पान्डाको रमाइलो क्रियाकलाप हेर्नुस्, आनन्द र शिक्षा लिनुस् (भिडियो)

भदौ २७, २०७५

काठमाडौं — एउटा पान्डाले झुलामा बस्ने कोशिश गरेको, असफल भएको अनि फेरि कोशिश गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

पान्डा लगातार असफल भएपनि प्रयास गर्न छोड्दैन । पल ब्रोक नामक व्यक्तिले खराब दिन चलिरहेका मानिसका लागि भिडियो प्रेरणादायी हुनसक्ने भनी ट्वीट गरेका छन् । 

यसको प्रशस्ट रिट्वीट र लाइक आएको छ । रमाइलो भिडियोले जीवनमा कठिनाइको सामना गर्ने शिक्षा दिएको भनी मानिसले खुबै रुचाइरहेका छन् ।

 

एजेन्सी
 


ADVERTISEMENT

भदौ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस