बच्चालाई भुइँमा खसाउँदै भएपनि झगडा गरे बुर्का लगाएका अरबी महिलाले (भिडियो)

भदौ २८, २०७५

काठमाडौं — साउदी अरबको राजधानी रियादमा पाँच महिलाहरूको लडाईंको भिडियो अहिले खुबै चर्चामा छ । 

भिडियोमा एक महिलाको हातमा बच्चा पनि छ तर अन्य महिलासँग झगडा गर्ने सुरमा उनी बच्चलाई बारम्बार भुइँमा खसाउँछिन् । 

महिलाहरूबीच के विषयमा झगडा भएको थियो, प्रस्ट छैन । बाटोमा गुडिरहेको कारमा बसेका मानिसले यसको भिडियो बनाएका थिए ।

झगडाको सुरमा आमाको हातबाट बच्चा झर्छ र उनी बच्चालाई उठाउँछिन् । अनि फेरि झगडा गर्ने सुरमा बच्चा लड्छ र आमा अर्की महिलालाई पिट्न थाल्छिन् ।

 

एजेन्सी
 


भदौ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस