×

NMB BANK
NIC ASIA

नाटकमा जम्दै स्कूले विद्यार्थी, ‘अपवाद’ बाहेक सबै विद्यार्थी कलाकार

भदौ २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – नाटकमा हजुर आमाको भूमिका निर्वाह गर्दै आएकी निराशा ढुंगेल १२ कक्षामा पढ्छिन् । उनले नाटक पर्खाल र घर भित्रको अर्को घरमा आमाको भूमिका निर्वाह गरेकी छिन् ।

Muktinath Bank

नाटकमा हरेक आमाको भूमिका उनको जिम्मेवारीको विषय बन्ने गर्छ । तर, उनी उमेरले बल्ल १७ वर्षकी मात्र भएकी छिन् । विगत ३ वर्ष पहिलादेखि नाटकमा भित्रिएकी उनले नाटक घरमै ७ वटाभन्दा बढी अभिनय गरेकी छन् । नाटक घर बाहिरको नाटकको त कति हो कति कुरै नगरौ । उनले भनिन्, ‘यही नाटक घरमा बसेर पढ्दै नाटक सिक्दै आएकी हुँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनिषा बराल अहिले २१ वर्षकी भइन् । ७ कक्षादेखि नै नाटक गरेकी उनले अहिलेसम्म दर्जनौं नाटक गरिसकेकी छिन् । उनी नाटककै सिलसिलामा अहिलेसम्म विभिन्न देशमा समेत नाटक देखाउन पुगिसकेकी छिन् । अलि चुलबुले स्वभावकी मनिषालाई सधैं सानी नानीको भूमिका दिइन्छ । सानी कदकी भएकाले पनि उनको भूमिका बाल कलाकारको रुपमा वा साथीसंगीको रुपमा हुने गरेको छ ।


Advertisment
Nabil box
Kumari

झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पढ्दै गर्दा नाटक गर्न थालेकी उनले भारत र बंगलादेशमा नाटक देखाएकी थिइन् । उनले भनिन्, ‘७ कक्षा पढ्दादेखि नै भरत सरले नाटक गर्छौ ? भन्नुहुन्थ्यो, सरले सोध्दा हुन्छ भन्थें । त्यो बेला हामी ३ जना नाटक सिक्न गएका थियौं । नाटक घर नभएकाले हामीले भरत सर र राम सरकोे घरमा नाटक सिकेर गाउँमा देखाउन जान्थ्यौं ।’  उनी अहिले स्नातक तहमा पढ्दै आएकी छिन् ।

Vianet communication
Laxmi Bank

मनिषाकी साथी अनु श्रेष्ठले पनि नाटक गर्न थालेको ६ वर्ष बितिसकेको छ । उनी पनि माध्यमिक शिक्षामा आउँदादेखि नै नाटक गर्न थालेकी हुन् । अहिले उनले एकल नाटक गर्छिन् । एक्लो भूमिकामा २ घण्टासम्म लगातार नाटक देखाउन सक्ने आँट भएकी अनुले अहिले अन्य स्कूले विद्यार्थीलाई पनि नाट्य कला सिकाउँछिन् ।

यी कलाकारहरू ७ कक्षाको विद्यार्थी जीवनदेखि नै नाटकमा होमिएका हुन् । उनीहरू अहिले नाटकमा खारिसकेका छन् । तर, उनीहरूकै हाराहारीका धेरै स्कूले विद्यार्थी अहिले नाटकको मोहले तानिएर नाटक घरमा पुग्ने गरेका छन् । मोफसलमा मोरङको ग्रामथान गाउँपालिकामा रहेको झोराहाट नाट्य केन्द्र र विराटनगर महानगरपालिमा रहेको गुरुकूल नाटक घरमा नाटक हुने गरेको छ । यसरी नाटक देखाउन आउनेमा अधिकांश स्कूले विद्यार्थी नै खारिएर आएका कलाकारको रुपमा रहेका छन्  ।

विद्यार्थी सबै कलाकार

नाटकको स्वाद लिनको अधिकांश उमेर पुगेका नै आउँछन् । घरखेतीको काम सकेर फुर्सदमा रहेका किसान दाजुभाईको रोजाइमा पनि नाटक पर्छ । तर, यी सबैलाई रुवाउने र हसाउने सकै काम ११–१२ कक्षामा पढ्ने विद्यार्थीले गर्छन् । उनीहरू सहजै हाँस्छन्, अनि सहजै रोइदिन्छन् ।

यसरी नाटक देखाउनेमध्ये सुनिता कट्टेल र प्रदिप सरदार १२ कक्षामा पढ्छन् । उनले ७ वर्षदेखि नाटक खेल्दै आएका छन् । ६ कक्षादेखि नै स्कूलमा नाटक गर्दै आएका उनी पनि धेरै नाटक अभिनय गर्नेमा पर्छन् । उनी अहिले नाटक सिकाउने काम पनि गर्दै आएका छन् ।

सुरज माझी अहिले १९ वर्षका भए । उनी आजभन्दा ४ वर्ष अगाडिदेखि नियमित नाटक गर्दै आएका छन् । ९ कक्षामा नाटक गर्न थालेका उनले अहिले पनि नाटकलाई निरन्तरता दिँदै आएका छन् । उनी अहिले बीएडमा अध्ययनरत छन् । 

अनिल सरदार १६ वर्षका भए, उनी ११ कक्षामा अध्ययनरत छन् । अनिलले अहिलेसम्म ८ भन्दा बढी नाटक गरिसकेका छन् । विद्यार्थीहरू अर्जुन माझी, दिक्षा चौधरी, निराजन चौधरी, बिमल साम्बा, शिवकुमार बिष्ट,  अस्मिता चौधरी, यशोदा भट्टराई, सुनिलप्रसाद देवकोटा, खुसी शर्मा, कबिता पौडेल, अर्जुन चौधरी, प्रजिता श्रेष्ठ, एलिजा बराईली, टिकाराज लावती, रुपेश खतिवडा, नितेश गुरागाई, संजिव लुइँटेल, एमिसा दाहाल, कृतिका दाहाल, अनिल सरदार र विनोद राई नियमित नाटक गर्दै आएका छन् । जसमध्ये ४ जना कलाकार कक्षा ७ देखि १० मा अध्ययनरत छन् । उनीहरू साँझ नाटक देखाउँछन् र दिउँसो विद्यालय जान्छन् ।

मुना–मदनमा पनि विद्यार्थी कलाकार

विराटनगरबाट काठमाडौं गएर अहिले पछिल्लो समय चलेको नाटक भनेको मुना–मदन हो । मुनामदन सिल्पी थिएटरमा भदौ २६ गतेसम्म चल्ने नाटक हो । मुना–मदनमा पनि अधिकांश कलाकार विद्यार्थी छन् । १० जना कलाकारमध्ये ८ जना विद्यार्थी हुन् । संवित राई, बिना राई, एन्जन पौडेल, लकेश राई, सरिता ढुंगाना, मनाङ लावती, पवित्रा खड्का, सुष्मा निरौला विद्यार्थी हुन् । स्कूले जीवनमा नाटकको रसाश्वादन गरिरहँदा भविष्य नै अन्योलमा हुने हो कि भन्ने चिन्ता विद्यार्थी कलाकारमा देखिन्छ । 

विद्यार्थी कलाकार एन्जन पौडेलको पनि नाटकले पढाइमा असर पारिरहेको छ । उनको कक्षा २१ गतेदेखि शुरू भएको हो । तर, नाटकको कारण कुनै पनि कक्षामा उनी जान पाएकी छैनन् । उनी भन्छन्, ‘केही कुरा पाउनको लागि केही गुमाउनुपर्ने रहेछ । त्यही भएको हो ।’

उनको एउटा विषयको ‘ब्याक’ थियो । त्यो विषयको परीक्षा नदिएर उनी नाटकको स्वादमा काठमाडौं पुगेकी हुन् । नाटकमा केही अप्ठ्यारा पनि छन् । तर, त्यसलाई व्यवस्थापन गर्दै लगेको उनले सुनाइन् । 

कलाकारितामा आकर्षण

उमेर पुगेका कलाकार बिहे भएर वा कामको शिलशिलामा बाहिरिने क्रम बढेपछि नाटकलाई जोगाइराख्न विद्यालय अभियानमा नाटकका अभियन्ता लागेका हुन् । पछिल्लो समयमा हरेक विद्यालयमा नाटकको अभ्यास गराइन्छ ।

झोराहाट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाईले अहिले पनि मोरङका ५ स्थानमा ७५ जना विद्यार्थीलाई नाटकको बारेमा तालिम दिइरहेको बताए । नाटक भनेको अभ्यास भएकाले अभ्यासको माध्यमबाट विद्यार्थीलाई धेरै कुरा सिकाइने र उनीहरू नाटकप्रति आकर्षित हुनुले नै अहिले जमेर देखिएका कलाकार विद्यार्थी कलाकारको रुपमा देखिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x