×

NMB BANK
NIC ASIA

नागढुंगामा सुरुङ मार्ग निर्माण कार्य छिट्टै शुरू हुने, २० मिनेटमै नौबिसेबाट सीतापाइला

भदौ २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राजधानी भित्रिने प्रमुख नाका नागढुंगामा सवारी आवागमनको चाप घटाउन सुरुङ मार्ग निर्माण कार्य तत्काल अघि बढ्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र सुरुङ मार्ग वरिपरिको जग्गाको मुआब्जा समेत निर्धारण भई काम अघि बढेको सडक विभागले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि गत महिना बोलपत्र आह्वान गरिसकेको र आगामी एक महिनाभित्र ठेक्का सम्झौता हुने विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताए । 


Advertisment
Nabil box
Kumari

उनले लोकान्तरसँग भने, ‘सुरुङ मार्ग निर्माणको मुआब्जा वितरण पनि शुरू भएको छ । निर्माण कार्यको टेन्डरको निकालेको ठीक एक महिना भयो । एक महिनाभित्र टेन्डर राख्छन् र तीन चार महिनाभित्र काम शुरू हुन्छ ।’

Vianet communication
Laxmi Bank

जापानी सहयोग नियोग (जाईका)को सहयोगमा निर्माण हुने सुरुङ मार्ग २ दशमलव ४५ किलोमिटर लम्बाइको हुनेछ ।

धादिङको नौबिसेनजिकै पर्ने सिस्ने खोलाबाट नागढुंगाभित्र फेदीमा अवस्थित बस्नेत छाप जोड्ने सुरुङ मार्ग निर्माण भएपछि काठमाडौं भित्रिन र काठमाडौंबाट बाहिरिन निकै सहज हुनेछ ।

सुरुङ मार्गलाई सिधै सीतापाइलासँग जोड्न लिंक रोड निर्माण हुनेछ । नागढुंगा सुरुङ मार्ग आयोजनाका लागि जाईकाले १७ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने सम्झौता भइसकेको छ ।

श्रेष्ठका अनुसार जापानले नेपाल सरकारलाई शुन्य दशमलव ०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्षभित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

यो सडकका लागि नेपालमा निर्माण हुन लागेको पहिलो सुरुङ हो ।

यस्तो बन्नेछ सुरुङ मार्ग

सडक विभागका अनुसार सीतापाइलाबाट लिंक रोडसहित ६ किलोमिटरको यस खण्डमा सुरुङ भने धादिङको सिस्नेखोलादेखि नागढुंगाभित्र पर्ने बस्नेत छापसम्म मात्र हुनेछ ।

सुरुङको लम्बाइ कुल २ दशमलव ४५ किलोमिटर हुनेछ । सीतापाइला-नौबिसे सडकखण्ड पनि अहिलेको भन्दा ८ किमी छोटिनेछ ।

यस खण्डमा दुईवटा पुल र २ वटा कल्भर्ट निर्माण हुनेछन् । १२ मिटर चौडाइको यो सडकमा दुवैतिर १ र १ मिटरको फूटपाथ राखिने छ । सुरुङमा १४ वटा भेन्टिलेटर र जेट फ्यान जडान हुनेछन् ।

सरकारले सुरुङ मार्गलाई अत्याधुनिक सुविधासहित निर्माण गर्ने योजना बनाएको छ ।

यसमा दुई लेनको सडकसहित पेट्राल पम्प, सर्भिस सेन्टर लगायतका सुविधाहरू पनि राख्ने अवधारणा छ ।

सुरुङ मार्ग टू प्लस वान लेन मापदण्डको हुन्छ । टू प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ ।

एकपट्टिको सडक २ लेन हुँदा अर्कोपट्टिको सडक १ लेनमा परिणत हुन्छ ।

सुरुङ मार्ग निर्माणपछि २० मिनेटमै नौबिसेबाट काठमाडौं आइपुगिने विभागले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x