×

NMB BANK
NIC ASIA

प्रदेश राजधानीमै प्रहरी दरबन्दी कम, भीआईपीको वरिपरि घुम्नमै व्यस्त !

भदौ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको सुरक्षा व्यवस्था हेर्ने नगर प्रहरी कार्यालयमा दरबन्दी अभावका कारण शान्ति सुरक्षा प्रदान गर्न समस्या भएको छ ।

Muktinath Bank

राजधानी भइसकेको र दिनप्रतिदिन घटना बढ्ने, भीआईपीको सुरक्षा गर्ने, अदालतमा बकपत्र गराउन लैजानुपर्ने, नगरका चोकमा प्रहरी तैनाथ गर्नुपर्ने हुँदा प्रहरीको दरबन्दी कम भएकाले शान्ति सुरक्षा कायम गर्न समस्या भएको प्रहरी नायव निरीक्षक (सई) तेजबहादुर खड्काले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीसँग अहिले भान्सेसहित ४६ जना रहेका छन्,’ उनले भने, ‘नगरभरिलाई नै सुरक्षा प्रदान गर्नुका अतिरिक्त अन्य काममा पनि नगर प्रहरी नै खट्ने भएका कारण हामीलाई काम गर्न असहज भएको छ । साधन स्रोतको अभाव भएका कारण पनि यस्तो समस्या देखिएको हो ।’


Advertisment
Nabil box
Kumari

सई खड्काले मंगलगढी चौकमा प्रहरी खटाउन नसकिएको बताए । ‘भीभीआईपीको कार्यक्रम भएको खण्डमा त्यहाँ प्रहरी खटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हरेक चोकमा राख्न चाहेपनि जनशक्ति अभावका कारण हामीले राख्न सकेका छैनौं ।’

Vianet communication
Laxmi Bank

उनले वीरेन्द्रनगरमा जिल्ला वा अदालतबाट वडा नम्बर तोकेर बकपत्र गराउन ल्याउन आदेश दिइने तर कुन ठाउँमा हो, कहाँ हो जानकारी नहुने भएका कारण त्यसको प्रत्यक्ष असर कार्य प्रणालीमा परेको बताए । ‘आदेश भएपछि खोज्नै पर्यो । यसरी खोज्न निस्कँदा कहिलेकाही त एक दिन पूरै लाग्छ,’ उनले थपे, ‘यही कारण पनि जनशक्ति अभाव भइरहन्छ ।’

उनले वीरेन्द्रनगरका लागि कम्तिमा पनि ७५ जना जनशक्ति आवश्यक पर्ने बताए । ‘समग्र नगरको शान्ति सुरक्षालाई चुस्त र दुरुस्त बनाउन कम्तिमा पनि ७५ जनाको दरबन्दी आवश्यक छ,’ उनले भने, ‘दरबन्दीसँगै गाडीको पनि आवश्यकता छ ।’ अहिले नगर प्रहरी कार्यालयमा एउटा भ्यान रहेको बताउँदै भ्यानले नै अहिलेसम्म धानिरहेको बताए ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेले नगर प्रहरी कार्यालयलाई अपग्रेड गर्न माग गरिसकिएको बताए । ‘नगर क्षेत्रभित्र हुने सबै काम नगर प्रहरीको हो । उसका भूमिका धेरै भएकाले हामीले इन्सपेक्टरको नेतृत्वमा रहने गरी नगर प्रहरी कार्यालय बनाउने माग गरेका छौं,’ उनले भने, ‘त्यसो भएको खण्डमा त्यहाँ जनशक्ति पनि थपिने भएकाले नगरको सुरक्षा व्यवस्था सुदृढ हुने अपेक्षा हाम्रो छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x