असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
रोशिना अधिकारी, बेइजिङ
चीनको राजधानी बेइजिङस्थित एउटा अग्लो भवनको झ्यालबाट बाहिर एकटकले नियालिरहेकी छु । एउटा सानो पहाड अघिल्तिर मेरा आँखा ठोकिइरहेका छन् । त्यस पहाडले मेरो मातृभूमि र माइतीघरको याद दिलाइरहेको छ र मुटुमा दर्दको तीखो धार चलाइरहेको छ । विवाह गरेर भर्खरै माइतीघर र डाँडाकाँडाको आफ्नो मातृभूमि नेपाल छाडेर परदेशिनु परेकाले होला, गाउँघरको (होमसिक)याद यति गहिरोसम्म गढेको छ ।
यहाँ न कुनै नेपाली चेलीबेटीहरूसँग जमघट हुनसक्छ । न कुनै आफन्तले दर खानका लागि निम्त्याउँछन्, न कुनै दौंतरीहरूसँग उन्मुक्त भएर नाच्दैगाउँदै तीजको रहर मेटाउन सकिन्छ । अथाह तृष्णा मनभित्र गुम्सिएको छ मानौं यो शहर अहिले भर्खरैका लागि एउटा निर्मम कारागार जस्तो बनेको छ । झ्याल बन्द गर्छु र एकछिन रसाउँदै गरेका नयन बन्द गर्छु, हृदयमा कता कता गाउँघरका आमा, फूजु, माइजु वा संगिनीहरूले हाँसिमज्जाक गरेको जस्तो ठान्छु । झसंग हुन्छु, यति मीठो तन्द्रा एकैछिन पनि टिक्न सक्दैन । यो परदेशमा कहिले दशैंजस्तो आउने रहेनछ, कहिले तिहार जस्तो हुने रहेनछ, कहिल्यै तीज जस्तो आत्मीयता छाउन पनि सक्दोरहेनछ ।
सम्झनाको अथाह मरूभूमिमा आफ्नो भाषा संस्कृति, कला, लोकजीवन खोज्दै भौतारिनुजस्तो पीडा अर्को के हुन्छ होला ? यतिखेर मेरो मानसपटलमा केवल स्मृतिको चक्का घुमेजस्तै आफ्नो अतीत घुम्न थालेको छ । शायद वनको चरी वनमै रमाउँछ । म यो परायभूमिमा कतिदिन रमाउने प्रयास गर्न सकूँला ?
विहे गरेर पराइ घर नजाउन्जेलसम्म म घरकी एक्ली प्यारी छोरी थिएँ । तीज आयो कि बारी कान्ला कुद्दै वल्लो घर र पल्लो घर गर्ने, बारीबारी र रूखरूख चढेर फलफूल सोत्तर पार्ने ती उन्मत्त बालापनका क्षणहरूले शायद अब मेरो जीवनमा पुनर्वहाली पाउने छैनन् । भनेजस्तो खानुपर्ने, देखेजस्तो लाउनुपर्ने त्यो पुल्पुलिएको एक्ली छोरीको लाडप्यार अब उसैगरी पाइने छैन ।
पात्रोमा दोहोरिरहने चाडवाडले कहिल्यै पनि निजगढदेखि हेटौंडाको दूरी भनेनन् । उच्च शिक्षा अध्ययनका लागि घरबाट केही घण्टा टाढिनु परेपनि चाडवाडले कहिल्यै मेरो अभाव झेल्नुपरेन । कि त दाइभाइ, कि त बुबा स्वयं आएर लिएर घरसम्म लैजानुहुन्थ्यो र ती क्षणिक विछोडहरू पनि क्षणिक मिलनले नै गहिरा भैहाल्थे । अब त गाउँघरमा चाडपर्वको रौनक र सखी चेलीबेटीहरूको सुमधुर भाका नै सुन्न पाइने छैन। अतीतका तिनै मनोरम क्षणहरूले आज आँखाहरू रसिला बनाइरहेछन्।
समयको चक्रमा घुमिरहनुपर्ने जीवनको नियति नै रहेछ शायद। यो समयले कहिलेकाहीं कति चाँडो कोल्टो फेर्दो रहेछ भने बाबाआमाको काखबाट विदा भएर कोही परायको आफन्त भैदिनुपर्ने। दुईचार अक्षर पढ्ने बित्तिकै डोली चढ्नुपर्ने कस्तो जीवनचक्र ? डोली चढिसकेपछि त जस्ले सिन्दुर हाल्यो, उस्कै हुनुपर्यो, सिन्दुरको मालिकले जता लग्यो उतै जानुपर्यो । विदेशिनु उसको बाध्यता रहेछ, उसका बाध्यतामा एकाकार हुन पनि बाध्य नै हुनुपर्यो ।
घरआँगनबाट टाढिएपछि अब कहाँ टेक्न पाइन्छ र गरा खेतबारी ? कहाँ देख्न पाइन्छ र संगिनीहरूले गाउँ टोल थर्काउँदै गुञ्जाएका तीजका भाकाहरू? कहाँ मर्काउन पाइन्छ र यो बारूले कम्मर? उतिबेला भावी पति सोचेजस्तो होओस् भनेर व्रत बसिन्थ्यो । थाहा छैन, सोचेजस्तै पति पाइयो कि पाइएन ? अब उसको दीर्घायुको कामना गरेर एक परम्परागत घरानाकी छोरीले निराहार व्रत बस्ने कि नबस्ने ? यतिखेर ठूलो दोधारमा छु ।
बिहानैदेखि दिदीबहिनीहरू रंगीचंगी वस्त्र पहिरिएर मन्दिरमा पूजा पाठ गरेर घनघोर गीतहरू घन्काइरहेका छन्, सबैमा शुभकामना, हिमालपारीको देशबाट ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...