अब विदेशमा उपचार गर्नेलाई सरकारले खर्च नदिने

भदौ २८, २०७५

काठमाडौं–विदेशमा उपचार गराउनेको खर्च सरकारले नब्यहोर्नेगरि कानून बन्ने भएको छ । सरकारले संसदमा पेश गरेको जनस्वासथय सम्बन्धी विधेयकमा वैदेशिक उपचार वापतको खर्च उपलव्ध नहुने गरि परिमार्जित विधेयक तयार भएको हो । 

संसदको शिक्षा र सवास्थ्य समितिले वैदेशिक उपचारवापत खर्च उपलब्ध नहुने गरी परिमार्जित विधेयक तयार गरेको हो । विधेयक बिहीबार संसदमा पेश हुँदैछ।
विधेयकमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’


ADVERTISEMENT

त्यस्तै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सरकारले तोकेको समयमा अन्यत्र काम गर्न नपाउने ब्यवस्था विधेयकमा थप गरेको छ। ‘तोकिएको समय बाहेकको समय कुनै चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले अन्यत्र सेवा गर्न चाहेमा सम्बन्धित निकायको पूर्व स्वीकृति लिनु पर्नेछ,’ विधेयकमा उल्लेख छ।

विधेयक पास भएसँगै विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न  कानूनत मिल्ने छैन । 

यदी कसैले विदेशमा उपचार गराउँने हो भने त्यसको रकम व्यक्ति स्वयंमले तिर्नुपर्ने छ । 

राष्ट्रपति, प्रधानमन्त्री, उच्च राजनीतिक नेतृत्व लगायतले स्वदेशमा उपचार नगरि विदेश जाने गरेको र स्वदेशी अस्पतालहरुको गुणस्तर सुधार नगरेको भन्दै आलोचना भइरहँदा यो विधेयक दर्ता हुन लागेको हो । 
 

भदौ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस