×

NMB BANK
NIC ASIA

चर्चित भारतीय अभिनेता नेपाल आउँदै

भदौ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–चर्चित भारतीय अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । 

Muktinath Bank

गोविन्दा शनिवार नेपाल आउने भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्डका लागि उनी नेपाल आउन लागेका हुन् । 


Advertisment
Nabil box
Kumari

कुनै बेलाका चर्चित अभिनेता गोविन्दा आजभोलि भने भारतीय फिल्म उद्योगमा खासै जम्न सकेका छैनन् । 

Vianet communication
Laxmi Bank

कहाँ हराए गोविन्दा ?

हिरो नम्बर वान रहेका गोविन्दा आखिर कहाँ छन् ? गोविन्दाको एउटा गीतमा एक जना  नाचेको भिडियो भाइरल भएसँगै गोविन्दालाई फेरि एकपटक उनका फ्यानहरुले सम्झिए । अभिनेता गोविन्दाको गीत‘मय से न मीना से न साकी से’ मा नाचेको एक भिडियोका कारण भोपालका एक प्राध्यापक सामाजिक सञ्जालमा स्टार भएका थिए ।    जुन गीत भाइरल भएको थियो त्यो १९८७ मा फिल्म खुदगर्जको हो । 

राकेश रोशनले पहिलो पटक यो फिल्मको निर्देशन गरेका थिए । 

उनको फिल्म लव ८६ एक साल पहिला हिट भएको थियो र गोविन्दाले आफूलाई पनि फिल्म उद्योगमा जमाएका थिए । 

गोविन्दाको परिवार

गोविन्दाका पिता आफ्नो जमानका एक्टर अरुण कुमार अहूजा तथा आमा निर्मला देवी हुन् । 

अरुण कुमारले ४० को दशकमा ३०–४० फिल्ममा काम गरेका थिए । 

उनकी आमा निर्मला देवी बनारसमा बस्ने शास्त्रीय गायिका थिइन् । 

तन बदनबाट ब्रेक

गोविन्दा कमर्शमा ग्रयाजुएट थिए र नोकरीका लागि कयौं ठाउँमा गए तर रिजेक्ट भए । 
तर गोविन्दाको भाग्यमा त हिरो बन्न लेखिएको छ । 

उनले ८० को दशकमा पलिहो एलविन नामको एक कम्पनीको विज्ञापन पाए र  चाढै नै तन बदनम फिल्ममा हिरो बन्ने मौका पाए । 
हिरोइन थिइन् दक्षिणकी खुस्बु ।

फिल्म लब ८६ बाट उने सफलता पाउन शुरु गरे र ९० को दशकमा आउँदा उनी भारतीय फिल्म उद्योगमा छाएका थिए । 

९० को दशकमा तीन खानका अलावा अरु कोही थियो भने त्यो गोबिन्दा थियो । 

एक समय थियो जब गोविन्दाका सालमा ८, ९ वटा फिल्म रिलिज हुने गरेको थियो र कमाइ पनि राम्रै थियो । 

उनको कमालको कमेडि टाइमिङ, खास डाइलग र पञ्च लाइन उनको लागि लेखिने गरिएको थियो । उनको रंगिन कपडा, कमालको नाच यो नै उनलाई बक्स अफिसमा अगाडि आउन सहयोगी भएका थिए ।

न त उनी आमिर जस्तो चकलेटी हिरो थिए, न सलमानको जस्तो बडी थियो न शाहरुखको जस्तो रोमान्टिक इमेज थियो न अक्षय कुमार जस्तो एक्सन थियो ।तर पनि गोविन्दाको आफ्नो अलग्गै पहिचान थियो । 

उनको कमेडि टाइमिङ यस्तो थियो कि जब १९९८ मा फिल्म बडे मियाँ छोटे मिँया आयो तब मानिसहरुले गोविन्दाले अमिताभ बच्चनलाई पनि पछि पारेको चर्चा गर्न थालेका थिए ।

९० को दशकमा गोविन्दा मसलन, दुनिया मेरा घर है, बस स्टै़ंड मेरा अड्डा, जब मन करे आ जाना, राजू मेरा नाम है और प्यार से मुझे बुलाते हैं कुली नंबर वन । त्यस्तै हीरो नंबर वन, हसीना मान जाएगी, दीवाना मस्ताना, कुली नंबर वन,साजन चले ससुराल, हद करदी आपने, शोला और शबनम नब्बेका दशकका हीट फिल्म थिए ।

गोविन्दाले फिल्म सुटिङका क्रममा निर्माता निर्देशकहरुलाई पनि घन्टौ कुराउँथे । 

गोविन्दा विस्तारै हीरा अफ द मासिज अर्थात आम मानिसको हिरो बनेका थिए । यो विशेषता नै उनको कमजोरी बनेको थियो । डेविड धवन तथा पहलाज निहलानी जस्तो निर्देशकको साथ उनले पाए तर यश चोपडा, करण जोहर, सभाष घइ जस्ता निर्देशकसँग उने काम गर्न पाएनन् ।

साल २००० मा जब शाहरुख, आमिर, सलमान, ऋतिकको चर्चा उचाइ पुग्यो गोविन्दले आफूलाई परिस्कृत गर्न सकेनन् र दौडमा पछि परे । सन् २००४ मा उनी राजनीतिमा लागे तर उनले २००८ मा राजनीतिको मैदान छोडे । 

मणि रत्नमको रावण जस्तो फिल्ममा उनको करियरलाई माथि ल्याउन सकेन  । उनले स्वर्ग तथा हत्या जस्ता फिल्ममा गम्भीर खालका रोल गरेका छन् जहाँ उनको तारिफ भएको छ ।

पछिल्लो १० वर्षका उनको केही फिल्म आएका छन् र गायब भएका छन् । उनको अन्तिम फिल्म गत वर्ष आएको थियो, आ गया हीरो जसमा उनी आफ्नो परानो रुपको नजिक पनि देखिएनन् । 

आगामी महिनामा उनी फिल्म फ्राइ डे मा देखिने छन् । 

भोपालका यी प्राध्यापकको भाइरल भिडियो ए मिसाइल हो र अहिले सम्झदा उनी बास्तवमै हिरो नम्बर एक थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x