×

NMB BANK
NIC ASIA

कुशलाई रातो कपडामा बेरेर घरमा राख्दा धनलाभ हुने मान्यता

भदौ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

आज कुशे औंशी । आजको दिन हिन्दू धर्मावलम्बिहरुले वर्ष दिनलाई चाहिने कुश(एक प्रकारको घास) घरमा राख्ने गर्छन् ।

Muktinath Bank

धर्मशास्त्रहरुका अनुसार आजको दिन उखलिएको कुश एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । सनातन हिन्दूधर्ममा कुशलाई अत्यन्त्य पवित्र मानिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैदिक परम्परामा पूजा, जप श्राद्धकार्य इत्यादि कार्यको समयमा पवित्र धारण आवश्यक छ । जो कुशबाट बनाइन्छ । औंशीका दिन उखलिएको कुश एकमहिना सम्म उपयोग गर्न सकिन्छ तर कुशोत्पाटनी औंशीमा उखलिएको कुश एक वर्षसम्मका लागि शुद्ध र उपयोगी मानिन्छ । 


Advertisment
Nabil box
Kumari

कुशलाई आजको दिन उखेल्नका लागि निश्चित विधि रहेको छ । तर काठमाडौं लगायतका मुख्य सहरमा भने कुशको अभावका केही दिन अघि नै उखेलेर कुश बेच्न राखिएको हुन्छ । 

Vianet communication
Laxmi Bank

कुश उखेल्नका लागि विहान स्नान गरेपछि सफा लुगा लगाएर तयार हुनु आवश्यक हुन्छ । कुश उखेल्नका लागि आफ्नो मुख पूर्व या उत्तर दिशा तर्फ फर्काएर मन्त्र पाठ गर्दै उखेल्ने प्रावधान धर्मशास्त्रमा गरिएको छ । 

समृद्धि प्राप्ति

जीवनमा सुख समृद्धि चाहनुहुन्छ भने कुशलाई आफ्नो जीवनको एक हिस्सा बनाउनु फाइदाजनक हुन्छ । खेत, पाखामा पाइने यो घासलाई सामान्य रुपमा लिनु गल्ती हुने छ । 

कुशले तपाइँको जीवनमा धन समपत्ति दिन सक्छ । 

धार्मिक मान्यता अनुसार कुशलाई रातो कपडामा बेरेर घरमा राख्नाले समृद्धि प्राप्त हुन्छ । 

कुश दीर्घजीवी घास हो । जराको एक हिस्सा मात्र जमिनमा बाँकी रहे यसले आफ्नो अस्तित्व बनाइहाल्छ । कुशको पात धारिलो खालको हुन्छ । यो व्लेड जत्तिकै धारिलो हुन्छ । 

आध्यात्मिक क्षेत्रमा कुशको महत्व

कुश देव, पितृ र प्रेत कार्यममा महत्वपूर्ण मानिन्छ । यसलाई औलामा लगाएपछि सबै मांगलिक तथा अमांष्गलिक कार्य पूर्णहुने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । 

धार्मिक दृष्टिमा कुशलाई निकै पवित्र मानिन्छ । यसको विछ्याउनामा राजाहरु पनि सुत्थे । वैदिक साहित्यमा यसका अनेक स्थल बारे उल्लेख गरिएको छ । अर्थवेदमा कुशलाई क्रोध नाशक तथा अशुभ निवारक बताइएको छ । 

आज पनि नित्य नैमित्तिक धार्मिक काम तथा श्राद्ध आदी कर्ममा कुशको उपयोग हुने गरेको छ । कुशबाट तेल निकालिथ्यो भन्ने कोटिल्यले उल्लेख गरेका छन् । भावप्रकाशका अनुसार कुश त्रिदोष नाशक हो । 

कुशको औंठी बनाएर अनामिका(साहिली)औलामा लगाइन्छ । यस्तो गर्दा हातमा सञ्चित आध्यात्मिक शक्ति पुञ्ज दोस्रो औलामा जाँदैन । किनकी अनामिका(साहिली) औलाको मूलमा सूर्यको स्थान भएका कारण यो सूर्यको औंला हो ।

कार्मकाण्डका कार्यमा यदी भूलवश जमिनमा लागेका कुशको स्पर्श हुनेछ । यस कारण कुशलाई हातमा धारण गर्ने गरिन्छ । यसको प्रयोग पछिको मान्यता यस्तो पनि छ कि हातमा उर्जाको रक्षा नगरिए यसको नराम्रो असर हाम्रो दिमाग तथा दिलमा पर्न सक्नेछ । 

कुशको आशनमा बस्दा शरीरको इनर्जीलाई पृथ्वीमा जानबाट यसले रोक्ेछ । 

मान्यता

धार्मिक मान्यता अनुसार यदी कसैको मृत्यु पञ्चकमा परेको खण्डमा घरमा पाँच सदस्यको मृत्यु हुन्छ । यसको निवारणका लागि वा कसैको पञ्चकमा मृत्यु भएका ५ कुशको पुत्ला बनाएर मृतकका साथ जलाउँदा अन्यमाथि दुर्घटना आइपर्दैन भन्ने मान्यता रहिआएको छ । 

कुशको जराबाट बनेको दानाको माला लगाउँदा कलंक हट्ने, प्रदुषण मुक्त हुने र रोग व्याध नाश हुनेछ । 

कुशको आशनमा बसेर पूजा पाठ गर्दा ज्ञानमा वृद्धि र सर्वसिद्धी प्राप्त हुन्छ । कुशको आशनमा बसेर ध्यान साधना गर्दा तन मन पवित्र भएर बाधाबाट सुरक्षित भइन्छ । 

कुशलाई रातो कपडामा बेरेर घरमा राख्दा समृद्धि प्राप्त हुन्छ । 

ग्रहणको समय भन्दा पहिला सूतकमा यसलाई अन्न जल आदीमा राख्नाले ग्रहणको दुष्प्रभावबाट बच्न सकिन्छ । 

कुश धारण गर्नाले कपाल झर्दैन ।

देवी भागवतको १९ औं अध्यायको ३२ औं श्लोकमा भनिएको छ–
नास्य कैशान् प्रवपन्ति, नोरसि ताडमानते ।

अर्थात कुश धारण गर्नाले कपाल झर्दैन ।

कुशको प्रयोगले हर्ट अट्याकको सम्भावना कम हुन जान्छ । वेदले कुशलाई तत्काल फल दिने औषधि, आयुको वृद्धि गर्ने र दुषित वातावरणलाई पवित्र गर्ने र संक्रमण फैलनबाट राक्नेवाला भएको बताएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x