कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सुर्खेत – दिनमा उज्यालो दिने त सुर्य छँदैछ नि ! तर, कर्णालीमा रातिको उज्यालो दिने व्यक्तिको रुपमा कला साहित्य जगतमा चन्द्र मन्दिरलाई लिन सकिन्छ ।
चन्द्र त्यस्ता एक ख्याती प्राप्त कलाकार हुन्, जो सुर्खेतमै रहेर ख्याती कमाउन सफल भए । बाल्यकालदेखि नै कला क्षेत्रमा होमिएका मन्दिर अहिले पनि कला क्षेत्रमै रोमान्स गरिरहेका छन् । उनका लागि अन्य क्षेत्र केही होइन, सबै क्षेत्र कलाकारिता नै हो । यतिसम्म कि उनी खाना खाँदा होस् या सुत्नपूर्व होस् वा हिडिरहँदा होस् या कतै छहारीमा बसिरहँदा होस् गीतसंगीतको विकासकै बारेमा कुरा गर्दै हिँड्छन् ।
२०४० मंसिर २ गते सुर्खेतको वीरेन्द्रनगर–१२ नेवारेमा जन्मेका बहुप्रतिभाका खानी चन्द्रको कलाकारिता अभ्यास बालापनदेखि नै भयो । विद्यालयमा चन्द्रले मादल बजाउँछन् भन्ने शिक्षकहरूले थाहा पाए । विद्यालयमा हुने हरेक शुक्रवारीय क्रियाकलापमा उनको अनिवार्य उपस्थिति हुन थाल्यो ।
गायन, वाद्यबाधन, नृत्य, अभिनय उनका प्रमुख विधा हुन् । उनी पैसा मात्रै सबै थोक हो भन्ने ठान्दैनन् । ‘पैसा नै सबैथोक भन्ने भए त म उहिल्यै राजधानी छिरिसक्थें,’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘आफ्नै जन्मभूमिमा नै रहेर जे जति हुन्छ, त्यही खाएर कला साहित्य क्षेत्रको उत्थान गर्ने सपनाका कारण म यही बसेको हुँ ।’
उनले बालापनको बारेमा कुरा गर्दै बुवाले आफू नजन्मिँदै मादल किनिसकेको बताए । ‘मैले त्यही मादलबाट ताल निकाल्न शुरू गरें, सानो बालक । दुबै हात मादलको दुबैतिर पुग्दैनथ्यो,’ बाल्यावस्था स्मरण गर्दै उनले भने, ‘मलाई बालापनमा उठ्ने बित्तिकै मादल चाहिन्थ्यो रे !’ चन्द्रले सम्झे, ‘खाना खुवाउन र फकाउनु परे घरकाले मादलको सहारा लिन्थे ।’
जब उनी विद्यालयमा पढ्थे, तब हरेक शुक्रवार सांस्कृतिक कार्यक्रम हुने गरेको उनले बताए । ‘हरेक शुक्रवार गोबर र माटोले विद्यालय लिप्नुपर्दथ्यो,’ चन्द्रले सम्झे, ‘त्यसपछि सांस्कृतिक कार्यक्रम हुन्थ्यो, म मादल बजाउने भूमिकामा रहन्थे ।’ उनले आफू अध्ययनरत विद्यालयमा मादलको ताल दिए नै, १० वर्षकै हुँदा विद्यालयमा मात्रै होइन, जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा पनि वाद्यबाधनका लागि निम्ता आउन थालिसकेको थियो ।
‘१२ वर्षकै हुँदा नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘लोकमञ्जरी’मा वाद्यबाधनमा सहभागी बने । मेरो जिम्मेवारी थियो, मादल बनाउने,’ उनले विगत सम्झँदै भने, ‘त्यही कार्यक्रमले मलाई देशभर चिनायो ।’ तत्कालीन समयमा राजा र रानीको जन्मोत्सवलाई भव्य पर्वका रुपमा मनाइन्थ्यो । रानी ऐश्वर्या शाहको जन्मोत्सवमा नाचगानसहितको सांस्कृतिक कार्यक्रम हुन्थ्यो भने राजा वीरेन्द्र शाहको जन्मोत्सवमा विविध सांस्कृतिक कार्यक्रम हुन्थे । चन्द्र मन्दिरको समूह रानी ऐश्वर्याको जन्मोत्सवमा सहभागिता जनाउँथ्यो ।
‘गीत, वाद्यबाधन र नृत्यका लागि प्रख्यात छ सुर्खेतको बागीना समूह । त्यहीँ बागीना समूहले २०५६ सालमा सुर्खेतमा महोत्सवको आयोजना गर्यो,’ उनले भने, ‘पहिलो पटक नृत्यका लागि मैले मञ्च पाएको थिएँ ।’ उनका लागि त्यहीँ मञ्च थियो, जहाँबाट उनी कहिल्यै पछि फर्केर हेर्नुपरेको छैन । ‘त्यतिबेला सुनिलदत्त रेग्मीले नृत्य सिकाउनुहुन्थ्यो,’ उनले भने, ‘मेरो क्षमता र प्रतिभालाई उहाँले चिन्नुभयो र महोत्सवमा नाच्ने अवसर दिनुभयो ।’
२०५९ सालमा राष्ट्रिय एकल नृत्य प्रतियोगितामा जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय एकल नृत्य प्रतियोगितामा सहभागी बने । सुर्खेती झ्याउरे देशैभर परिचित छ । जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा पुगेका चन्द्रले ‘सलल बगेको भेरी नदी उर्लँदै कर्णालीमा भेल’ बोलको गीतमा नृत्य गरे । देशभरका प्रतिष्पर्धीलाई उछिन्दै उनी नेपाल प्रथम भए । यो गीतमा उनी अहिले पनि नाच्ने गरेका छन् ।
बहुप्रतिभाका धनी चन्द्रको कलाकारिता उचाइमा पुग्दै थियो । उनलाई जागिरका अफरहरू पनि आउन थाले । सशस्त्र द्वन्द्वका बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा जागिर खान समस्या थिएन । २०५८ सालमा नेपाली सेनाले उनलाई जागिरको अफर दियो । उनको दरबन्दी पोखरामा पर्यो । तर, उनले त्यहाँ नजाने निधो गरे । ‘सुर्खेतै भए गर्थे होला, पोखरा जाँदा मेरो कलाकारितामा पूर्णविराम लाग्ने देखें,’ उनले भने, ‘जागिरभन्दा बढी कलाकारिताले तान्यो ।’
२०६० सालमा संघीय राजधानी काठमाडौं पसेका चन्द्र त्यहाँ ३ वर्ष बिताए । ‘मैले त्यो ३ वर्षमा त्यहाँ रहेका थुप्रै दोहोरी साँझमा काम गरें,’ उनले सम्झे, ‘२०६१ सालमा मैले सुनिमाया फिल्म खेल्ने अवसर पाए ।’
चर्चित गायक नारायण रायमाझीले उनलाई फिल्म खेल्न अफर गरेका थिए । सुनिमायासँगै उनले कसले बनायो माया र परीमा अभिनय गरे । काठमाडौंमै रहँदा उनले बबरमहलमा रहेको ‘सत्यवती कला केन्द्र’को नृत्य विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाले । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरे । नृत्य निर्देशन गरे । उतिबेला पूरै भिडियोमा नाँचेको ५० रुपैयाँ पाइन्थ्यो ।
उनी सिंगापुर, मलेसिया, थाइल्याण्ड, भारत लगायतका देशमा गएर आफ्नो कलाकारिता प्रस्तुत गरे । उनले नेपालको सुदूरका विकटदेखि पूर्वी क्षेत्रका सुगम जिल्लामा गएर आफ्नो प्रस्तुति देखाएका छन् । नेपालका विभिन्न ठाउँमा हुने महोत्सवमा सहभागी हुने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पा लगायतका ६७ जिल्लामा चन्द्र मन्दिर पुगिसकेका छन् ।
२०६९ सालबाट लोकदोहोरी प्रतिष्ठान सुर्खेत शाखाको नृत्य विभाग प्रमुख भएर नृत्य सिकाउने काम गरिरहेका छन् । हाल उनी म्यूजिक भिडियोमा निर्देशकको भूमिका खेल्दै आएका छन् । आजसम्म उनले १ हजार बढी भिडियोको निर्देशन गरेका छन् । यो क्षेत्रमा मात्रै होइन, विदेशमा हुने कार्यक्रममा पनि उनको माग बढ्दो छ ।
अक्सर मानिसको जीवनमा सानो होस् वा ठूलो दुःखद क्षण आइलागेकै हुन्छ । चन्द्र मन्दिरको जीवनमा पनि ठूलो दुःखको क्षण आयो । २०६३ सालको अन्त्यतिर उनी काठमाडौंबाट सुर्खेत फर्के । घर आइसकेपछि घाँस काट्न रुख चढेका बेला उनी रुखबाट खसे र ढाडको जोर्नी फुस्कियो । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचार गराएका उनी ५२ दिनसम्म ओछ्यानमै थलिए ।
‘आफू बिरामी भएकोभन्दा पनि मेरो कलाकारिता नै धरापमा पर्ने हो कि भन्ने चिन्ता थियो,’ उनले भने, ‘धन्न अहिले केही पनि भएन ।’ आफ्नो आँट र शुभचिन्तक, परिवारको सहयोगले आफू त्यो दुःखको क्षणबाट माथि उठेको उनी बताउँछन् ।
उनले समाजसेवामा पनि कदम राखेका छन् । साथीहरूको होस या आफ्नो जन्मदिनमा उनी सहयोग संकलन गरेर सामुदायिक विद्यालयमा अध्ययन गर्ने दूरदराजका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने गरेका छन् । सुर्खेतमा रहेका वृद्धाश्रमलाई देउसीभैली खेलेर आएको रकमले सहयोग गर्ने गरेका छन् । उनी भन्छन्, ‘आँखिर भोलि माथि जाँदा के नै लिएर जानु छ र, त्यसैले जे छ त्यो सबै बाँडौं, सेवा गरौं । त्यति भए जीवन आनन्ददायी हुन्छ ।’
उनले अब सरकारले कला क्षेत्रको सम्वद्र्धन गर्न ढिला गर्न नहुने बताउँछन् । ‘कर्णालीको पहिचान नै संस्कृति हो,’ उनले भने, ‘यो बहुमुल्य संस्कृति बचाउन सके हाम्रो प्रदेश अन्य प्रदेशको तुलनमा समृद्ध बन्छ ।’ उसो त कर्णाली प्रदेश सरकारले कला, साहित्य संरक्षण र प्रवद्र्धनका लागि नीति, कार्यक्रम र बजेट ल्याएको छ ।
‘ती नीति तथा कार्यक्रम र बजेट खर्च गर्दा यहाँका विज्ञ कलाकारलाई राखेर सरकारले गर्दा उपयुक्त होला,’ उनले भने, ‘त्यसो गर्दा अन्य क्षेत्रका भन्दा कला क्षेत्रका व्यक्तिलाई बढी ज्ञान हुन्छ र सरकारको योजना सफल हुन्छ ।’
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...