×

NMB BANK
NIC ASIA

दर खाएर व्रत बसी तीज मनाउँदै हुनुहुन्छ ? त्यसो भए हेर्नुहोस् डा. भुसालका १० सुझाव

भदौ २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली हिन्दू नारीहरूको महान चाड तीजअन्तर्गत मंगलवार दर खाने दिन । तीजको पहिलो दिन महिलाहरूले माइती पुगेर दर खाने नेपाली प्रचलन छ ।

Muktinath Bank

सामान्यतया तीजको दिन व्रत हुने भएकोले अघिल्लो दिन राति दर खाने प्रचलन छ ।

तीज आउँदा दर त खानै पर्‍यो । तर स्वास्थ्यमा ध्यान नदिने हो भने बिरामी पर्न सकिन्छ । सामान्यतया चाडपर्वको बेलामा खाँदा ध्यान पुर्‍याइएन भने विभिन्न समस्या आइपर्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमा पनि दर खाने र व्रत वस्ने भएपछि यसमा विशेष ध्यान पुर्‍याउन आवश्यक छ । तीजमा पानी पनि नखाई व्रत वस्ने पुरानो परम्पराका कारण धेरै महिला ‘डिहाइड्रेसन’ को शिकार बन्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पानी पनि नखाने तर नाच गाँनमा श्रम खर्च गर्दा विभिन्न समस्या आउँछ । जसका कारण ज्यानै जान सक्छ । तसर्थ तीजको खानपान र व्रतमा निकै ध्यान पुर्‍याउन आवश्यक छ ।

दरमा के खाने, के नखाने ?

१. दर खान बनाइने मिठा परिकारहरूमा धेरै चिल्लो हाल्नु हुदैन । चिल्लो पर्दाथमा कोलष्ट्रलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई राम्रो गर्दैन ।

२. दर खाने भन्ने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ । तर यसरी मात्रा नमिलाई खाँदा शरीरले एकैपटक पचाउन सक्दैन त्यसैले शरीरलाई चाहिने मात्र खानुपर्छ ।

३. दरमा खीर, अचार, विभिन्न किसिमका तरकारीहरूको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ । धेरै किसिमका परिकार बनाउदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ । परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ ।

४ आजभोलि विभिन्न ठाउँमा सामुहिक रुपमा दर खाने कार्यक्रमहरू नै आयोजना गरिएको हुन्छ । यसरी सामुहिक रुपमा खाने दरमा ‘फुड पोइजन’ हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म घरमै बनाएको दर खाँदा राम्रो हुन्छ ।

५. दर खाने नाममा आजभोलि महिलाहरू रक्सी (अल्कोहल) पनि खान्छन् । अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन । र, दुर्घटनामा समेत पर्न सकिन्छ ।

यी त भए दर खाँदा ध्यान दिइनुपर्ने विषय । दर खाँदा मात्रै होइन व्रत बस्दा पनि ध्यान दिनुपर्छ । व्रत बस्दा ध्यान दिइएन भने ज्यानै जान पनि सक्छ । तीजमा विवाहित महिलाहरू पतिको दीर्घायुको लागि र अविवाहितहरू राम्रो र असल पतिको कामनामा निराहार व्रत वस्छन् ।

अघिल्ला वर्षहरूमा तीजमा व्रत बस्दा महिलाहरूको ज्यान समेत गएको थियो । विशेष गरी सुगर र प्रेसरका रोगीहरूले व्रत बस्दा उनीहरूलाई खतरा हुन्छ । नियमित औषधि प्रयोग गर्ने महिलाहरूले व्रतको दिन औषधी समेत नखाँदा उनीहरूको स्वास्थ्यस्थितिमा नराम्रो असर समेत आउन सक्छ ।

Vianet communication
Laxmi Bank

डा.भुसाल

कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?

१. नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निरहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाइ व्रत बस्दा उनीहरूको ज्यान पनि जान सक्छ ।

२. यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफुल खानुपर्छ र औषधी त छुटाउनै हुँदैन ।

३. शरीर कमजोर हुनेहरूले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरूले व्रत नबस्दा ठिक हुन्छ ।

४. तीजमा व्रत बसेका महिलाहरू मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाईनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।

५. तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र नाच्नुपर्छ । धेरै नाच्दा रिंगटा लागेर वेहोस हुने सम्भावना हुन्छ । जसका कारण स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ ।

(रिता लम्सालले शिक्षण अस्पतालका आकस्मिक सेवाका विशेषज्ञ डा. भुसालसँग गरेको कुराकानीमा आधारित)

– लोकान्तर अर्काइभबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x