×

NMB BANK
NIC ASIA

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।

Muktinath Bank

आरंग नेपालको आयोजनामा आगामी मंसिरको पहिलो हप्ता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो । आरंग नेपालको नेतृत्वमा कर्णाली प्रदेशको राजधानी, कला र रंगमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा ७ वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक महोत्सव आयोजना गरिएको आरंग नेपालका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेशको लोक नाट्य, लोक नाटक र अभिनयलाई विशेष टेवा पुर्याउने र देशभर रंगमञ्चीय गतिविधिको सन्देश दिन नाटक महोत्सवको आयोजना गरिएको वरिष्ठ रंगकर्मी गौतमको भनाई छ ।


Advertisment
Nabil box
Kumari

सांस्कृतिक संस्थान नेपालको प्रस्ताव र सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको महोत्सवको प्रभावकारी सञ्चालनका लागि गृहकार्य शुरू गरिएको गौतमले बताए । नाटक महोत्सवका लागि सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर लगायतले आर्थिक सहयोगको प्रतिवद्धता गरेको गौतमले बताए ।  राष्ट्रिय नाटक महोत्सव सञ्चालनमा करीब ५८ लाख रुपैयाँ अनुमानित खर्च हुने गौतमले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

१९ वटा उपसमिति गठन

कर्णालीको राजधानी सुर्खेतमा आयोजना हुने नाटक महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमको नाटक महोत्सवको सयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

महोत्सव सफल बनाउन विभिन्न १९ वटा उपसमिति गठन गरिएको छ । प्रेमदेव गिरीको संयोजकत्वमा सल्लाहकार उपसमिति, यामनारायण आचार्यको संयोजकत्वमा रंगमञ्च व्यवस्थापन, प्रकाश पौडेलको संयोजकत्वमा पाण्डुलिपि छनौट तथा समन्वय, ललित भट्टराईको संयोजकत्वमा आर्थिक र भानुभक्त अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको आरंग नेपालका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए ।

गौतमका अनुसार केशव ढकालको संयोजकत्वमा कार्यशाला गोष्ठी, उत्तम शर्माको संयोजकत्वमा दर्शक व्यवस्थापन, माया थापाको संयोजकत्वमा अतिथि सत्कार, अकवर खानको संयोजकत्वमा यातायात तथा आवास, अशोककुमार सिंहको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

दिपक नेपालीको संयोजकत्वमा प्राविधिक, खड्गबहादुर चन्दको संयोजकत्वमा झाँकी व्यवस्थापन, सुरेन्द्र गिरीको संयोजकत्वमा अभिलेखीकरण, सविता कोइरालाको संयोजकत्वमा भेषभुषा शृंगार, विशाल ढकालको संयोजकत्वमा प्रायोजन व्यवस्थापक, खुमलाल न्यौपानेको संयोजकत्वमा पुरस्कार तथा सम्मान र तिलक पौडेलको संयोजकत्वमा सामग्री उत्पादन उपसमिति गठन गरिएको छ । 

७० जना रंगकर्मीको सहभागिता हुने

प्रतियोगिताका लागि देशभरका नाट्य संस्थाबाट खुलारुपमा दरखास्त आह्वान गरिने पाण्डुलिपि छनौट तथा समन्वय उपसमितिका संयोजक प्रकाश पौडेलले बताए । उनका अनुसार महोत्सवमा सहभागी हुन चाहने नाट्य संस्थाले नाटकको पाण्डुलिपि र भिडियो श्रव्यदृश्य नमूना विद्युतीय माध्यमबाट पठाउने छन् ।

संकलित आकांक्षी मध्येबाट प्रत्येक प्रदेशबाट एउटा नाटक पर्ने गरी छनोट गरिने छ । प्रतियोगिताका लागि छनौट भएका ७ वटा र एउटा अप्रतियोगी गरी ८ वटा नाटक कम्तिमा दिनको २ वटा नाटकका दरले दिनसम्म प्रदर्शन गरिने छ ।

महोत्सवमा देशभरबाट ७० जना रंगकर्मीको सहभागिता रहने छ । देशभरका नाट्य संस्थाले फरक–फरक परिवेशका नाटक प्रदर्शन गर्ने पौडेलले बताए ।

प्रतियोगितामा सामेल भएका नाटक मध्यबाट प्रथम, द्वितीय र तृतीय छनौट गरी आकर्षक पुरस्कार तथा उत्कृष्ट नायक उत्कृष्ट नायिका र उत्कृष्ट निर्देशकलाई समेत पुरस्कृत गरिने छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकको उपस्थितिमा नाट्य कर्म, रंगमञ्चीय ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यशालाको पनि आयोजना गरिने पौडेलले जानकारी दिए । 

उनका अनुसार सुर्खेतमा सुविधा सम्पन्न रंगमञ्च नभए पनि अस्थायी रुपमा सुविधासम्पन्न रंगमञ्चको निर्माण गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x