साउन १, २०८०
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
दक्षिणको छिमेकी देशमा त्यहाँको सर्वोच्च न्यायिक निकायले बिहीवार सामाजिक महत्त्वको एउटा त्यस्तो ऐनको प्रावधानलाई खारेज गरेको छ जुन ऐन अङ्ग्रेजले आफ्नो उपनिवेश इण्डियामा लागू गरेको थियो । चर्चित ‘इण्डियन पेनल कोड’ को ३७७ धारामा अङ्ग्रेजले इण्डिया छोड्दाको ऐनकै प्रावधान कायम थिए । भर्खर खारेज भएको यो प्रावधान अन्तर्गत अब उप्रान्त समलिङ्गी यौनसम्पर्करसंसर्ग अपराध नठहरिने भएको छ । यतिञ्जेल त्यो कार्य अपराध मानिएको थियो । यस्तो कानूनी व्यवस्था बेलायतमा वर्षौंअघि हटिसकेको छ, तर स्वतन्त्रता पाइसकेको इण्डियाले किन ७० वर्षसम्म कायम राख्यो त्यसबारे इण्डियाकै मानिस आश्चर्यमा देखिन्छन् । जे होस्, समलिङ्गी यौनको वकालतमा लागेका मानिसहरू खुशीले नाचेका छन्, उनीहरूले आफूलाई सामाजिक क्रान्तिका अगुवा ठानेका छन् ।
प्रेसमा आएका विवरण पढ्दा अहिले पनि इण्डियामा धारा ३७७ नाबालिगसितको यौन र पशुकरणीसम्बन्धी सन्दर्भमा बहालै ९कायमै० छ । अर्थात् कतिपय मामिलामा अप्राकृतिक मैथुन अहिले पनि दण्डनीय अपराध नै रहेको छ । त्यसो हुनाले दुई वयस्क लोग्नेमानिस वा स्वास्नीमानिसले राजीखुशीमा एक-अर्कोसित राखेको शारीरिक संसर्गलाई अपराध नमान्ने अदालती फैसलाले बिहाबारी, सम्पत्तिको अधिकार लगायतका सबै कुरामा समानता स्थापित भइहाल्यो भन्न मिल्दैनस यो कुरा समलिङ्गी अभियानका अभियन्ताहरू नै स्वीकार गर्दैछन् । ती भन्छन्स्- यी मोर्चाहरूमा लडाञी लड्न बाँकी छ । तिनको यस कथनले नै वास्तविकतालाई इंगित गर्दछ ।
समाजको सामाजिक रूपान्तरण हुन लामो समय लाग्ने यथार्थप्रति आँखा चिम्लिन कसैले सकेको छैन । इण्डियामा हिन्दूत्वमा समर्पित दल सत्तामा छ र त्यहाँ अङ्ग्रेजी भाषामा हुने-गरिने अदालती लेखापढीको असर ग्रामीण तहसम्म पुग्न त्यसै पनि सजिलो छैन । अनि इण्डियामा नेपालमा जस्तो एन्जिओ र आइएन्जिओको बोलबाला पनि छैन । त्यसैले त्यहाँ धार्मिक ग्रन्थ र परम्पराले निर्देशित गरेका सदाचार औ मर्यादाका प्रचलन र मान्यता नेपालमा जस्तो छिटो-छिटो स्खलित हुने सम्भावना देखिँदैन ।
पूर्वीय समाज होस् वा पश्चिमी समाज, सामाजिक मूल्य-मान्यताको परिमार्जन आवश्यकता अनुरूप क्रमिक गतिमा हुन्छन् । समाजको एक अङ्ग आधुनिक हुँदैमा सम्पूर्ण समाज एकै फड्कोमा उत्तर-आधुनिक बन्न सक्दैन । अनि आज आधुनिक ठानिएको प्रचलन अर्को पुस्तामा पुग्दा पुरातन भइसकेको हुने वास्तविकतालाई पनि सबैले नियाल्नुपर्छ ।
प्रकृतिसम्मत मान्यता त्यागेर अप्राकृतिक बाटो समात्दा गन्तव्य हराउन बेर लाग्दैन । फलतस् दिशाविहीन भएर चालिएका पाइलाले दुर्घटना निम्त्याउन सक्छ । स्थापित तथ्य हो, आहारविहारको हिसाबले पशुसमान भए तापनि विवेक र बुद्धिले मानिसलाई सामाजिक प्राणी बनाएको हो । तर यिनै बुद्धि र विवेकको उपयोग नगर्ने भए मानिस र पशुबीच अन्तर रहनेछैन । परिवार र समाजप्रतिको दायित्व बिर्सेर आफ्नै मात्र सुख सुविधा खोज्ने-रोज्ने आत्मकेन्द्रित सोचले सामाजिक मान्यतालाई सही दिशामा गतिशील तुल्याउन गाह्रो पर्छ ।
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...