×

NMB BANK
NIC ASIA

बालुवाटारमा ओली भेला : प्रधानमन्त्रीमा राणाकालीन वंश मोह !

भदौ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली वंशका मानिसहरूको भेला भएछ । प्रधानमन्त्री निवास न त पार्टी प्यालेस हो, न पिकनिक स्पट ।

Muktinath Bank

त्यो त हामी जनताले तिरेको करबाट चल्ने प्रधानमन्त्रीको निवास हो । सुरक्षा र गोपनीयताका हिसाबले जो पायो त्यही मानिस जान नपाउने संवेदनशील केन्द्र हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामीले के सुन्यौं भने, ‘ओली’ थर भएका जोकोहीलाई त्यहाँ प्रवेश खुला गरिएको रहेछ ।


Advertisment
Nabil box
Kumari

ओली थर हुँदैमा सबै असल, इमानदार, चरित्रवान त हुँदैनन् । कोहीकोही ‘ओलीहरू’ कुन हदसम्म जनताप्रति अनुत्तरदायी, गैर जिम्मेवार, लोभी, पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने खालका हुन्छन् भन्ने त हामीले देखे सुनेकै हो ।

Vianet communication
Laxmi Bank

ओली वंश भेलाका बहानामा नियत खराब भएका ‘ओलीहरू’ले पनि बालुवाटारमा सहजै प्रवेश पाए । प्रधानमन्त्री निवासमा भएको यस्तो कुम्भमेला कसैलाई मन परेन । 

हुन त, ओलीहरू हाम्रो देशका सम्मानित नागरिक हुन् । उनीहरू प्रधानमन्त्री निवासमा जानै नहुने, उनीहरूले प्रधानमन्त्रीलाई भेट्नै नहुने भन्ने हैन । देशका अन्य आम नागरिकलाई आफ्नो देशका प्रधानमन्त्री र उनको निवासमा जे अधिकार छ, ओलीहरूलाई पनि उत्तिकै अधिकार छ । यो पंक्तिकारमा ओली वंश र ओली थर भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति कुनै पूर्वाग्रह छैन ।

सवाल ओलीको हैन, अनि ओलीको वंश भेलाको पनि हैन, सवाल ‘भेन्यू’को हो । प्रधानमन्त्री निवास ओलीहरूको वंश भेला गर्ने भेन्यू हैन, त्यो विशुद्ध प्रधानमन्त्री बस्ने थलो हो । प्रधानमन्त्रीको दैनिक कामसँग जोडिएका सरकारी, राजनीतिक र आर्थिक सन्दर्भका लागि भेटघाट गर्ने थलो हो । कार्यकारी प्रमुखले कामबाट थाकेर गएर सुस्ताउने एकान्त थलो हो, वालुवाटार । होहल्ला गर्ने, भीडभाड गर्ने, जो पायो त्यही गएर राइफाँडो मच्चाउने थलो हैन त्यो । 

प्रधानमन्त्री कसका हुन् ? उनी ओली वंशका मानिसहरूका पनि हुन्, उनी हाम्रा पनि हुन् । प्रधानमन्त्री ओलीहरूका मात्र हैनन्, बहुभाषिक, बहुधार्मिक, बहुजातीय सबै नेपालीका हुन् ।

अब प्रश्न उठछ, भोलि भट्टराई वंशका मानिसहरूले प्रधानमन्त्रीलाई चिफ गेष्ट बनाएर बालुवाटारमा वंश भेला आयोजना गर्न माग गरेमा अनुमति दिने कि नदिने ? भोलि दाहाल, भण्डारी, श्रेष्ठ, राई, लिम्बू, मगर, गुरुङ, तामाङ, शेर्पा, विश्वकर्मा, परियार, महतो, यादव, खड्गी, महर्जन आदिको वंश भेला पनि बालुवाटारमै गर्न चाहेमा दिने कि नदिने ? 

पक्कै दिइने छैन । किनकी, प्रधानमन्त्री आफैं ओली । ओली थरका मानिस प्रधानमन्त्री भएकाले ओली महोदयहरूले बालुवाटारमै वंश भेला गर्ने विशेष सहुलियत (प्रिभिलेज) पाएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो वंशलाई विशेष महत्त्व र सहुलियत दिने परिपाटी जहानीया या वंश परम्परामा आधारित शासन सत्तामा मात्र हामीले देख्ने गरेका थियौं । जस्तै, राणा शासनमा प्रहरी, सेना, प्रशासन र दरबारमा राणा खलककै हालीमुहाली हुन्थ्यो । शाह वंशीय शासनमा शाह, मल्ल, ठकुरी र राणाहरूकै रजगज भएको हामीले देखेकै हो ।

सवाल ओलीको हैन, अनि ओलीको वंश भेलाको पनि हैन, सवाल ‘भेन्यू’को हो । प्रधानमन्त्री निवास ओलीहरूको वंश भेला गर्ने भेन्यू हैन, त्यो विशुद्ध प्रधानमन्त्री बस्ने थलो हो । प्रधानमन्त्रीको दैनिक कामसँग जोडिएका सरकारी, राजनीतिक र आर्थिक सन्दर्भका लागि भेटघाट गर्ने थलो हो । कार्यकारी प्रमुखले कामबाट थाकेर गएर सुस्ताउने एकान्त थलो हो, वालुवाटार ।

आफ्नो वंश या परिवारलाई मात्र काखी च्याप्ने प्रवृत्ति सामन्ती प्रवृत्ति हो । कुनै पनि लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासमा वंश दम्भले छूट पाउँदैन । शासकहरू आफ्नै परिवार, वंश या गुटको साँघुरो घेराभित्र रमाउने प्रवृत्ति राजतन्त्रमा मात्र देख्न पाइन्छ । 

वालुवाटारमा ओली वंशको भेला नव सामन्तहरूको सोचको उपज हो । जसले यो जुक्ति फुरायो, उसको नियत भनेको मुलुकमा ओलीहरूको चुरीफुरी देखाउनु हो ।

एक नेपाली या राज्यको जिम्मेवार नागरिकका रूपमा हैन, ओली हुनुको अतिरिक्त लाभ लिने दाउपेच हो । हिटलरका पालामा जर्मनीमा नाजीहरूलाई मानौं, जुनसुकै अपराध गर्न छूट थियो । राज्यका सुविधा लिन र समाजमा हैकम जमाउन एउटै योग्यता भनेको नाजी भए पुग्थ्यो, राणा शासनमा राणा हुनु नै भरपर्दो योग्यता भए झैं ।

उता, यहुदीहरूलाई खोजीखोजी मार्ने, यातना दिने र दास बनाउने काम हुन्थ्यो । नाजीहरूले नाजी हुनुको दम्भमा यहुदीहरूलाई मारेर तिनको शरीरको छालाको पेटी बनाएर लगाउनसमेत बाँकी राखेनन् । नश्लवादी चिन्तन त्यो हदसम्म क्रुर भएको हामीले देखेकै हो र नश्लवादी सोचकै कारण दोस्रो विश्वयुद्धमा त्यत्रो जनधनको क्षती भएको पढे सुनेकै हो । 

वालुवाटारमा ओलीहरूको वंश भेला गराएर के यो सरकारले त्यही नश्लवादी सन्देश दिन खोजेको हो ? बहुभाषिक, बहुधार्मिक र बहुजातीय मुलुकमा कुनै एक थरलाई काखी च्यापेर प्रधानमन्त्रीले के सन्देश दिन खोजेको हुन् ? के यो देश ओलीहरूको मात्र हो ? के प्रधानमन्त्री ओलीहरूका मात्र प्रधामन्त्री हुन्  ? 

लाग्छ, अहिलेको सरकार के गर्नु ठीक हो, के गर्नु बेठीक हो भन्ने ठम्याउन सकिरहेको छैन । बस दुईतिहाइको दम्भबाहेक यो सरकारसँग केही बाँकी छैन । यो दम्भ पनि प्रचण्ड र उपेन्द्र यादवको वैशाखीमा अडेको छ ।

जुन दिन प्रचण्ड र यादवरूपी वैशाखी डगमगाउन थाल्छन्, त्यो दिन यस्ता घमण्डहरू गर्ल्यामगुर्लुम ढल्नेछन् । तैपनि हेरौं त तुजुक, श्री ३ महाराजाले आफ्ना भाइभारदारलाई दरबारमा भेला गरे झैं ओली वंशको भेला डाकियो । सारा जगतले छिःछि, दूरदूर गरेर त्यसको कटू आलोचना गर्‍यो । अनि मनमनै भन्यो, ‘हामी नेपालीले कहिल्यै वंश परम्पराको सामन्ती सोचबाट मुक्ति पाउने भएनौं ।’

प्रधानमन्त्री आफ्नै वंशको उत्थान र प्रवर्द्धनमा लागेको देख्दा यो देशमा अझै जनताको शासन नआएको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । विधिको यदि यही विधान हो भने अब यो ओली विधिको पनि आयु पुग्यो ।

नेपालमा हालसम्म धेरै वंशका मानिसहरूले शासन गर्दै आए । तर आजसम्म नेपालीको शासन आइसकेको छैन । कस्तो घोर विडम्बना, अचेल हामी ओली वंशको शासन भोग्न अभिसप्त छौं । हालसम्म गोपाल वंश, लिच्छवी वंश, शाक्य वंश, मल्ल वंश, शाह वंश, थापा वंश, राणा वंश आदिको शासन हामीले भोग्यौं ।

यी वंशका शासनमा लोकतन्त्र, मौलिक हक र अन्य स्वतन्त्रता त थिएन, तर तिनका पालामा नेपालमा केही न केही सम्पदाहरू निर्माण भएका छन् । लिच्छवी, मल्ल र राणा कालमा नेपालमा धेरै ऐतिहासिक, सांस्कृतिक र मौलिक सम्पदाहरूको निर्माण भएको पाइन्छ । कला र संस्कृतिको उच्च विकास भएको पाइन्छ । मल्लकालीन प्रस्तर मुर्तीहरू, राणाकालीन बेलायती मोडलका दरबार आदि त्यो कालखण्डका उपज हुन् । 

गणतन्त्र आयो । जनताको शासन आयो भनियो । तर जो शासन सत्तामा गयो, उसकै वंशको मात्र उत्थान हुने, बाँकी नेपाली उही युगौंदेखिको गरीबी, अभाव, भोकमरी र पछौटेपनमा गुज्रनुपर्ने । शासनसत्ताको इर्दगिर्द रहेका मानिसका लोग्ने, स्वास्नी, भाइ, भतिजा, छोरी, ज्वाइँ, भान्जी, काका, साढुदाइ, साढुभाइ, प्रेमिका आदिकै रजगज । शासन सत्ताको केन्द्रमा उही नातावाद कृपावादको विषाक्त जञ्जाल ।

अल्पमतमा रहेका राउटे, चेपाङहरूलाई त राज्यको मूलधारमा समेटेर समावेशिता, समानुपातिक प्रतिनिधित्वको संस्कृति विकास गर्नुपर्ने ऐतिहासिक घडीमा गुरुत्तर दायित्व पाएका प्रधानमन्त्रीचाहिँ आफ्नै वंशको उत्थान र प्रवर्द्धनमा लागेको देख्दा यो देशमा अझै जनताको शासन नआएको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । विधिको यदि यही विधान हो भने अब यो ओली विधिको पनि आयु पुग्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x