पुस १०, २०८०
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
अमेरिका– अमेरिकामा हरेक वर्ष एउटा र्यापर गीत सार्वजनिक गर्दै आएका गायक स्वामी डी (गौरब गुरुङ)ले अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अमेरिकाको ड्यालसमा आयोजित एक कार्यक्रममा उनले ‘नेपहपको रनवे’ बोलको भिडियो सहितको गीत सार्वजनिक गरेका हुन् ।
झण्डै एक महिनाअघि गीत सार्वजनिक गरेपनि म्युजिक भिडियो भने शुक्रबार स्थानीय पिकबार एण्ड रेष्टुँरामा सार्वजनिक गरिएको हो । स्वामी डीको आफ्नै स्वर रहेको नेपहपको रनवे म्युजिक भिडियोलाई विकास बराइलीले निर्देशन गरेका हुन् । ‘नेपहपको साँघुरो बाटोलाई हाइवे बनायो स्वामीले, हाइवेले मात्र पुगेन रनवे बनायो स्वामीले’ बोलको गीतको भिडियोमा अमेरिकन प्रोफसनल तथा केही नेपाली मोडलहरुको प्रयोग भएको छ ।
‘यो पटकको मेरो गीत सिड्नीमा रहेका नेपालीहरु र विशेषत शर्मा थर भएका केटीहरु प्रति समर्पित छ,’ स्वामीले भने । म्युजिक भिडियोका लागि हवाईजहाज समेत भाडामा लिएर प्रयोग भएको छ । गीतको लागि भिडियो शुटिङ गर्न उनी लगायतको सात जनाको टीम ड्यालसबाट मायामी पुगेको थियो ।
ड्यालसबाट मायामी झण्डै साढे दुई घण्टाको हवाई दूरीमा पर्छ । ‘फ्लोरिडामा शुटिङ भएकोले म्युजिक भिडियोका लागि २० हजार डलर खर्च भएको छ,’ उनले जानकारी दिए । म्युजिक भिडियोका केही अंशहरु ड्यालसमै खिचिएका छन् । ड्यालसमा खिचिएका घरभित्रको दृश्य स्थानीय रमेश दाहालको घरको हो ।
उनले गाएका हरेक गीतहरुमा ‘ड्यालस’ शव्द जोडिएको हुन्छ । ‘मैले ड्यालसलाई अमेरिकाको नेपाली समुदायदेखि लिएर नेपालसम्म चिनाउनका लागि यसअघिका दुईवटा गीतमा पनि प्रयोग गरेको थिए,’ उनले भने– ‘यसपटक पनि ड्यालसलाई छाडेको छैन ।’ टेक्ससको ड्यालसमा झण्डै ४० हजार नेपालीको बसोबास छ ।
दुई दिनको अवधिमा युटुबमा ‘नेपहपको रनवे’लाई एकलाख चारहजार पटक हेरिसकिएको छ । यस अघि गत वर्ष (सन् २०१७ मा) उनले ‘हु इज योर ड्याडी’ बोलको गीत सहितको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । गत वर्ष पिएसपिएनलाई साथमा लिएर भिडियो तयार पारेका थिए ।
दुई वर्ष अघि सन् २०१६ मा ‘बाल हो’ बोलको गीत सार्वजनिक गरेका थिए । तीन वर्षदेखि समरको समयमा उनले नयाँ गीत सार्वजनिक गर्दै आएका छन् । ‘म पेशाले प्रोफेसनल गायक त होइन, तर पहिलो गीत गाएपछि असाध्यै राम्रो प्रतिकृया, सुझाव आयो । त्यसपछि वर्षेनी एकएक वटा गीत निकाल्ने योजनामा पुगेको हुँ,’ उनले भने । पेशाले व्यवसायी स्वामी डी सन् २०१० देखि अमेरिकाको ड्यालसमा छन् । नेपालको पर्वतमा जन्मेका उनको परिवार हाल पोखरामा बस्छन् ।
पूरा गीत हेर्नुहोस्-
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...