×

NMB BANK
NIC ASIA

बैठक बस्न नमिल्ने संसदीय दलको कार्यालय, सभामुख र सांसदहरूको आ–आफ्नै दुखेसो !

भदौ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी–प्रदेश–७ सरकार गठन भएको ६ महिनाभन्दा बढी भए पनि यहाँका संसदीय दलको कार्यालय भने अस्तव्यस्त छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभाले जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको केही कोठा संसदीय कार्यालयहरु स्थापनाको लागि उपलब्ध गराएको छ । यहाँ प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका संसदीय दलका कार्यालयहरु अस्तव्यस्त भएका हुन् । दलहरुले अझैसम्म साइन बोर्डसम्म झुण्ड्याएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर ती दलका नेताहरु कोठा अभावको कारण व्यवस्थापन गर्न नसकेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

अलि ठूलो रहेको एकमात्र कोठामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको कार्यालय स्थापना गरिएको छ । दुई साना–साना कोठामा प्रतिपक्ष नेपाली काँग्रे्रेस र राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालय रहेको छ । कार्यालय बनेका कोठाहरु कागजात सहित आवश्यक सरसामानले मात्रै भरिएका छन् । दलका नेताहरुलाई कार्यालयमा बैठक बस्ने पर्याप्त ठाउँ छैन ।

Vianet communication
Laxmi Bank

प्रदेश सभाले उपलब्ध गराएको सो संसदीय दलको कार्यालय, कार्यालय भन्न लायकको पनि नरहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता समेत रहेका सांसद डा.रणबहादुर रावलले बताए । उनले कार्यालय सहयोगी राख्न सकिने खालको कोठामा रहेको बताए । उनले भने–‘साना कोठाहरु फाइलले मात्रै भरिएका छन् । कहाँ बस्ने, कसरी त्यसलाई संसदीय दलको कार्यालय मान्ने ?’

संसदीय दलका कार्यालयहरुमा अहिलेसम्म कर्मचारी राखिएको छैन । सांसद मात्रै बसेभने जसोतसो अँट्न सक्ने अवस्था छ । तर, पार्टीका नेताहरु समेत आएको खण्डमा पर्याप्त ठाउँ छैन । सहज रुपमा बैठक बसेर निर्णय गर्न सकिने खालको संसदीय दलको कार्यालय प्रदेश सरकारले उपलब्ध गराउनु पर्नेमा कुनै वास्ता नगरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आरोप छ ।

‘बहुमतको सरकारले अहिलेसम्म संसदलाई समेत २० प्रतिशत पनि सदुपयोग गर्न सकेको छैन’, उनले भने–‘खाली पार्टीका नेता, कार्यकर्ता पाल्ने काम गरेको मात्रै देखियो ।’

समग्र प्रदेशलाई अगाडि बढाउनका लागि प्रतिपक्षीको हैसियतले रचनात्मक सल्लाह दिदैं आए पनि सत्तापक्ष नै संवेदनशील नरहेको नेपाली काँग्रे्रेसको ठहर छ ।

संसदीय दलको कार्यालय अहिलेसम्म व्यवस्थित हुन नसकेको र उपयुक्त पनि नरहेको स्वयम् सत्तापक्षले पनि स्वीकार गरेका छ । संसदीय दलको कार्यालयमा अहिलेसम्म जसोतसो काम भइरहेको नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद तारा लामा तामाङ बताउँछन् । उनले भने–‘हामी सांसदमात्रै बस्यौं भने अँट्ने गरेका छौं । जसोतसो काम चलेको छ । तर, उपयुक्त र व्यवस्थित भने छैन ।’ कार्यालयको अर्को भवनको खोजी समेत भैरहेको उनको भनाइ छ ।

संसदीय दलको कार्यालय रहेको जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएपछि पूरै भवनलाई दलका कार्यालयको रुपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको थियो । तर, जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज भएन ।

अहिले उक्त भवनमा न जिल्ला जनस्वास्थ्य कार्यालय व्यवस्थित छ । न त संसदीय दलको कार्यालय नै । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कागजातले भरिएको सानो कोठामा अर्का एक कर्मचारीसंगै बस्दै आएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय खारेज नभएकाले अब उपयुक्त ठाउँमा संसदीय दलको कार्यालयको खोजी गर्ने सांसद लामाले बताए । असोज महिनाभित्रै अर्को ठाउँमा कार्यालय खोजेर व्यवस्थित गरिने लामाको भनाइ छ ।

प्रदेशसभामा तीन दलबाट जम्मा ५३ जना सांसद रहेकोमा सबैभन्दा बढी नेकपाका छन् । त्यसपछि नेपाली काँग्रे्रेसबाट १२ जना र राजपाबाट दुई जना सांसद छन् । राजपाको संसदीय दलको नेता अझै तोकिएको छैन । तर, आफ्नो पार्टीलाई दिइएको संसदीय दलको कार्यालय सबैभन्दा सानो रहेको सो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद मालामती राना थारुले बताइन् । उनले संसदीय दलको कार्यालय स्थापनाको क्रममा कोठा हेर्न गएपनि त्यसपछि नगएको जनाइन् । संसदीय दलको कार्यालयको ढोकाको चावी समेत नदिएको सांसद राना थारुले बताइन् । 

तर, प्रदेश सभामुख अर्जुनबहादुर थापाले संसदीय दलको कार्यालय अस्तव्यस्त नरहेको दावी गरे । उनले भने–‘हामीले कार्यालय दिएका छौं । व्यवस्थित गरि दिएको छौं । त्यसलाई कसरी अव्यवस्थित भन्नुहुन्छ ?’

अरु कार्यालयले दिएको कोठा पाएकोमा जे छ, त्यसैलाई ठीक भन्नु पर्ने सभामुख थापाले बताए । ‘अर्काको घरमा खोजे जस्तो कहाँ पाईन्छ’, उनले प्रतिप्रश्न गरे–‘प्रदेश सभा कस्तो अवस्थामा छ, त्यसको बेदना कसले बुझ्ने, हामीले कसलाई बताउने ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x