×

NMB BANK
NIC ASIA

केही दिन अगाडी एउटा समाचार आयो, नेपालकै सबैभन्दा ठुलो तरकारी बजार मा सरकारी निकाय ले अनुगमन सुरु गर्‍यो अनी त्यहा भयका तरकारी बजार का ब्यापारीहरुले अनुगमन टोली लाई नियन्त्रणमा लियर केही घण्टा थुनेर बन्दक बनाए ।

Muktinath Bank

फेरि बल्खु स्थित तरकारी बजारमा पनि अनुगमन टोली लाई अबरोध को कोशिस गरियो ।   केही बर्ष अगाडि बुटवल का केही पसलहरुमा सरकारी अनुगमन टोलिको त्यहाका ब्यबसायी हरुले शसक्त प्रतिकार गरे र फेरी एक हप्ता अगाडी पनि त्यस्तै द्रिष्य देखियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवन को मुख्य बजार नारायणगढ को एउटा बस्त्रालय मा अनुगमन गर्ने क्रम मा कती ठुलो तोडफोड र दङ्गा भयो त्यस को प्रतक्षदर्शी म आँफै छु । 


Advertisment
Nabil box
Kumari

दिनहु बच्चा देखी बृद्द सम्म सबैले अनिबार्य उपभोग गर्ने दुधमा कोलिफर्म भेटिन्छ, पानीको जारमा कोलिफर्म लगायत पिउनै नमिल्ने अन्य तत्व र रसायन भेटिन्छ । 

Vianet communication
Laxmi Bank

पचासौ बर्ष देखी लाखौं जनताले रुचायको गुदपाक र पुस्टकारी उपभोग गर्न अयोग्य प्रमाणित हुन्छ । 

लाखौं जनताले यात्राका क्रममा खाना नखाई नहूने  राजमार्ग का होटेल अत्यन्तै फोहोर, दुसित र ढाड सेक्ने महङ्गा छन । 

 काठमान्डौ मा होटेल मा पाक्ने म:म र त्यस को भित्र राखिने भैंसीको मासु र त्यसको गुणस्तर को बारेमा पनि धेरै लाई जानकारी होला । 

चोक चोक मा ब्यापार गरिने ससेज र त्यस का पारखी लाई पनि शायद थाहा भयो होला ससेज कस्तो मासु बाट कसरी बन्दो रहेछ । यसै साता केही ससेज उत्पादक  उधोगमा गरियको अनुगमनमा पनि केही कम्पनिले गरेका उत्पादन गुणस्तर हिन र उत्पादन गर्ने ठाउँ, कच्चा पदार्थ अत्यन्त दुषित भेटियो ।

धेरै मानिसले मन पराउने र झन शाहाकारी को लागी सुद्द मानियका मिठाइ पसल बाट उत्पादित मिठाइ तथा अन्य खाध सामाग्री अत्यन्तै फोहोर, गुणस्तरहिन तेलको प्रयोग, अखाध रङको प्रयोग, बनस्पती घ्यु को अध्याधिक प्रयोग र समग्रमा मानब स्वास्थ लाई नकारात्मक प्रभाब पार्ने खालको भेटियो ।

तोरिको तेल मा झास र अन्य अखाध बस्तु मिसाइयको कारण केही तेल उत्पादन गर्ने कम्पनी बन्द पनि भय ।अनुगमन का क्रममा हालसालै प्रोबायोटेक कम्पनी द्वारा उत्पादित खाने तेल मा अत्याधिक मात्रामा फ्याट्टी एसिड भेटियकोले कम्पनी लाई सिल गरियो ।

 केही दिन अगाडि काठमान्डौ को एउटा पार्टी प्यालेस मा कुहियको मासु पकायर खुवायको रङ्गेहात भेटियो । 

खुर्सानी, बेसार अनी मसलाको धुलो मा काठको भुस देखी इट्टा को धुलो सम्म मिसायको पाइयो । 

 चामल, दाल, मसला, धान, गहु जस्ता दैनिक उपभोग्य सामान मा पनि केही न केही मिसावट अवस्य गरियको हुन्छ । 

बजार मा पाइने तरकारी किसान ले उत्पादन गरे देखी बजार मा बेच्ने बेला सम्म त्यस को फुल फुलाउन, बढाउन, ठुलो बनाउन देखी अन्तमा ताजा देखाउन को लागी कती चरण मा कती मात्रामा घातक बिषादी प्रयोग भय होला कल्पना सम्म गर्न सकिदैन । 

लाखौं मानिसको भान्सामा दिनहु पाक्ने मासुको अवस्था पनि उस्तै छ । ब्रोइलर कुखुराको चल्ला जन्मे देखी बजारमा छिट्टो पठाउन र थोरै दिनमा धेरै तौल बढाउन दीइने दाना र लगाइने इन्जेक्सन को अनुगमन कसले गरेको छ । 

 गाउ घर बाट बच्चा पाउन नसकेर तुहियको बाख्री ८/ १० दिनमानै मजाले बिक्री हुन्छ ।  बाख्राका पाठी, थारो बाख्री सबै फ्रेस हाउसमा शायद खसी कै रुपमा बिक्री हुन्छन होला । 

एउटा प्रकारको ट्रक हुन्छ जसलाई लाई गाउ घरको भाषामा रागे ट्रक भनिन्छ, हो त्यो रागे ट्रक मा एकै पटक मा कती वटा भैंसी अनी रागा कती    आमानबिय तरिकाले कोचेर काठमान्डौ पुर्याइन्छ अनी ति थकित, रोगी अनी बीमारी पशुको मासु हाम्रो भान्छामा पाक्ने कुरा हामीलाई हेक्का आउने कहिले ?

 नेपालमा लाखौं युबा बेरोजगार छन, करीब दिनकै एक हजार जना युबा बैदेसिक रोजगारिको लागी बिदेश उड्ने गर्दछन । सरकारले न्युनतम शुल्क निर्धारण पनि गरेको छ । नेपालमा कती मेनपावर होलान, तिनका शाखा कार्यालय कती होलान, एजेन्ट कती होलान, झोले एजेन्ट कती होलान ।अनी एउटा गाउको सोझो मानिस खाडीको पचास डिग्री घाममा बेल्चा हान्न जानका लागी  कती जना एजेन्ट सग कती पटक बेचियर कती लाख तिरेर खाडी पुग्छ होला, त्यस को आकडा को सग छ ?

नेपालमा बेला बेलामा घर जग्गा कारोबार फस्टाउने अनी सेलाउने गर्छ ।  एउटा ब्यक्तिको जग्गा किन्ने ग्राहक सम्म पुग्दा बिचमा कती जना दलाल संलग्न होलान अनी ती दलाल ले कती कमिसन खालान, जग्गा धनी ले कती रकम लियर जग्गा बेच्ला, मालपोत मा कतिको थैली देखायर सरकारलाइ राजस्व तिरियला र ती संलग्न दलाली हरुले पायको  कमिसन बापतको  रकमको सरकार सग कुनै लेखाजोखा होला वा ती दलाली ले सरकार लाई ट्याक्स तिर्लान ?

बेला बेलामा खबर सुन्ने गरिन्छ, मेडिकल काउन्सिल ले लियको परिक्षामा यती जना डक्टर अनुत्रिण ।कयौ जिल्ला अस्पतालमा डक्टर को दरबन्दी छ तर डक्टर उपस्थित हुँदैनन । 

गाउका कती पय स्वास्थ सस्था सहयोगी  को भरमा समेत चल्ने गर्छन । 

सरकारी अस्पतालका अधिकाम्स डक्टर का निजी क्लिनिक हुन्छन । अस्पतालमा नपायको गुणस्तरिय सेवा निजी क्लिनिक मा पाईन्छ । धेरै जस्तो निजी क्लिनिक र फार्मेसिहरुले जाच गरेको तथा औषधी खरिद गरेको रसिद पनि दिदैनन । एउटा डक्टर ले कुनै कम्पनिले उत्पादन गरेको औषधी को नाम तोकेर प्रेस्क्रिप्सन लेखिदिन्छन । 

पोर्तुगलको राजधानी लिस्बन स्थित शान्ता एपोलोनिया नजिकै हप्तामा २ पटक एउटा बजार लाग्ने गर्दछ । जुन बजारको नाम “ फेइरा दि लादरा ” हो । त्यस  बजारको बिशेषता के छ भने पोर्तुगल देशमा जहाँ सुकै जे सुकै सामान जती सुकै परीमाणमा किने पनि त्यस्को रसिस अनिबार्य छ यहाँ सम्मकी सार्वजनिक सौचालयमा पिसाब गरेको पनि बिल अनिबार्य हुन्छ । तर त्यो बजार मात्र एउटा त्यस्तो बजार हो जहाँ कुनै पनि कारोबारको बिल हुँदैन, वारेन्टी, ग्यारेन्टी केही हुँदैन । नियम अनुसारको सरकारलाइ कर पनि तिर्नु पर्दैन । त्यस बजारको नाम थाहा नभयका एसियन हरुले त्यो बजारलाइ “चोर बजार “ भन्ने गर्छन जहाँ सियो देखी अाइफोन  

टेन सम्मका सेकेण्ड हेन सामान पाइने गर्छ । क्रय शक्ती कम भयका ग्राहक लाई त्यो बजार बरदान जस्तै बनेको छ ।  ब्यापारी लाई पनि आनन्द, जहाँ बाट जस्तो सुकै सामान ल्यायर बेचे पनि, गुणस्तरहिन अनी सेकेण्ड हेन सामान बेचे पनि कसैले अनुगमन पनि नगर्ने, सरकारलाई ट्याक्स पनि तिर्नु नपर्ने, जती कमाउ सिधा गोजिमा हाल्न पाइने । त्यो भयर पनि होला त्यहा ग्राहक र ब्यापारी को ठुलो चहल पहल हुने गर्छ । 

एउटा पसल,होटेल वा अन्य कुनै ब्यवसाय खुल्छ अनी न कम्पनी रजिस्टार मा दर्ता न घरेलु, न भ्याट न प्यानमा । जती कमायो सिधै खल्तिमा । न दर्ता, न ट्याक्स, न अनुगमन, जोखिम शुन्य, सतप्रतिशत मुनाफा । 

हरेक ब्यक्तिले राज्यको निती नियम र ब्यबसायिक नैतिकता भित्र रहेर मात्र ब्यवसाय सन्चालन गर्नु पर्दछ । देशको प्रचलित कानुन र जनताको स्वास्थ जस्तो कुरामा खेलबाड गरेर नाफामुखी ब्यवसाय गर्नु कानुनी अपराध पनि हो । जब सरकार ले नियमन कारी निकाय अनुगमन गर्न आउछ भने स्वागत साथ अनुगमन गर्ने बातावरण  सिर्जना गरिदिनु पर्दछ । 

सरकारले   पनि नियम कानुन भन्दा बाहिर जाने र जनताको  स्वास्थ जस्तो सम्बेदनशील कुरामाथी खेलबाड गर्ने जो कोही लाई हदै सम्म को कानुनी कारबाही गर्नु पर्दछ र अन्जानमा वा सामान्य प्रकृयागत त्रुटी गर्ने लाई सुझाब सहित सुध्रने मौका दिनु पर्दछ । 

जुन देशको सरकारले अराजकता लाई प्रोत्शाहन गर्छ, घुसखोरी र कालाबजारी नियन्त्रण गर्न सक्दैन, दण्डहिनता मौलायर जान्छ, त्यस्तो देशमा सरकार र जनताको सम्बन्ध बिग्रिन जान्छ ।  जनताले सरकरलाइ विश्वाश गरेन भने कालाधन्दा र कर छली मौलाउन जान्छ र सिङ्गो देस चोर बजार बन्न सक्छ । 

देश तब मात्र सम्रिद्द हुन्छ जब सबै नेता, कर्मचारी, उधोगी ब्यापारी अनी जनता आ आफ्न ठाउँमा इमान्दार हुन्छन । सबैले  गरेको आम्दानी र खर्च पारदर्शी हुन्छ । हरेक नागरिकले इमान्दार भयर सरकारलाइ  कर तिर्छ, सरकारको विश्वाश गर्छ र सरकारले पनि जनताको पसिना र रगत बाट उठेको कर लाई देश बिकास निर्माण र जनताकै हितमा काम गर्छ भने मात्रै लोक कलयाणकारी राज्य बन्न सक्दछ, देश ले साच्चिनै काचुली फेर्न सक्छ । अनी मात्र सुखी र सम्रिद्द मुलुकको निर्माण हुन सक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x