×

NMB BANK
NIC ASIA

०१७ सालको स्मरण गर्दै नेकपाका नेताले भने– ‘ओली सरकारविरुद्ध सबै प्रकारका घेराबन्दी भयो’

भदौ १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सत्तारुढ घटक नेकपाका एक प्रभावशाली नेताले प्रधामनन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

Muktinath Bank

प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शून्य समयमा नेकपाका नेता खगराज अधिकारीले सरकार शान्तिसुरक्षा र अमनचयनका लागि क्रियाशील रहे पनि घेराबन्दी भएको दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज मलाई ०१७ पछिका घटना र उपद्रवको सम्झना भइरहेको छ, बीपी कोइरालाको सरकारविरुद्ध साधुसन्त महाराजहरूले समाजमा अनेकौं उपद्रव मच्चाउने र संसदमा गोरखा परिषद् टेकोपूर्ण गरिरहने, यही बहानामा महाराजले प्रजातन्त्र खोस्ने,’ सांसद अधिकारीले संसदमा भने, ‘इतिहास त्यही वृत्तमा दोहोरिन सक्दैन । तर त्यही प्रवृत्ति पुनरावृत्ति हुन सक्छ । सरकार आज शान्ति सुरक्षा र अमनचयनका लागि क्रियाशील छ । विकास निर्माणका लागि लागिरहेको छ । यसविरुद्ध सबै प्रकारका घेराबन्दी भइरहेको छ । सबै मिलेर पहिला गणतन्त्रलाई बलियो बनाऔं त्यसपछि परेड खेलौंला ।’


Advertisment
Nabil box
Kumari

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले मुलुकी फौजदारी संहिताविरुद्ध चिकित्सकहरूको आन्दोलन नाजायज भएको टिप्पणी गरे । ‘मुलुकी फौजदारी संहिता कसुरको विषयलाई लिएर आज मुलुकभर स्वास्थ्य सेवा बन्द गरिएको छ ।

Vianet communication
Laxmi Bank

जनता पीडामा छन्, चिलबिल अवस्थामा छन्, सरकारले संसदको सम्बन्धित समितिमा आफ्नो प्रतिबद्धता लिखित रूपमा दिएको सुनिएको छ,’ अधिकारीले संसदमा भने, ‘तर कानून मिच्न किन उद्धत बनाइँदैछ ? किन हजारौंको मृत्युको कारण बन्दैछन् स्वास्थ्यकर्मीहरू ? किन स्वास्थ्य मन्त्रालयले खाली रहेका १२ तहमा नियुक्तिको पहल गर्दैन ? किन हडतालका आयोजकहरूलाई स्वास्थ्य मन्त्रालयको तालाचाबी दिइँदैछ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x