाईंलाई पुर्‍याइदिन्छु ।

मेरो देश नेपाल, जहाँ म जन्मे, हुर्के, त्यहाँ हामी महिला किन सुरक्षित हुँदैनौ ? के कारणले हामी महिलाले आफ्नै मुलुक र समाजमा असुरक्षित हुनु परेको होला ? मनमा यस्तै कुरा खेलिरहदा, निकै बेचैनि हुन्छ । खिन्न हुन्छु । 

मेरो मुलुकका पुरुष दाजुभाइहरु भन्नुस् त– हामी महिला किन आफ्नै मुलुकभित्र असुरक्षित भइरहनु पर्ने ? मेरो मुलुकको सरकारलाई सोध्छु– आफ्नै देशभित्र हामी महिलाले एक्लाएक्लै हिडडुल गर्दा कहिलेसम्म डराईरहनु पर्ने ? हामी नेपाली महिलाले के सधैं डरैडरमा बाच्नुपर्ने हो त, सरकार ?

आफ्नै आफन्त, अभिभावकबाट समेत छोरीको अस्मिता लुटिएका खबरले हाम्रो मानसिकता तथा प्रवृत्ति कति आसुरी बन्दै गएको छ भन्ने संकेत गर्दैछ ।

श्रीमानबाट श्रीमती मारिएका घटना छन् । दाजुभाइबाट समेत दिदीबहिनी असुरक्षित भएका घटना अथवा शिक्षक, प्रहरी अधिकारी, पहुँच भएका व्यक्ति, राजनीतिक नेताबाट लुटिएका महिलाका कथाव्यथा दोहोरिरहँदा हामी महिलालाई कसले सुरक्षा देला ? बलात्कारका घटना यसरी नै बढिरहने हुन् भने हामीले सभ्य समाज भन्न नै लाज मान्नु पर्दैन र ? 

डरैडरमा हामी नेपाली महिलाले कति दिन बाच्नुपर्ने हो सरकार ?

(पर्वतकी दिया हाल इजरायलमा छिन्)
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x