माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडौं – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा बेहोरेको ‘लज्जास्पद’ पराजयका कारण राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको भूमिका खुम्चिएको छ ।
सदनमा प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको कांग्रेस रचनात्मकभन्दा लाचार प्रतिपक्षको रूपमा प्रस्तुत भइरहेको छ ।
सदनमा खास प्रतिपक्ष कोही छ भने नेपाल मजदूर किसान पार्टी छ । संवैधानिक रूपमा प्रमुख प्रतिपक्षको हैसियतमा रहे पनि कांग्रेसको भूमिका प्रतिपक्षको जस्तो छैन ।
सदनमा जनताका आवाज बुलन्द गर्नभन्दा पनि संसदीय समितिको सभापति, संवैधानिक आयोगमा नियुक्तिको भाग खोजेर उसले आफूलाई सत्तारुढकै कित्तामा धकेल्न खोज्दैछ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६५ सांसद छन् । उनीहरूमध्ये अधिकांशको काम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गएर हाजिर गर्ने, सरकारी भत्ता र खाना पचाउनेमै सीमित छ । प्रमुख प्रतिपक्षमा भएर पनि उनीहरू जनजीविकाको कुरा उठाउँदैनन् । उनीहरूलाई बोल्नका लागि या डा. गोविन्द केसी अनशन बस्नुपर्छ, या त सभामुख र उपसभामुखमध्ये एकले पद छाड्नुपर्ने निहुँ चाहिन्छ ।
भ्रष्टाचार, महंगी, कर आतंक र कुशासनले जनता आक्रान्त छन् । राजधानी काठमाडौं शहर एकछिनमा पोखरी बन्छ, एकछिनमा धूलोले कुइरीमण्डल हुन्छ । देशभर विकास निर्माणका काम अवरुद्ध छन् ।
वैदेशिक रोगजारीमा जाने युवा पाइलापाइलामा ठगिएका छन्, तर यो कुराले कांग्रेसलाई पोल्दैन ।
पार्टीको नेतृत्वमा टिकिराख्ने र नेतृत्वमा कसरी पुग्ने भन्ने होडले देशको अग्रणी पार्टी थलिएको छ । कांग्रेसको यो बेहाल देख्दा स्वर्गमा बीपी, जीपी (गिरिजाप्रसाद), गणेशमान र किसुनजीहरू कति दुःखी होलान् ।
लामो इतिहास बोकेको कांग्रेसको यो भद्रगोल र अव्यवस्था सरकारलाई खबरदारी गर्ने हैसियतको पनि छैन ।
कांग्रेसकै तेस्रो तहका युवा नेताहरूको विचारमा पहिलो र दोस्रो तहको नेतृत्व थकित छ, श्यामश्वेत माइन्डसेटको हजुरबुवा पुस्ताको नेतृत्वले अहिलेको डिजिटल युगको भावना बुझ्न नसक्ने उनीहरूको टिप्पणी छ ।
नेतृत्व डेट एक्सपायर भयो भन्ने जान्दाजान्दै पनि तेस्रो पुस्ताले हस्तक्षेप गर्न सकेको छैन ।
सिंगो सदनभित्र कांग्रेस आफैंमा लाचार र कमजोर प्रतिपक्ष देखिएको छ । तर कांग्रेसभित्रका केही सांसदहरूले भने उसको शाख जोगाउन भरमग्दुर प्रयत्न गरेको देखिन्छ ।
पुगनपुग एक दर्जनको हाराहारीमा कांग्रेस सांसदहरूले सदनमा भूमिका खेलिरहेका छन् ।
गगन थापा
आफ्नो वाक क्षमता र प्रस्तुतीका कारण केन्द्रीय सदस्य गगन थापाले संसदमा प्रतिपक्षको उपस्थितिलाई जीवन्त तुल्याएका छन् ।
नेकपा नेतृत्वको सरकारप्रति गगनले संसदमा गरेका चोटिला प्रश्न र प्रहारको जवाफ स्वयं प्रधानमन्त्री केपी ओलीले पटक–पटक दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा गरिएको अतिरिक्त सम्मानप्रति कटाक्ष गर्दै गगनले प्रश्न गरे– ‘सम्माननीय प्रधानमन्त्रीज्यूको घुँडामा भ्वाङ त परेन ?’ । जुन कुराको ओलीले जवाफ दिनुपर्यो ।
डा. गोविन्द केसीको माग र मेडिकल माफियाको सन्दर्भमा सदनमा उनले उस्तै चोटिलो प्रहार गरे ।
बिमस्टेक सम्मेलनका सन्दर्भमा काठमाडौंका सडकको दूरावस्थादेखि लिएर सरकारको कामकारवाहीका सम्बन्धमा सदनमा आवाज उठाए ।
प्रधानमन्त्रीले अघिल्ला सरकारका कारण काम गर्न असहज भएको भनेर सदनमा भाषण गर्दा गगनले स्वयं ओली र उनका को– पाइलट (प्रचण्ड)ले संविधान निर्माणपछिको ७५ प्रतिशत समय सरकारको नेतृत्व गरेको सम्झाए ।
जसको तार्किक जवाफ नहुँदा प्रधानमन्त्री ओलीले क्याल्कुलेटरको प्रसंग निकाल्दै उम्किनुपरेको थियो ।
जे होस् हरेक विषयवस्तु राख्दा उनले तर्कसंगत र सरकार तथा सदनको ध्यानाकर्षण गराउने गरी बोलिरहेका छन् ।
लामो भाषण होइन, एक मिनेटको शून्य समयमा पनि सरकारलाई झस्काउन सकिन्छ भन्ने मान्यता उनले स्थापित गरिदिएका छन् ।
डा. मीनेन्द्र रिजाल
डा. मीनेन्द्र रिजालले संसदमा यसपटक राम्रो भूमिका खेलेको देखिन्छ । अर्थमन्त्रीले देशको ढुकुटी रित्तिएको भनेर सरकारले जारी गरेको श्वेतपत्रको विरोधमा उनले सदनमा तथ्य र तर्कपूर्ण कुरा राखे ।
संसदको विशेष समय तथा प्रधानमन्त्री र मन्त्रीहरूलाई खरो प्रश्न गरेर उनले प्रतिपक्षी धर्मनिर्वाह गरिरहेका छन् । बुधवार पनि उनले प्रधानमन्त्री ओलीलाई तीखो प्रश्न सोधे— ‘नेपाली जनताले आम निर्वाचनमा मित्रराष्ट्रको प्रधामनन्त्रीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने प्रधानमन्त्री बनाएका थिए, अब बताइदिनुहुन्छ होला नि, किन मिलिट्री एक्सरसाइज आवश्यक भयो, बहुपक्षीय र आर्थिक सहयोग बढाउनका लागि ?’
केही समय पहिले उनले सत्तापक्षप्रति कटाक्ष गरेका थिए, ‘प्रतिपक्षले प्रश्न सोद्धा सत्ताका माननीयलाई असैह्य होला, हुन त कांग्रेसको उपस्थिति नै पच्न छाडेको छ । कांग्रेस कहिले जाला भनेर माला फिँजाउन थालिएको छ,’ रिजालले संसदमा भने, ‘संसदमा हाम्रो उपस्थिति जत्रो होला, हामी संसद छाडेर जाँदैनौ । सरकारलाई जनताप्रति उत्तरदायी बनाउँछौं ।’
संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई सरकारले विमानस्थलबाट दुर्व्यवहार गरेको विरोध गर्दा उनले प्रधामनन्त्रीलाई रोबर्ट मुगावे पथमा नलाग्न चेतावनी दिए ।
सञ्जय गौतम
नेकपाका हेभीवेट नेता (वामदेव गौतम)लाई पराजित गरेर चर्चामा आएका सञ्जय गौतमले पनि संसदीय गतिविधिमा आफूलाई सक्रिय बनाएका छन् । उनले सदनमा कयौंपटक सरकारको ध्यानाकर्षण गराएका छन् ।
केही दिन पहिले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा तपाईंलाई लाज लाग्दैन भनेर सोधे ।
जवाफमा ओलीले— ‘लाज लाग्छ नि, यस्ता प्रश्न सोध्ने माननीयहरू देख्दा किन नलाग्नु !’ भन्ने जवाफ फर्काए । प्रतिनिधिसभामा लामो समयपछि शुरू गरिएको मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको पहिलो दिनमै उनले शैक्षिण प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा सरकारको तयारी कहाँ पुगेको छ भनेर पहिलो प्रश्न गरेका थिए ।
भरत शाह
रूपन्देहीबाट निर्वाचित भरत शाहले पनि संसदमा आफ्नो भूमिका देखाएका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेट पारित गर्ने विषयमा उनले महंगी बढेको भनेर प्रधामनन्त्री ओलीसँग प्रश्न सोधे । ओलीको जवाफ थियो— ‘हाम्रो पालामा ९० रुपैयाँ तोला सुन र ५० पैसा मानो घ्यू थियो।’ तर पनि उनले सदनमा प्रश्न गर्न छाडेका छैनन् ।
बुधवार मात्र सरकारलाई कटाक्ष गरे— ‘प्रधानमन्त्रीले बिमस्टेक सम्मेलनले नेपालको सामर्थ्य बढेको बताउनुभयो, सडक नबन्दा विदेशी पाहुनालाई गोकर्णमा रिट्रीट गराउन सकिएन भौतिक योजना मन्त्रालयको सामर्थ्य देखियो । राष्ट्रिय सभामा सम्मेलन गर्न सकिएन, सुरक्षाको सामर्थ्य देखियो ।’
अमरेशकुमार सिंह
अन्टसन्ट बोले पनि अमरेशकुमार सिंहले पनि यसपटक सदनमा आफ्नो भूमिका देखाएका छन् । संसदको शून्य र विशेष समयमा अमरेसले सरकारको ध्यानाकर्षण गर्ने कुरा उठाएका छन् ।
स्थानीय तहले कर बढाएको विषय सदनमा बोल्ने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद ओली’ भन्न लागे भनेर टिप्पणी गरे । सत्तारुढ दलका सांसदले जवाफ फर्काउने मात्र होइन स्वयं प्रधानमन्त्री ओलीले पनि आफूलाई करप्रसाद ओली भन्न थालेको भनेर गुनासो गरे ।
‘सार्क टेकअफ हुँदैन, बिमस्टेक हुन्छ किन ? कहीँ यो सैनिक अभ्यासले देश सैनिकीकरणतर्फ जाने त होइन ? किनकी सार्क र बिमस्टेकका सदस्य राष्ट्रमा सैनिकीकरण भएको छ । कतै डेमोक्रेसी खतरमा पार्ने सैनिकीकरणमा जाने फड्को मारेको त होइन ?’ अमरेशको प्रश्न थियो ।
प्रकाश रसाइली
पहिलो पटक संसदमा आएका प्रकाश रसाइलीले पनि सदनमा प्रतिपक्ष रहेको आभास देखाउँछन कहिलेकाहीँ उखान टुक्का मार्फत् ।
‘प्रचण्डले गृहमन्त्रीलाई सिंघम नबन्न भन्नुभएछ, तर जनताहरू गृहमन्त्रीलाई सिंघम होइन, डन भन्न थाले,’ उनले केही समय पहिले सदनमा भने । स्थानीय तहले कर बढाएको विषयमा सरकारप्रति कटाक्ष गर्दै ‘सक्ने भए सरकारले भुस्याहा कुकुरको मालिक पत्ता लगाएर भएपनि कर लगाउँथ्यो’ भनेर व्यंग्य गरे ।
२०७० सालको चुनावमा काठमाडौंमा प्रचण्डलाई पराजित गरेका राजेन्द्र केसी, अछामका सांसद रामबहादुर विष्ट लगायतले पनि सदनमा आफ्नो भूमिका देखाएका छन् ।
मीना सुब्बा
कांग्रेसका महिला सांसदमा पुष्पा भुसाल, उमा रेग्मी र मीना सुब्बाले पनि सदनमा भूमिका देखाएका छन् ।
‘बेलायती राजकुमार ह्यारीले जब गोर्खा सैनिकसँग हुन्छु, संसारकै सुरक्षित स्थलमा बसेको महसुस हुन्छ, भनेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमको वार्ताको सुरक्षाका लागि गोर्खा सैनिक आवश्यक महसुस गरिएको थियो । नेपालले भारतलाई मित्रराष्ट्र मात्र नभएर छिमेकको दाजुभाइको व्यवहार गरेको छ । भारतीय प्रम आउँदा नेपाली सेनाप्रति उपेक्षित व्यवहार किन जवाफ पाउँ ?’ यसरी सुब्बाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरिन् ।
दीलेन्द्र बडू
प्रतिपक्ष छ भन्ने देखाउन दीलेन्द्र बडूले पनि यसपटक सदनमा प्रभावकारी भूमिका खेलेको देखिन्छ । प्रधानमनत्री ओलीको छिमेक भ्रमणको पूर्वसन्ध्यामा बडूले लिपुलेकको विषयमा कुरा उठाउनुहुन्छ ? भनेर प्रश्न गरे ।
उनले डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव ल्याउने अगुवाइ गरे । सदनमा संकल्प प्रस्ताव र जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव ल्याएर छलफल गराउन सक्नु सांसदको खुबी पनि हो ।
दोस्रो र पछिल्ला बेञ्चमा बस्ने सांसदहरूले प्रभावकारी भूमिका खेले पनि फ्रन्टमा बस्ने कांग्रेस नेताहरू संसदमा खासै जमेका छैनन् ।
कांग्रेस सभापति एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले एकदुई पटक लिखित सम्बोधन गरेपनि उनले जोडदार भाषण गरेका छैनन् ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर उनले केही दिन पहिले सदनमा लिखित भाषण गरे । सरकारले न्यायालयलाई कमजोर बनाउने काम गरेको भन्दै उनले सरकारको आलोचना गरेका थिए ।
पार्टीको नेतृत्वको दाबी गरिरहेका महामन्त्री शंशाक कोइरालाले खासै प्रभाव छाड्न सकेका छैनन भने पहिलो बेञ्चमा बस्ने प्रकाशमान सिंह र विजयकुमार गच्छदारहरू पनि प्रभावहीन देखिएका छन् ।
बौद्धिक बहस गर्ने प्रदीप गिरीमा पनि बुढ्यौलीको प्रभाव परेजस्तो देखिन्छ, यसपटक ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...