×

NMB BANK
NIC ASIA

एउटा यस्तो पोखरी : जहाँको माछा खानु हुँदैन पानी दैनिक खानु पर्छ !

भदौ २८, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

परासी-पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ । सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो ।

Sagarmatha Cement
Muktinath Bank

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउने गरेका छन् । त्यो यस्तो पोखरी हो, जसको पानी कहिल्यै सुक्दैन् र पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर केवल हेर्नका लागि मात्र । पोखरीकै छेउमा कुँवारवर्ती माईथान मन्दिर पनि छ । यही कारणले सो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा परिणत हुँदै गएको स्थानीयवासी बताउँछन् । 

मन्दिर संरक्षण समितिका उपाध्यक्ष ओमनारायण थारूका अनुसार पुरानो जमानामा त्यहाँ सात घर मात्र थारूको बस्ती थियो । सात घरका साथै त्यहाँ ‘सत्त’ अर्थात दैवीय शक्ति रहेकाले त्यस स्थानको नाम पनि सत्तपत्ती रहन गएको उहाँ बताउनुहुन्छ । तराईमा भूमिगत पानी चापाकलको माध्यमबाट निकालेर पिउने गरिन्छ तर त्यस स्थान वरपर जति नै प्रयास गरे पनि धारामा पानी नआएपछि स्थानीयवासीले सोही चुहाडी पोखरी र त्यसकै छेउमा रहेको इनारको पानी पिउने, खाना पकाउने र नुहाउने काममा प्रयोग गर्दै आएका थिए । पछि त्यहाँ खानेपानीको व्यवस्थाले केही त्यहाँको पानीको प्रयोगमा कमी आएपनि थारू समुदायले पनि पोखरीको पानी खाने परम्परा अहिले पनि कायमै राखेका छन् । 

स्थानीयवासी हेमन्ती थारूका अनुसार दैनिक बिहान साँझ सो पोखरीको एक बोत्तल पानी मिसाएर खाना पकाउने गरिएको छ । परम्परादेखि नै चलिआएको र त्यस पोखरीको पानी मिसाउँदा छिटो पाक्ने गरेको उहाँ बताउनुहुन्छ । थारू मात्र होइन अन्य समुदायका बासिन्दामा पनि माईथान उक्त पोखरीप्रति ठूलो आस्था छ । माईथानमा थारू समुदायकै पुजारीले पूजा गर्दै आएका छन् । स्थानीय बासिन्दा खाना खाएर, मासु खाएर वा महिला महिनावारी भएको समयमा पनि त्यहाँ पस्दैनन् पसेमा माताले दुःख दिने फेरि क्षमायाचना पूजा गरेपछि सन्चो हुने उनीहरूको विश्वास छ ।

त्यस पोखरीमा पहँेलो, कालो, सेतोलगायत रङ्गीविरङ्गी माछा पाइन्छ । ती माछालाई खान त के छुने हिम्मतसम्म स्थानीयले गर्न सक्दैनन् । त्यहाँका माछा खाएमा मृत्यु हुने उनीहरूको भनाइ छ । करीब २५÷३० वर्षअघि तालीमका लागि आएका नेपाली सेनाको फौजले सोही पोखरीमा नुहाउने, पानी पिउने गर्ने क्रममा माछा पनि मारेर खाएका थिए । 

गाउँलेले त्यहाँको माछा खानु हुँदैन भनेर बिन्ती गरे पनि सेनाका जवानले अटेर गरी माछा खाँदा दुई जवानको मृत्यु भएको स्थानीयवासी ओमनारायण थारूले बताउनुभयो । जवानको मृत्यु भएपछि स्थानीयवासीको आग्रहअुनसार सेनाले त्यहाँ क्षमा पूजा गरेपछि अन्य सिकिस्त बिरामी भएका जवान बाँच्न सफल भएकाले त्यसपछि प्रत्येक वर्ष एक पटक नेपाली सेनाले त्यहाँ गएर पूजा तथा सरसफाइ गर्र्दै आएको उहाँले बताउनुभयो । 

करीब १५ बिघा क्षेत्रफलमा फैलिएको कुँवारवर्ती स्थान (चुहाडी) को उचित संरक्षण र विकास गर्न सके पश्चिम नवलपरासीकै सबैभन्दा धेरै पर्यटक आगमन हुने स्थानको रूपमा स्थापित हुने स्थानीयवासीको भनाइ छ । 

पोखरी र माईथानसहित त्यहाँ केही भागमा जङ्गल, फराकिलो मैदान र पिकनिक तथा विवाहवारीका लागि ट्रष्ट निर्माण गरिएको छ । पर्यटन विभागले उक्त ट्रष्ट निर्माण गरेको हो । पिकनिक जान र घुम्नका लागि अहिले पनि त्यहाँ सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेकाले पार्क र पिकनिक स्थल बनाउने योजना रहेको वडाध्यक्ष कृष्णलाल मुखियाले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो क्षेत्रलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि गुरुयोजना नै बनाएर काम अघि बढाइएको उक्त गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । गाउँपालिकाले अहिले त्यसका लागि रु दश लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । 


Advertisment
Nabil box
Kumari

उक्त स्थानको विकासका लागि प्रदेश सरकारले पनि चासो लिएको छ । मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश सरकारका पर्यटनमन्त्री लीला गिरीसँग त्यस ठाउँको विकासका लागि कुरा भइरहेको र पर्यटनमन्त्री स्वयं आएर अवलोकन गर्नुभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x