दीपिका पादुकोणलाई भित्र्याउन घर सजाउँदैछन् रणवीर सिंह ?

भदौ २७, २०७५

काठमाडौं — बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणबीचको बिहेको खबर दिनहुँ आउने गरेको छ । विवाह मिति, स्थान र पाहुनाको सूचीमा अनुमानपछि अहिले नयाँ कुरा सार्वजनिक भएको छ । 

एक नयाँ समाचारअनुसार, रणवीरले दीपिकालाई बेहुली बनाएर भित्र्याउनका लागि घर सजाइरहेका छन् । घर सजाउन थालेपछि रणवीर बान्द्रास्थित एक होटलमा सरेको बताइएको छ । उनी होटलमा दुई हप्ता अझै बस्ने भनिएको छ ।
दीपिका त्यही घरमा बस्छिन् कि बस्दिनन् भन्ने प्रस्ट छैन । 

रणवीर र दीपिकाले एकअर्काप्रतिको स्नेह सार्वजनिक रूपमै देखाउने गरेको भएपनि बिहेका बारेमा उनीहरू मौन नै छन् । 

एजेन्सी
 


भदौ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस