दीपकराज जोशीलाई १ नम्बर इजलाश, सर्वोच्च फर्किएको ३ दिनपछि मुद्दा हेर्दै

भदौ २८, २०७५

काठमाडौं– प्रधानन्यायाधीशमा अस्वीकृत भएर ३९ दिनसम्म बिदा बसेपछि मंगलवार सर्वोच्च अदालत फर्किएका न्यायाधीश दीपकराज जोशीले बिहीवार पेशी पाएका छन् । 

मंगलवार र बुधवार उनका लागि पेशी तोकिएको थिएन । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दीपकराज जोशीको एकल इजलाशका लागि ३ वटा पेशी तोकेका छन् ।  जोशीले बिहीवार १ नम्बर इजलाश पाएका छन् । 


जोशीका लागि तोकिएको इजलाशमा ३ वटा रिट निवेदन छन् । 

गत साउन १८ गतेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले जोशीलाई नेपालको प्रधानन्यायाधीश हुन ‘अयोग्य रहेको’ भन्ने निर्णय गरेपछि जोशी बिदामा बसेका थिए । 

संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाइ विशेष समितिको सोमवारको बैठकले अनुमोदन गरेपछि ओमप्रकाश मिश्र नेपालको ३८ औं प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् । मिश्रलाई स्वागत गर्न सर्वोच्च पुगेका जोशी दोस्रो दिन (मंगलवार)देखि नियमित रुपमा सर्वोच्चमा फर्किका थिए । 
 

भदौ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस