×

NMB BANK
NIC ASIA

एनआईसी एसिया बैंकमा २ वटा नयाँ चामत्कारिक कर्जा योजना

भदौ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मूल नाराका साथ आमजनमानसमा केन्द्रित बैैकिङ सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक एनआईसी एशिया बैंकले चामत्कारिक विशेषता भएका २ नयाँ कर्जा योजन सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बैंकले सार्वजनिक गरेको ‘चामत्कारिक सवारी कर्जा र चामत्कारिक घर जग्गा कर्जा’ योजनाबाट ग्राहकले लाभ लिन सक्ने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्जा योजना ग्राहक महानुभावको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सबल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।


Advertisment
Nabil box
Kumari

‘एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक गरेको छ । योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावले समेत चामत्कारिक लाभ उढाउन सक्ने छन् । 

Vianet communication
Laxmi Bank

चामत्कारिक सवारी कर्जाका ७ वटा आर्कषक विशेषता

१. तुरुन्तै कर्जा स्वीकृति हुने 
२. अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मूल्य अनुसार मासिक ११ हजारबाट नै किस्ता रकम सुरु हुने)
४. आंशिक अथवा पूर्णरुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५. मासिक व्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकलाई विशेष छुटको व्यवस्था

चामत्कारिक घरजग्गा कर्जाका ७ वटा आकर्षक विशेषता

१. आफ्नो आम्दानी अनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्णरुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने । 
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने 

‘दुवै चामत्कारिक कर्जा योजना बैंकको आफ्नो मुलुकभर रहेको २ सय ४४ वटै शाखा कार्यालयबाट आदरणीय ग्राहक महानुभावलाई आफुले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने छ । यो योजनाबाट आदरणीय ग्राहकमहानुभावहरु अधिकतम लाभान्वित हुने विश्वास हामीले लिएको छांै । साथै ग्राहक महानुभावहरुको क्रय शक्ति अझ मजबुत बनाई गाडी चढ्ने तथा आफ्नो निजी घरमा बस्ने सपना यस योजनाले सजिलै पुरा गर्नेमा हामी विश्वस्त छौ,’ बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ४४ शाखा कार्यालय, २ सय ३८ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको जनाइएको छ । बैंकको वासलातको आकार १८८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १ सय ५९ अर्ब तथा कर्जा १ सय ३२ अर्ब रुपैयाँ पुगी निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १२ लाखभन्दा बढी रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x