×

NMB BANK
NIC ASIA

छ हजारभन्दा बढी डाक्टरले मेडिकल काउन्सिललाई फिर्ता गरे लाइसेन्स !

भदौ १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल चिकित्सक संघको अगुवाइमा ६ हजारभन्दा बढी चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिललाई प्रमाण पत्र फिर्ता गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठलगायतको चिकित्सक टोलीले संघमा जम्मा भएका ६ हजारभन्दा बढी डाक्टरको (लाइसेन्स) काउन्सिलका उपाध्यक्ष डा. नारायणविक्रम थापालाई बुझाएका हुन् । चिकित्सकहरूले मुलुकी अपराध संहितामा रहेको इजलाससम्बन्धी कसुरमा चिकित्सकलाई अपराधीको संज्ञा दिइएको भन्दै ऐन संशोधनको माग गर्दै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघले मुलुकी अपराध संहिता ऐन लागू भएको दिन यही भदौ १ गतेदेखि देशभरका चिकित्सकको प्रमाणपत्र संकलन शुरू गरेको थियो । 


Advertisment
Nabil box
Kumari

नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपराधीको शैलीमा व्यवहार गर्ने ऐन ल्याइएको भन्दै यसले बिरामीको सहज उपचार सेवामा कठिनाइ हुने संघले सरकारको ध्यानाकर्षण गराएको थियो ।

Vianet communication
Laxmi Bank

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट मिति साउन ३१ गते विज्ञप्तीमार्फत् विवादित दफा तथा उपदफाहरू संशोधन गर्ने प्रतिबद्धता गरेपछि संघले १ गते आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।

सरकारले प्रतिबद्धता जनाए पनि संशोधन प्रक्रिया अगाडि नबढाएकाले देशभरका चिकित्सकको प्रमाणपत्र काउन्सिललाई बुझाएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले लोकान्तरलाई बताए । 

‘हामीले बिहानको आन्दोलन सकेर काउन्सिमा नै गएर देशभरबाट जम्मा भएको ६ हजारभन्दा बढी लाइसेन्स बुझाइसकेका छौं, डाक्टरहरूको लाइसेन्स संकलन हुने क्रम अझै जारी छ,’ अध्यक्ष डा. श्रेष्ठले भने, ‘बिहीवारसम्ममा पनि सरकारले ऐन संशोधनको प्रक्रिया अगाडि बढाएन भने शुक्रबारबाट लाइसेन्स खारेज हुन्छ । हामी काम गर्दैनौं ।’

आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।

संघले माइतीघरबाट बानेश्वरसम्म विरोध र्‍याली समेत निकालेको थियो । र्‍यालीमा डा. गोविन्द केसी, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेलगायत टिचिङ, वीर, नर्भिक, ग्राण्डी लगायतका निजी तथा सरकारी अस्पतालका चिकित्सक सहभागी थिए ।

सेवा नै बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि बिरामीहरू भने मर्कामा परेका छन् । 

यस्तो छ आन्दोलनको कार्यक्रम :

१८ गते देशभरका स्वास्थ्य संस्थामा प्रशासनिक काम बन्द गर्ने । 
१९ गतेदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने ।
२० गतेदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरू बन्द गर्ने । 
२१ गतेदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरू बन्द गर्ने ।
२२ गतेदेखि आकस्मिक बाहेकका ओपीडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा संघका मागहरू सम्बोधन नभएसम्म बन्द गर्ने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x