नासाले बनायो विशेष तकिया, दिन्छ गहिरो निद्रा

भदौ २८, २०७५

काठमाडौं — अमेरिकी अन्तरिक्ष नियोग नासाले गहिरो निद्रा ल्याउने विशेष सिरानी बनाएको छ । तकियाले पसिना पनि सोस्छ । 

नासाले यो तकिया विशेषगरी अन्तरिक्षयात्रीलाई फरक फरक तापक्रममा पनि मज्जाले सुत्नका लागि बनाएको हो । 

यसको मूल्य ९९ डलर राखिएको छ । 

विशेषज्ञहरूका अनुसार, दुईथरी सिरानी छ । पहिलो क्याटेगोरीमा हिब्र नामक तकिया छ जसमा फोम प्रयोग गरिएको छ । 

दोस्रो क्याटेगोरीमा जीक नामक तकिया छ । त्यो अलि महंगो छ (२०० डलर) । यो सिरानीमा स्लीप सेन्सर, स्पीकर र भाइब्रेटर छ । 

मान्छेले घुर्न थाल्दा प्रयोगकर्तालाई सिरानीले नै बिस्तारै उठाइदिन्छ । नासाका अनुसार, यो सिरानी न धेरै मोटो छ, न पातलो । तकियाले प्रयोगकर्तालाई कुनै पनि समस्या दिँदैन ।

एजेन्सी
 


भदौ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार