कतै तपाईं पनि अपानवायु रोकेर त राख्नुहुन्न ? हुन्छ यसको नकारात्मक असर !
काठमाडौं — अपानवायु अर्थात् पाद एक सामान्य र प्राकृतिक प्रक्रिया हो तर धेरै मानिस यसबाट लजाउँछन् । यो मजाकको विषय होइन किनकि एक व्यक्तिले दिनदिनै आधा लिटर ग्यास पादमार्फत निकाल्छ ।
मानिसहरूको माझमा अपानवायु छोड्दा लाज हुन्छ भनेर रोक्ने गर्नुभएको छ भने यसको परिणाम निकै घातक हुन्छ ।
विज्ञहरूका अनुसार, पाद रोक्दा वायु शरीरमा फेरि घुम्न थाल्छ र अर्को ठाउँबाट निस्कन्छ । त्यसले शरीरमा खराब असर पार्छ ।
पादले शरीरका खराब वायुलाई बाहिर निकालिदिन्छ । हामीले खाना खाएपछि त्यसलाई पचाउन ग्यास निस्कन्छ अनि त्यही पादका रूपमा निस्कन्छ ।
पादको बेला आउने आवाज ग्यासको मात्रा, त्यसको तीव्रता र शरीरको अवस्थामा निर्भर रहन्छ ।
हामीले खाने खानामा सल्फर तत्त्व हुनाले पादबाट दुर्गन्ध आउँछ । पाचन प्रक्रियामा यो सल्फरबाट हाइड्रोजन सल्फाइड ग्यास बन्छ र त्यो दुर्गन्धित हुन्छ । तर तपाईंको अपानवायु एकदमै गनाउँछ भने पाचनमा ध्यान दिनुस् । यो
कन्स्टिपेसन लगायतका ठूला समस्याको संकेत हुनसक्छ ।
कहिलेकाहीँ पादको गन्ध आउँदैन । त्यो खासमा सास लिँदा फोक्सो हुँदै पेटमा पुग्ने हावा हो । त्यही हावा पादमार्फत निस्कन्छ ।
एजेन्सी
थप समाचार
- पेटमा कसरी जम्मा हुन्छ ग्यास ? बच्ने कसरी ?
- तुलसीको पातका यी फाइदाहरू थाहा पाउँदा छक्क पर्नुहुनेछ
- पानीसँग यी कुराहरू मिसाएर पिउने गर्नुस्, पेट दुखेको ठीक हुन्छ
- भटमासका फाइदा मात्रै छैनन्, यस्ता व्यक्तिका लागि बिष समान हुन्छ
- रुसी वैज्ञानिकको निश्कर्ष – गाईको गहुँतबाट हुन्छ १४८ प्रकारका रोग निको !
- यी कुरा झुक्केर पनि फ्रीजमा नराख्नुस्
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस