×

NMB BANK
NIC ASIA

जनकपुरधाम – नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बस सेवा सञ्चालनमा नआएपनि जनकपुर पटनासम्म बस सेवा सञ्चालन हुने भएको छ ।

Muktinath Bank

२ नम्बर प्रदेश राजधानी जनकपुरधाम र भारत बिहारको राजधानी पटनासम्म नेपाल–भारत मैत्री बस सेवा सञ्चालन हुन गइरहेको छ । नेपाल–भारत सरकारबीच सन् २०१४ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा नेपालका विभिन्न शहरदेखि भारतका विभिन्न शहरमा सिधा मैत्री बस सञ्चालन हुने गरी विभिन्न रुटमध्ये जनकपुर पटनाको रुट पनि स्वीकृत भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्कमा भएको सम्झौता भर्खरै सम्पन्न बिमस्टेकको बैठकमा लागू हुने कुरा भए अनुसार नेपालको काठमाडौंका मञ्जुश्री यातायात प्रालिले चार वटा बस सेवा सञ्चालनका लागि रुट परमिट पाएको चौधरीले बताए । यातायात समितिले आउँदो भदौ ३१ गतेदेखि जनकपुर अञ्चल बस व्यवसायी संघको सहकार्यमा बस सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको चौधरीले बताए ।


Advertisment
Nabil box
Kumari

भारतको बिहार राज्यका चार वटा सरकारी बस र नेपालका मञ्जुश्री  यातायात समितिले चार वटा बस सञ्चालनका लागि नेपाल र भारत सरकारबाट रुट परमिट लिएको उनले बताए । दैनिक चार–चार वटा बस सेवा सञ्चालनमा ल्याउने रुट परमिट अनुसार सूचीकृत र पञ्जीकृत भएको भएपनि शुरूमा जनकपुरबाट पटनाका लागि एउटा र पटनाबाट जनकपुरका लागि एउटा गरी दिनहुँ एक–एक वटा बस मात्र सञ्चालनमा आउने चौधरीले बताए ।

Vianet communication
Laxmi Bank

भदौ ३१ गते प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र भारतको बिहार सरकारका सरकारी अधिकारीले बसलाई हरियो झण्डा देखाएर सञ्चालनमा ल्याउने तयारी भएको चौधरीले लोकान्तरलाई बताए । जनकपुरधामदेखि पटनासम्म २ सय ४ किलोमिटर दूरी रहेको जनाइएको छ । करीब चारदेखि पाँच घण्टामा जनकपुरदेखि पटनासम्म यात्रा गर्न सकिने छ ।

यसअघि विगतमा भारतको जयनगरदेखि धनुषाको जनकपुरधामसम्म रेल सेवा सञ्चालनमा हुँदा पनि बस सेवामार्फत् नेपाल र भारत जोडिएका थिएनन् । पटना जान जनकपुरधामका यात्रुले भारत बिहारको भिठ्ठामोड, जयनगर वा पिपरौण हुँदै जानुपर्ने अवस्था रहेको थियो । तर, अब जनकपुरबाट सोझै पटनासम्म आवागमन हुने हुँदा लाखौं नागरिकले लाभ उठाउन सक्ने चौधरीले बताए ।

जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीका अनुसार सार्क शिखर सम्मेलनमा गरिएको नेपाल र भारत सरकारबीच सम्झौता अनुसार नै जनकपुरदेखि पटनासम्म बस सेवा सञ्चालनमा आउन लागेको हो ।

जनकपुर–अयोध्या बस घोषणामै सीमित

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा देखाएर शुरू गरिएको जनकपुर अयोध्या बस सेवा पुनः सञ्चालनमा आउन सकेको छैन । एक पटक उद्घाटन गर्दा बस सेवा चलेर बन्द भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले बैशाख २८ गते हरियो झन्डा देखाएर बस सेवाको आरम्भ गरेका थिए ।

जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक पर्यटन मार्गमा जोड्ने भनी प्रचारित बस सेवा प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हाललाई रोकिएको छ । मोदी आएका दिन जनकपुरधामबाट अयोध्याका लागि दुई वटा बस गएका थिए । जनकपुरबाट अयोध्या गएका दुई वटै बस फर्केपछि बस सञ्चालन भएको छैन ।

जनकपुर–अयोध्या बस सेवा स्थायी रूपमा सञ्चालन गर्न पूरा गर्नुपर्ने औपचारिक प्रक्रिया धेरै नै बाँकी रहेको मन्त्रालयका सचिव जिबछ मण्डलले बताए । ‘रामायण सर्किट’ अन्तर्गत राम र सीताको चरण परेका स्थललाई जोड्ने क्रममा सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन हुने बताइएको थियो । जनकपुरधामबाट भारतको सीतामढी हुँदै अयोध्या जान बस यात्रामा करीब १२ घण्टा लाग्छ ।

सीतामढी भएर अयोध्यासम्म यात्रा गर्न ५ सय ४४ किलोमिटरको यात्रा गर्नुपर्छ । बसको भाडा, बस रोकिने स्थल, बस सेवा नेपाली अथवा भारतीय कुन कम्पनीले सञ्चालन गर्ने लगायतका प्राविधिक निर्णय भइसकेका छैनन् । नेपाल र भारतका २ चर्चित धार्मिक नगरबीच नियमित रूपमा बस सेवा सञ्चालन भएमा तीर्थालू र धार्मिक पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x