×

NMB BANK
NIC ASIA

कथैकथा (कविता)

भदौ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

इन्द्रकुमार श्रेष्ठ सरित्

कति लेख्नु कागजी बाघको कथा
खराबको कथा
असलको कथा
नदेखेको स्वगॅ धतीॅमै पाउने कथा
यी पनि यथाथॅ हैनन्
मात्रै हुन कि मन बहलाउने कथा

को ठीक, को बेठीक
समयले परिभाषा फेरिसक्यो
परिभाषालाई नै आफू अनुकूल बनाउने
एकभन्दा एक विभीषण जन्मिसक्यो
सत्य पनि हो कि अब मात्र एउटा कथा

मेरो मात्र राम्रो भन्ने कथा
तेरो जति जम्मै तन्नम भन्ने कथा
समयले अब अझै कति बोक्ला र
हुनै नसक्ने यो विभेदको कथा
आँखा छोपेर संसारै अँध्यारोभन्ने
कति सुन्नु अझै भ्रमको पुरानो कथा

खराब जहाँ पनि हुन्छ
असल पनि हामीमाझमै हुन्छ
एकादेशको कथाको के अथॅ अब
कहिल्यै नपुगिने र नदेखिने नगरीको के अथॅ
कथा त यही माटोको लेख्नुपनेॅ रहेछ
पात्र त यहीँकै मान्छे बन्नुपनेॅ रहेछ

आऊ, तिमी र म मिलेर
हाम्रै समाजको कथा लेखौं
तिम्रो कथा लेखौं
मेरो कथा लेखौं
हाम्रो कथा लेखौं
नदेखेको बाघको हैन
सधैं देखेको, सधैं भोगेको
आफ्नै मनको कथा लेखौं ।

Sagarmatha Cement
Muktinath Bank

बूढानीलकण्ठ नपा


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x